• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

अन्तरजातिय विवाह गर्ने जोडीलाई सम्मान

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ १६, बुधबार (५ साल अघि)
  • ९४७ पाठक संख्या
  • 208517647_1228518670931235_8728605639236113126_n
    कार्यक्रममा सम्मान गर्दै नगरप्रमुख अमानसिं तामाङ ।

    साँगाचोक । अन्तरजातीय विवाह गर्ने २ जोडीलाई नगद सहित सम्मान गरिएको छ । बुधबार चौतारा साँगाचोकगढी नगरपालिकाले साँगाचोकमा भएको एक कार्यक्रमबीच उनीहरुलाई सम्मान गरेको हो ।

    अन्तरजातीय विवाह गरेका चौतारा साँगाचोकगढी नगरपालिका– ९ का युनिक विक पोखरेल र राधिका गिरी, वडा नं. ५ का कृष्ण विक र सर्मिला नेपालीलाई नगद ५/५ हजारसहित सम्मान गरिएको हो । नगर प्रमुख अमानसिं तामाङले अन्तरजातिय विवाह गर्ने दुई दम्पतीलाई नगदसहित सम्मानपत्रले सम्मानित गरेका हुन् ।

    नगर स्तरीय दलित समन्वय समितिको आयोजना एवम् नगरपालिकाको सहयोगमा जुगल क्याम्पसमा आयोजना गरिएको दलित, गैह्र दलित अन्तरघुलन तथा दलित सहिद परिवार सम्मान कार्यक्रममा अन्तरजातीय विवाह गर्ने जोडीसहित दलित समुदायबाट सहिद हुने गोरेबहादुर पुर्कोटी, मोहन विक र निरबहादुर विकको परिवारलाई ५/५ हजार सहित सम्मान गरिएको थियो ।

    नगर प्रमुख तामाङको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जानुका पराजुलीको बिशेष आतिथ्यतामा गरिएको कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले जातिय विभेद सामाजिक अपराध रहेको र यसले सिङ्गो मानव सभ्यतालाई कलंकित बनाएको बताए । दलित समुदायको आर्थिक सामाजिक शैक्षिक अवस्थालाई उत्थान गर्न नगरपालिकाले विशेष प्राथमिकताको आधारमा कार्य गर्दै आएको बताउँदै तामाङले समाजबाट जातिय विभेद हटाउन सबै अगुवाहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

    छुवाछुत मुक्त नगर घोषण भईसकेको स्मरण गर्दै तामाङले विभेद, छुवाछूतजन्य व्यवहार गर्ने जो कसैलाई कडा सजाँय हुनुपर्ने धारणा राख्दै आफू सदैव उत्पीडित समुदायको पक्षमा रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका युवा नेता गणेश बिक, सागर परियार, ललित श्रेष्ठ, हरि बिक लगाएतको उपस्थित रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution