• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

युवा व्यवसायी र किसानलाई अनुदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)
  • ७४७ पाठक संख्या
  • IMG_20210624_140744-750x375
    ‍‍‍

    नवलपुर । इन्द्रावती गाउँपालिकाको आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिएको छ ।

    शुक्रबार आयोजित नवौ गाउँसभामा गाउँपालिका अध्यक्ष बंशलाल तामाङले कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम र ८० करोड ६२ लाख ५४ हजारको आगामी आ.व. को बजेट प्रस्तुत गरेका छन् । कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको निति तथा कार्यक्रमले गाउँपालिका भरिका दुग्ध उत्पादक किसानले बिक्री गर्ने दुधमा कृषकलाई प्रति लिटर दुई रुपैयाँको दरले अनुदान दिने व्यवस्था गरेको छ ।

    कार्यक्रमले एक वडा एक कृषि तथा फलफूल पकेट क्षेत्र, एक टोल एक सहकारी, घरघरमा रोजगारी, एक वडा एक खेलमैदान, छोराछोरी विद्यालयमा बाबुआमा व्यवसायमा, एक घर एक स्वच्छ खानेपानीको धारा र बारै वडामा बारै महिना सार्वजनिक यातायात, व्यवसायीक कृषि पेशामा लाग्न चाहने युवालाई पाँच लाख सम्मको योजनामा पचास प्रतिशत अनुदान जस्ता महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ ।

    दिगो बिकास र सुशासनको लहर, इन्द्रावती गाउँपालिका बासीको रहर भन्ने आफ्नो मुल नाराको समिक्षा गर्दै यस वर्ष देखि इन्द्रावती समृद्धिको आधार शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधार भन्ने नारा तय गरेको छ । बजेटले गाउँपालिकाको प्रशासकीय भवन, ऐसेलुखर्क रंगशाला, जिरोकिलो नवलपुर पक्की सडक लगायतका पालिकाको गौरबका योजनाहरुलाई आगामी आर्थिक वर्ष भित्रमा सम्पन्न गरिसक्ने लक्ष्य राखेको छ ।

    गाउँपालिका अध्यक्ष वंशलाल तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न गाउँसभामा उपाध्यक्ष मिरा लामा अधिकारीले स्वागत मन्तव्य, प्रमुख प्रशासकीय अधिकृत श्रीकृष्ण पौडेलले गत आ.व. को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहजीकरण शिक्षा शाखाका कविराज पौडेलले गरेका थिए ।

  • अनुदान
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution