• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

ग्लोबलपाटीका गौरवमय एक वर्ष

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण १७, आईतबार (५ साल अघि)
  • १०४४ पाठक संख्या
  • Bises copy
    ‌‌‌

    आज ग्लोबलपाटी दोस्रो वर्षमा प्रवेश गरेको छ । ग्लोबलपाटी ले संवैधानिक सर्वोच्चता, सुशासन, पारदर्शिता, लोकतन्त्र, वाक स्वतन्त्रता र मानवअधिकारलाई आधारभूत मार्गदर्शन मानेको छ । यसै अनुसार हामीले समाचार र विचार प्रवाह गर्दै आएका छौँ । ग्लोबलपाटी सधैँ यही मूल्यमान्यतामा अडिग रहनेछ ।

    हाम्रा लागि विश्वसनीयता अर्को ठूलो मन्त्र हो । हामी ग्लोबलपाटीमार्फत प्रकाशन र प्रसारण हुने सबै किसिमका सूचनाहरूको विश्वसनीयताप्रति सधैँ सजग छौँ । हामीले छोटो समयमै हाम्रो वेबसाइटमा ठूलो संख्यामा पाठकहरू पाएका छौँ । यसबाट हामी गौरवान्वित भएका छौँ । हामी सिक्ने क्रममा छौँ । हाम्रा सामग्रीहरू पूर्णरूपमा त्रुटिरहित थिए भन्ने हाम्रो दाबी छैन । पाठकहरूले औँल्याउने त्रुटि र पाठकहरूको प्रतिक्रियाको हामी सधैँ स्वागत गर्दछौँ र सुझावअनुसार थप परिष्कृत गर्दै जानेछौँ । मूल्याङ्कन पाठकहरूकै जिम्मामा हुनेछ ।
    हामी हाम्रो मार्गदर्शन, पत्रकारिताका प्रचलित मूल्यमान्यता र कानूनी दायरामा सधैँ सजग छौँ । आधुनिक प्रविधिले ल्याएको सुविधाको अधिकतम उपयोग गर्दै पाठकहरूसमक्ष पुग्नेछौँ ।

    सञ्चालनको पहिलो वर्षमा सबै सञ्चार माध्यमझैँ ग्लोबलपाटी पनि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड– १९ को मारमा पर्यो। महामारीको भयका बीच पनि हामीले समाचार र विचार प्रवाहमा अधिकतम प्रयत्न गर्यौं। आमनागरिकलाई कोभिड– १९ को रोकथाम र सुरक्षा चेतनाका बारेमा सचेत गराउने उद्देश्यले समाचार, विचार र आलेखहरूलाई प्राथमिकता दियौँ । आमनागरिकको सुविधाको लागि राज्यका निकायहरूलाई सजग गराउनमा जोड दियौँ ।

    अनलाइन माध्यमबाट पाठक र श्रोतासमक्ष पुर्याउन सकिने समाचार र विचारका सबै सामग्री प्रस्तुत गर्न हामी प्रयासरत छौँ । हाम्रा अनुभवका आधारमा आगामी दिनमा ग्लोबलपाटीलाई अझ परिष्कृत बनाउँदै जाने हाम्रो प्रयास जारी रहनेछ । अनलाइन सञ्चार माध्यम कुनै खास भौगोलिक क्षेत्रमा मात्र सीमित छैन । प्रविधिले हामीलाई विश्वव्यापी बनाएको छ । हामीले सोहीअनुसार राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रमुख घटनाका समाचार सामग्री प्रस्तुत गर्दै आएका छौँ । समाचारमा हाम्रा छिमेकी र मित्र राष्ट्रहरूलाई प्राथमिकतामा राखेका छौँ । यस क्रममा मातृभूमि नेपालको हित प्रवर्द्धन हाम्रो मूल ध्येय रहेको छ ।

    विविधि समाचार, विचार र मानवीय चासोका विषयहरू पाठकको रुचिअनुसार पठनीय बनाउन हामी सधैँ प्रतिबद्ध छौँ । हामीलाई राज्यको कानून र पत्रकारिताका विश्वव्यापी मूल्यमान्यता परिपालनाबाहेक कुनै पनि दबाब स्वीकार्य छैन । हामीले ग्लोबलपाटीको गौरवमय पहिलो वर्ष पूरा गरेका छौँ । पहिलो वार्षिकोत्सवका अवसरमा हामी हाम्रा समस्त पाठक, प्रबुद्ध लेखक, विज्ञापनदाता र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ ।

  • प्रकाशकीय
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution