चौतारा । हेलम्बु गाउँपालिकासँग सडक सञ्जालबाट टुटेको छ। आज बिहान ७ बजेर ५३ मिनेटमा हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ ।
चनौटेस्थित रातोपुल बाढीले बगाएपछि हेलम्बु गाउँपालिका सडक सञ्जालबाट टुटेको हो । मेलम्ची ७ र ८ पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पको पुल गएरातीदेखि उर्लिएको बाढीले बगाएको हो । असार १ गते आएको बाढीले जोखिममा रहेको पुल गएराती उर्लिएको बाढीले बगाएको हो ।
चनौटेको रातो पुल पनि बगेपछि अब मेलम्ची बजारदेखि माथि मेलम्ची नदीमा कुनै पुल बाकी नरहेनको बागमती प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल शरदले बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘असाधारण संकटको सामना गर्नु पर्ने स्थिति आएको छ। सबैले धैर्य गरौं। सबै जुटेर विपत्तिले सृजना गरेको आपतबाट जनजीवन सञ्चालन गरिनेछ।’ पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ ।
असार १ गते आएको बाढीले हेलम्बुदेखि मेलम्चीसम्मको ठूलो मानवीय र भौतिक क्षति भएको थियो ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ