• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

भर्चुअल माध्यमबाट ‘यादका बस्तीहरू’ लोकार्पण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ३, आईतबार (४ साल अघि)
  • १०८७ पाठक संख्या
  • yy
    ‌‌‌

    काठमाडौँ । लेखक तथा साहित्यिक व्यक्तित्व राजबाबु श्रेष्ठ सागरको ‘यादका बस्तीहरू’ भर्चुअल माध्यमबाट लोकार्पण गरिएको छ ।

    प्रसिद्ध गीतकार प्रा.डा. कृष्णहरी बरालको प्रमुख आतिथ्यमा भएको साहित्यिक कार्यक्रममा साहित्यकार राजबाबु श्रेष्ठ सागरको यादका बस्तीहरू गीति सङ्ग्रह भर्चुअल जुमका माध्यमबाट सार्वजनिक गरिए हो । उक्त पुस्तकको लोकार्पण साउन २ गते शनिबार २ बजे एकासी जना बौद्धिक साहित्यिक व्यक्तित्वहरूको उपस्थितिमा लोकार्पण समपन्न भएका हो । सो कार्यक्रमका सभाध्यक्ष पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले गरेका थिए ।

    कार्यक्रममा गीतकार राजबाबु श्रेष्ठ सागरले गीति कृति जन्मनुका विगतका पृष्ठभूभि र आफ्ना गीतका बारेमा मार्मिक तथा हृदयस्पर्शी भनार्इ राखेका थिए । वरिष्ठ बाँसुरी बाधक तथा यलमाया क्लासिकका संस्थापक जीवन आलेले बाँसुरीको धून बजाई लोकार्पण आरम्भ गरिएको थियो । कार्यक्रममा प्रमुख प्रा. डा. कृष्णहरि बरालले गीतकार सागरका गीतहरूमा काव्यिक, उपमा र अलङ्कारहरू प्रशस्तै प्रयोग गरिएको पाइयो भन्दै थप सङ्गीतले राजका गीतहरू निकै उचाइमा पुग्नेछ भन्ने विश्वास व्यक्त गरे ।

    ‘राजजीका अरू गीतकारहरूले लेख्ने जस्तै उग्र राष्ट्रवाद र अन्ध राष्ट्रवादका यी दुई रेखाले घेरिएका राष्ट्रिय गीतहरूभन्दा माथि उठी असली राष्ट्रवादभित्रको घेराभित्र रहेको पाइयो’, बरालले भने– ‘केहि ठाउँमा थोरै मिटरको पनि ख्याल गरिएको भए अझ‌ै उत्तम हुन्थ्यो ।’
    कार्यक्रममा विशिष्ट अतिथि कवि डा. नवराज लम्सालले गायनका लागि उपयुक्त छन्द र लय मिलेको हुनुपर्ने र गीतकार सागरका गीतहरू स्फुरण हुँदा रातमा जागी आकाशका ताराहरू हेर्दै पानी पिउँदै कोरिएका भावनात्कमक शब्दहरू रहेको बताए । उँदा गीति कृतिहरू थप परिमार्जन गर्दै निकाल्दा राम्रो हुने उनको भनाई थियो ।

    त्यस्तै विश्वकीर्तिमानी तथा वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले राजबाबु आफैँमा बहुआयामिक व्यक्तित्व रहेको र कृतिभित्र रहेका सबै गीतहरू राम्रा रहेका र त्यसमध्ये उत्कृष्ट लागेका दशओटा गीतहरूमा आपूmले सङ्गीत गर्ने मौका पाए आभारी हुने बताएका थिए । वरिष्ठ चित्रकार, गायक एवम् सङ्गीतकार ज्योतिप्रकाशले पनि सागरका गीति सङ्ग्रभित्र रहेका सबै गीतहरू उत्कृष्ट रहेका भन्दै ‘मन दुख्दा फूलले पनि बिझाउँदो रैछ’ बोलको गीतमा सङ्गीत भर्दै गाएर सुनाएका थिए ।

    गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारूङले गीतकार राजबाबु श्रेष्ठ गीति सङ्ग्रह निकालिनु पूर्व पनि राम्रा गीतकार र कविका रूपमा चपरिचित नाम रहेको ताउँदै परम्परागत गीतका शैलीभन्दा फरक शैली अपनाई केही गीतहरूमा मुक्तकीय र गजलीय शैली अपनाई गीतका ढाँचा दिएका कारण आफू प्रभावित भएको बताए ।

    कार्यक्रमका सभापति पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा. यज्ञेश्वर निरौलाले लोकार्पणको भाव र अर्थमाथि प्रकाश पार्दै र हरेक दश महिनामा सागरका कृति जन्मने गरेको र दश महिनाअघि ‘हराएका छोराहरू’ कविता सङ्ग्रह र ‘देशको चिना’ मुक्तक सङ्ग्रह लोकार्पण गर्दाको प्रसङ्ग उठाउँदै लेखकमा सिर्जनाका प्रशस्तै सम्भावना देखिएको बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution