• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २३, मंगलबार | Tuesday, 09, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

कसजूलाई ‘जनमत–जनक प्रधान सेवा सम्मान’ प्रदान गरिने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण १३, बुधबार (४ साल अघि)
  • २९२६ पाठक संख्या
  • Suresh copy
    ‌‌‌

    चौतारा । आफ्नो जीवन खण्डको ३२ वर्ष साहित्य र पत्रकारिता क्षेत्रमा लगानी गरेका सिन्धुपाल्चोकका वरिष्ट साहित्यकार एवम् पत्रकार सुरेश कसजूलाई जनमत–जनक प्रधान सेवा सम्मान– २०७७ प्रदान गरिने भएको छ ।

    जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको सो सम्मान कसजूलाई प्रदान गर्ने निर्णय गरिएको जनमतद्वारा जारी घोषणा पत्रमा भनिएको छ । जनमत प्रकाशनको ३८औं वार्षिकोत्सवका अवसरमा काभ्रेको बनेपामा आयोजना हुने कार्यक्रममा सम्मान प्रदान गरिने जनाईएको छ ।

    बि.सं. २०२९ साल असार ८ गते सिन्धुपाल्चोकको चौतारामा जम्मिएका कसजूले २०४७ को सुरुवातमै ‘जुगल वार्षिक साहित्यिक संकलन’ प्रकाशन गरी साहित्य र पत्रकारितामा क्षेत्रमा पाईला चालेका थिए । त्यस्तै २०४७ मै कसजूको अगुवाईमा सिन्धु जमर्को त्रैमासिक प्रकाशन शुभारम्भ भएको थियो ।

    ‘त्यतिबेलासम्म सिन्धुको साहित्य र साहित्यिक पत्रकारिता संस्थागत हुन सकेको थिएन’, कसजू विगत सम्झदै ग्लोबलपाटीसँग भने– ‘साहित्यप्रतिको लगाव र लहडका कारणमात्रै पत्रिकाहरु प्रकाशन हुन्थे, जसका कारण प्रकाशन हुने र बन्द हुने क्रम चलिरहेको थियो ।’ २०४७ दुःखी प्रकाशनको स्थापना गरी साहित्य र पत्रकारिताको संस्थागत विकासमा जुटेका कसजूले नागरिकको चेतनामा परिवर्तन ल्याउन नाटक प्रदर्शन, सिर्जना वाचन, छलफलजस्ता कार्यलाई अगाडि बढाउँदै लगे ।

    ‘त्यो समय अहिलेजस्तो वाकस्वन्त्रताको अवस्था थिएन । लेख्न र बोल्न निक्कै कठिन थियो’, उनले भने– ‘भेला, सम्मेलन, छलफल गर्नसक्ने अवस्था थिएन । तै पनि हामीले साहित्यिक गतिविधिहरुलाई निरन्तरता दिईरहयौं ।’ सो संस्थाले २०४८ मा ‘विप्लव’ नामक पत्रिका प्रकाशन गरेको पाईन्छ । २०५० भन्दा अगाडि मात्रै दुःखी प्रकाशनले विभिन्न स्रष्टाका ९ वटा कृतिहरु प्रकाशन गरिसकेको थियो । २०५१ को फागुन १५ मा जिल्लामै पहिलो पटक बृहत् सिन्धु साहित्य सम्मेलन गरेको कसजूको अगुवाईमा स्थापना भएको दुःखी प्रकाशनले सुप्रशिद्ध गायक प्रेमध्वज प्रधानलाई अभिनन्दन गरेको थियो । त्यस्तै २०७७ असार ६ गते प्रकाशनले दोस्रो बृहत् सिन्धु साहित्य सम्मेलन गरी ६ स्रष्टा/पत्रकारलाई सम्मान गरेको थियो ।

    २०४७ सालबाट जुगल साहित्यिक पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेको कसजूले अहिलेसम्मको १ दर्जन पत्रिपत्रिकामा संलग्न भई काम गरेका छन् । ‘सुरुवातमै जनमत, जमघट, जनआस्थाजस्ता पत्रिकामा संलग्न भएर आफ्नो क्षमता बढाउने अवसर प्राप्त भयो,’ उनले भने ।

    २०६८ जेठ १७ गते गोरखापत्र संस्थानको बोर्ड सदस्यमा नियुक्त भएका कसजूले हाल सर्वपक्ष दैनिक, सिन्धु सन्देश साप्ताहिक र जुगलखबर डटकम सञ्चालन गरिरहेका छन् । त्यस्तै सिन्धु कला मन्दिर, शब्द सारथिजस्ता कला, साहित्यको क्षेत्रमा काम गर्दै आईरहेको संस्थामा सल्लाकारको भूमिकामा छन् ।

    कसजूसँगै जनमतले २०७७ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर) लाई, गणेश खिलकुमारी दुवाल–जनमत सम्मान श्रीओम श्रेष्ठ ‘रोदन’ (ललितपुर) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाँडे(ललितपुर) लाई प्रदान गर्ने निर्णय गरेको छ त्यस्तै केवलपुरे–जनमत सम्मान सुमित्रा सुमी (रसुवा) लाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान विक्रम श्री (इटहरी) लाई, कमला सैंजू–जनमत सम्मान डा. गीता त्रिपाठी (काभ्रे) लाई, जनमत–राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ (काभ्रे)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान–सीता राई थुलुङ (खोटाङ) लाई प्रदान गरिने जनाएको छ ।

    जनमत–केदार सुदर्शना बालसाहित्य सम्मान– अनन्त प्रसाद वाग्ले (काभ्रे)लाई, जनमत–सिचिधर्म संस्कृति सम्मान– शिला पन्त (काठमाडौं) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान– कृष्ण प्रकाश श्रेष्ठ (काठमाडौं–मरणोपरान्त) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान– डा. रविन्द्र समीर पाण्डे (गुल्मी)लाई प्रदान गरिने जनाईएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution