• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

मेलम्ची खानेपानी आयोजनाको भविष्य जोखिममा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण १७, आईतबार (५ साल अघि)
  • ९६० पाठक संख्या
  • melamchi_bhremathang1627808208
    ‌‌‌

    हेलम्बु । काठमाडौं उपत्यकामा पानी ल्याउने मेलम्ची खानेपानी आयोजनाको भविष्य सिन्धुपाल्चोकको भ्रेमाथाङ क्षेत्रको पहिरोले जोखिममा पारेको छ।

    विज्ञहरूले आयोजनाको भविष्य भ्रेमाथाङको पहिरोले अनिश्चित पारेको बताएका छन्। भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो। मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य ‘अनिश्चित’ रहेको बताएका हुन् । मेलम्ची क्षेत्रको हेलिकप्टरबाट रेकी गर्न गएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले भ्रेमाथाङमा वर्षौं पहिला आएर बसेको थेग्रिनी बग्न थालेकाले आयोजना संकट रहेको बताएका हुन्।

    ‘भ्रेमाथाङमा जुन थ्रेगिनी छ। त्यो पछि झर्ने नै हो। अहिले पो टनेल बन्द थियो र जान सकेन। पछि झर्ने नै हो। मेलम्ची पछि के हुने हो त भविष्य अध्ययन गर्नुपर्ने हुन्छ,’ शर्माले भने, ‘यस्तो हो भने मेलम्ची त छँदैछ अर्को स्रोतबाट पानी ल्याउनुपर्ने हो कि जस्तो देखिन्छ।’ शर्माका अनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौंअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनी नीबाट बनेको छ। भूकम्पपछि उक्त चौर कमजोर बनेको उनले बताए।

    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा विपद प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार भ्रेमाथाङमा झण्डै एयरपोर्टको आकारको चौर रहेको छ। यसपटक मेलम्चीमा आएको भेलबाढीका क्रममा उक्त चौर कटान सुरू भएको हो। हाइड्रोलोजिस्ट शर्मा मेलम्चीको मुहानमाथि हिमनदीले थुपारेको थेग्रिनी रहेको र त्यस्तो ग्रेगिनको उचाइ बढेको गुगल इमेजरीबाट देखिने बताउँछन्। ‘मेलम्चीको अपस्ट्रिममा टारहरू देखिन्छ। भ्रेमथाङ कटानले जोखिम सुरू भएको देखिन्छ,’ शर्माले भने।

    प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल पानी पर्दा भ्रेमाथाङमा भएको डेब्रिस बग्ने बताउँछन्। ‘पानी नपर्दा त्यस्तो थेग्रिनी जमेर सिमेन्टेड जस्तो हुन्छ। अलिकति पानी परेपछि सक्रिय हुन्छ र बग्न थाल्छ,’ पोखरेल भन्छन्, ‘त्यहाँ क्याल्सिएड अर्थात् चुनको मात्रा धेरै भएकाले पानी पर्दा लेदो हुन्छ।’ रेकी टोलीमा गएका पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक वसन्त अधिकारी पनि मेलम्ची आयोजना निर्माण गर्दा भएको अध्ययन एक पटक पुनः हेर्नुपर्ने अवस्था आएको बताउँछन्।

    ‘मेलम्ची जस्ता आयोजना निर्माण गर्दा त्यस भन्दामाथि कति प्राकृतिक प्रकोप छन् भन्ने रिपोर्ट हुन्छ,’ अधिकारी भन्छन्, ‘अहिले हेर्दा मेलम्ची आयोजना निर्माण गर्दा यो लेभलको विपद आँकलन नगरेको जस्तो देखिन्छ। हामी समष्टिगत रुपमा चुकेको हुन सक्छ।’ मेलम्ची बाढीपछि उक्त क्षेत्र भ्रमण गरेको विज्ञ टोली अझै किन मेलम्चीमा बाढी आयो भन्ने निष्कर्षम पुग्न सकेको छैन।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution