• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ कार्तिक ३०, आईतबार | Sunday, 16, Nov, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १उ दिन सम्झँदा
  • २तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ३क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ४टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ५वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ६म संघीयताको हत्यारा हुँ
  • ७गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ८१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

भोल्टेज कम आउँदा बिग्रिए विद्युतीय उपकरणहरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ११, सोमबार (४ साल अघि)
  • १३०३ पाठक संख्या
  • 79479501_110693663756070_3645145186566144000_n copy
    ‌‌‌

    चौतारा । एक महिना अघिदेखि सिन्धुपाल्चोकको सदरमुकाम चौतारा र आसपासको क्षेत्रमा कम भोल्टेजको विद्युत प्रवाह गरिदा स्थानीय मर्कामा परेका छन् ।

    नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्र लामोसाँघुबाट २२० भोल्ट विद्युत प्रसारण हुनुपर्नेमा चौतारा साँगाचोकगढी नगरपालिका भर १४० भोल्ट भन्दा कम मात्र प्रसारण भएको छ । जसको कारण फ्रिज, पानी तान्ने मोटर, मिल, कम्प्युटरजस्ता विद्युतीय उपकरणहरु विग्रिएको स्थानीयहरुले बताएका छन् ।

    ‘कम भोल्टेजको विद्युत आउँदा विद्युतीय उपकरणहरु त बिग्रिका छन्, मोवाईलजस्ता अत्यावस्यक उपकरण चार्ज गर्न समेत समस्या देखिएको छ’, विद्यार्थी नेता समेत रहेका चौतारा साँगाचोकगढी नगरपालिका– ३ का मिलन लामाले भने– ‘अझ लिफ्टबाट खानेपानीको पूर्ति हुँदै आएका ठाउँमा बत्तिकै कारण लिफ्ट नचल्दा सिंगो गाउँले नै पानी खान नपाईरहेको अवस्था छ ।’ विद्युतीय समस्यालाई तत्काल समाधान गर्न समेत उनले प्राधिकरणलाई अनुरोध गरे ।

    विद्युत प्रवाहलाई व्यवस्थित बनाउने भन्दै चौतारा साँगाचोकगढी नगरपालिका– ४ देउरालीमा गत बैसाख २१ गतेबाट ट्रान्सफर्मर राखी सञ्चालनमा ल्याईएको भएपनि असार ३ गतेबाट सो ट्रान्सफर्मर बन्द छ । आवश्यक ब्याट्री नभएका कारण ट्रान्सफर्मर सञ्चालन गर्न नसकिएको कर्मचारीहरु बताउँछन् । सो ट्रान्सफर्मर सञ्चालनमा आउन सके पनि केहि हदसम्म विद्युत समस्या समाधान हुन सक्ने चौतारा साँगाचोकगढी नगरपालिका– ५ का स्थानीय कुमार श्रेष्ठले बताए ।

    यता नेपाल विद्युत् प्राधिकरण सिन्धुपाल्चोक वितरण केन्द्रका इलेक्ट्रिक इन्जिनियर राजन भण्डारीले असार १ को बाढी पहिरोका कारण मेलम्चीक्षेत्रको सवस्टेशन प्रभावित बन्न पुगेका कारण सो क्षेत्रमा विद्युत प्रवाह गर्नुपर्दा विद्युतीय भार बढी पर्न गएको बताए । ‘हामीले यो समस्याको बारेमा माख्लो निकायमा कुरा गरिसकेका छौं’, उनले भने– ‘तत्काल यो समस्याको सम्बोधन होला भन्ने आशामा छौं ।’

    चौतारा र आसपासका स्थानीयबाट बत्तिका कारण विद्युतीय उपकरणहरु सञ्चालन गर्न समस्या भएको गुनासोहरु आईरहेको बताउँदै शनिबार साँझसम्ममा २ सय बढी भोल्टेज पठाउने तयारी भएको बताए । ‘मेलम्चीको प्रशारण कटाएर भएपनि चौतारामा पूरा बत्ति आपूर्ति गर्ने योजना छ’, उनले भने । उनले शनिबार बिहान यसो भने पनि त्यसपछि झन् बत्तिनै आउन छाडेको स्थानीयको भनाई छ ।

    ‘विद्युत पूरा नआउँदा फ्रिज लगायतका विद्युतीय उपकरण चलाउन पाईएको छैन’, चौतारामा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी किशोर पुरी भन्छन्– ‘बत्तिका कारण हाम्रो व्यवसायनै धरापमा परिरहेको छ, सामानहरु पनि बिग्रिका छन् ।’ प्राधिकरणले तत्काल पूरा विद्युत आपूर्तिको व्यवस्था नमिलाए प्राधिकरण बिरुद्ध आफूहरु आन्दोलन गर्न बाध्य हुने उनले बताए ।

    स्थानीय जनप्रतिनिधिहरुले विद्युतजस्तो सम्वेदनशील विषयमा चासो नराख्दा आफूहरु मर्कामा पर्नुपरेको स्थानीयहरुको भनाई छ ।

  • प्रधिकरणको चरम लापरबाहीः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution