• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

पत्रकार लाइसेन्स लागु गर्नुपर्नेमा जोड

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ अषाढ २६, शनिबार (५ साल अघि)
  • १३२५ पाठक संख्या
  • PCN-7
    ‍‍‍

    काठमाडौँ । प्रेस काउन्सिल नेपाललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा काठमाडौँको बुढानिलकण्ठमा सुरु भएको प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

    कार्यक्रममा पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने र त्यसका लागि काउन्सिलले पहल गर्नुपर्ने आवाज उठेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने बताएका छन् । पत्रकारिताका विज्ञहरुबिच लाइलेन्सको व्यवस्थाका विषयमा छलफल सुरु भएको हो ।

    पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले पत्रकार लाइसेन्सको व्यवस्था गर्दा लाइसेन्स प्रक्रियामा ध्यान दिनुपर्ने बताए । उनले काउन्सिलको कार्यक्षेत्र आचारसंहिता अनुगमन भएको र सोही विषयमा काउन्सिल केन्द्रित हुनुपर्ने सुझाव दिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले एउटा मोबाइलले सिंगो पत्रकारिता क्षेत्रमा चुनौती थपिएको भन्दै काउन्सिलको कार्यक्षेत्र, भूमिकालगायतका विषयमा सरोकारवाला निकायहरु नेपाल पत्रकार महासंघ, पेसागत संघ संगठन, विज्ञ लगायतसँग छलफल बहस गरी अघि बढ्नुपर्ने बताए । काउन्सिल त्यसखालको बहसका लागि सदैव तयार रहेको उनको भनाई थियो ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले प्रेस स्वतन्त्रताको ग्यारेन्टी कानुनले गर्ने भएकाले कानुन निर्माण प्रक्रियामा नै काउन्सिल सचेत हुनुपर्ने बताए । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सामाजिक सञ्जालको नियमन गर्दा काउन्सिलले थप अध्ययन गर्नुपर्ने बताए । छापामाध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले व्यक्तिगत सञ्चार र जिम्मेवार सञ्चारबिचको भेद छुट्याउनुपर्ने बताए । ‘जो पनि पत्रकार हुने स्थितिले पत्रकारिता मर्यादित र विश्वसनियता घटेको छ’, उनले भने– ‘पर्सनल मिडिया र रेस्पोन्सिवल मिडिया छुट्याउनुपर्छ ।’

    वरिष्ठ पत्रकार तीर्थ कोइरालाले पत्रकारिता नेताले त बोलिहान्छन् नि भनेजस्तो पत्रकारले त लेखिहाल्छन् भन्ने अवस्था आउनु दुःखद भएको उल्लेख गरे । कोईरालाले काउन्सिलले मिडिया उपभोक्ताको कुरा सुन्नुपर्ने, उनीहरुले सही सूचना पाएको नपाएको हेर्नुपर्ने बताए र कार्टुनको विषयमा आचारसंहिता आकर्षित नहुने भन्दै उहाँले काउन्सिल पत्रपत्रिका वर्गीकरणको कामबाट अलगिनुपर्ने धारणा राखे । महासंघका पूर्वमहासचिव उजिर मगरले प्रदेश सरकारहरुले नयाँ नीति ल्याएर नियमनकारी निकाय गठन गरेकाले काउन्सिलको भूमिकामा चुनौती थपिएको बताए ।

    वरिष्ठ पत्रकार बबिता बस्नेतले काउन्सिलको स्वायत्ततामा प्रश्नचिन्ह उठेको भन्दै व्यक्तिको सामाजिक सञ्जालमाथिको निगरानीमा काउन्सिलले हात हाल्न नहुने बताईन । आचारसंहिताको अक्षरस पालना गर्ने हो भने नेपालको पत्रकारिता मर्यादित र जिम्मेवार बन्ने उनको भनाई थियो । प्रेस मञ्चका अध्यक्ष केशव अर्यालले प्रेस काउन्सिलको स्वायत्तताका विषयमा समिक्षा गर्नुपर्ने भन्दै काउन्सिलमाथि सरकारको प्रत्यक्ष हस्तक्षेप देखिन नहुने बताए ।

    सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डितले भावनात्मक विषय र व्यवसायिक आचारसंहितालाई नियम तथा कार्यविधीमा कसरी संरचनाभित्र ल्याउने भन्ने विषयमा छलफल आवश्यक रहेको बताईन् ।

    काउन्सिलका सदस्य ठाकुरप्रसाद बेलबासेले सहजीकरण गर्नुभएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष बाला अधिकारी, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, काउन्सिलका सदस्य हरिप्रसाद जोशी, दीपक पाण्डे, गणेशप्रसाद पोखरेल, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बल, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, अधिवक्ता अनन्तराज लुइँटेल, विज्ञापन बोर्डका सदस्य बलराम थापा, चेतन अधिकारी, प्रेस काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution