• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

गुरुआमासँग …

सुन्दर शिरीषप्रकाशित मिति: २०७८ श्रावण ९, शनिबार (५ साल अघि)
  • १९०० पाठक संख्या
  • st copy
    ‌‌‌

    “ताराबाजी लै लै
    मामा आए घोडा
    माईजु आईन डोली
    पापा ल्याईन सोली
    बुबु माम सुप्रुक्क
    ताराबाजी लै लै……..।”

    गुरुआमा,
    म गाउन सक्दिन यो गीत
    नगर्नुस् कर
    बरु बनाउनुस् कुखुरा,
    उभ्याउनुस् बेञ्चमा एक खुट्टाले,
    हान्नुस सिर्कनाले हातमा सुम्ला बस्नेगरि

    गुरुआमा,
    यो गीत गाउन खोज्दा मेरो आवाज हराउँछ,
    पृथ्वीनै घुमेसरि रिङ्गाटा लाग्छ,
    आँखामा ह्वाङ्ग छानो भएको घरजस्तो घर देख्छु
    गरिबिले ख्याउटिएको आफन्तको अनुहार देख्छु
    र देख्छु अभावै अभावले प्वाल पारेको चाल्नु जिन्दगी

    गुरुआमा,
    किन सिकाउनुहुन्छ हामीलाई
    यो झुट गीत ?

    मेरो मामा
    गधाझैं जोतिदै भारी बाकेर
    कहिल्यै नभेटेर जिन्दगीको सिंयाल
    तर्तरी पसिना झार्दै
    मार्सेको उकालो हिँडेको देख्दा देख्दै
    कसरी त्यो दुःखी मन दुखाउन सक्छु र ?
    कसरी अपमानको गीत गाउन सक्छु र ?
    – ‘मामा आए घोडा’ भन्दै
    म गाउन्न गुरुआमा
    यो झुट गीत, धनीहरुको गीत ।

    मेरो माइजु
    फुकिढल ज्यान लिएर चौबीसै घण्टा घोटिन्छिन्,
    आफंै भन्दा ठूलो भारी बोकेर
    हिंड्छििन् रातदिन,
    बेला बेलामा ढल्दै बेहोस भएको
    मैलेपनि देखेको छु
    कहिले पो पाईन र उनले ‘डोली चढ्न’ ?
    आफ्नै दुई मुठी परान धान्न मुस्किल छ उनलाई
    र कसरी ल्याउन सक्छिन् हाम्रो लागि ‘पापा’ ?
    म गाउन्न गुरुआमा
    यो झुट गीत ।

    गुरुआमा,
    म चाहन्न भोग्न
    मेरो पुर्खालेजस्तो अभाव, सास्ती र थिचोमिचो
    म त चाहन्छु मान्छेजस्तो मान्छे भएर ज्यूँन
    र त यो ज्ञानको पवित्र मन्दिरमा आएको छु

    गुरुआमा,
    बरु सिकाउनुस्–
    साहुको घरमा पुस्तौंबाट बस्दै आएको
    हलिया हुनबाट छुटकारा पाउन के गर्नुपर्छ ?
    सर्कसमा काम गर्दै
    आमाको ओखतीसँगै आयु जोड्छे बहिनी
    उसलाई यो पाठशालासम्म ल्याउन के गर्नुपर्छ ?
    र मान्छेजस्तो मान्छे भएर ज्यूँन के गर्नुपर्छ ?

    बरु बताउनुस्–
    कस्ले बनायो यो धनी–गरिबको विभेदी पर्खाल ?
    किन तिरिसकिदैन पुस्तौंसम्म पनि साहुको ऋण ?
    किन अँध्यारोमात्रै हुन्छ हाम्रो जिन्दगी ?

    बरु गाउन लगाउनुस्–
    हामै्र दुःखका गीत
    आँशुको कविता, पीडाका भाका ।
    तर गुरुआमा,
    गाउन नलगाउनुस् यो गीत
    नगर्नुस् कर
    बरु बनाउनुस् कुखुरा,
    उभ्याउनुस् बेञ्चमा एक खुट्टाले,
    हान्नुस सिर्कनाले हातमा सुम्ला बस्नेगरि
    सहर्ष स्वीकार गर्न सक्छु यी यातना
    तर सक्दिन गाउन
    यो झुट गीत । ०००

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution