• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन १७, बुधबार | Wednesday, 04, Oct, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मित्रता संघको अध्यक्षमा तामाङ
  • २विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • ३सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ४१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ५संविधानको उपलब्धीबारे परिसम्वाद
  • ६साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ७प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ८दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

नृत्य निर्देशक संघ काठमाडौँको अध्यक्षमा बुद्ध

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण २४, आईतबार (२ साल अघि)
  • ४८९ पाठक संख्या
  • FB_IMG_1628385502794-696x464
    ‌‌‌

    काठमाडौँ । लामो समयदेखि नृत्य निर्देशनमा संलग्न बुद्ध लामा नृत्य निर्देशक संघ नेपाल काठमाडौँ शाखाको अध्यक्षमा निर्वाचित भएका छन् ।

    यस अघि पनि अध्यक्ष रहेका लामा पुनः निर्वाचित भएका हुन् । शनिबार संघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट लामाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । संघको नयाँ कार्य समितिको दुई जना उपाध्यक्षमा अर्जुन तामाङ र महेश थापा, सचिवमा देवराज गुरुङ, सह सचिवमा छिरिङ लामा, कोषाध्यक्षमा ममता राई र सह–कोषाध्यक्षमा निरु फुँयाल निर्विरोध निर्वाचित भएका छन् ।

    त्यस्तै सदस्यमा अनिल भुजेल, पूर्णबहादुर स्याङ्तान, लक्ष्मी पुरी, सरस्वती पोखरेल, समृद्धि पन्त र भक्त कुमार राई निर्वाचित भएका छन् । अघिल्लो कार्यकालमा पनि लामाको नृत्वमानै कार्यसमिति गठन भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस बिपीका नुवाकोट जिल्ला सभापति एवं केन्द्रीय सदस्य श्यामबहादुर गुरुङले पछिल्लो समय नेपाली कला संस्कृति अतिक्रमणमा परेको बताए । संस्कृति पुर्खाले संरक्षण गरेर गएको भए पनि अहिले दोधारमा रहेको भन्दै उनले कलाकारलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।

    सो समारोहमा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नृत्य निर्देशकको सिपी कोरोनाका कारण १८ महिना प्रयोगमा नआउँदा समस्या भएको बताए । कार्यक्रममा जिल्ला शाखा काठमाडौँका सल्लाकार कमल राईले गाउँघरमा विना निर्देशन राम्रो नाच्न सक्नेहरू रहेको भन्दै घरघरमा नृत्य गर्न सक्ने क्षमता भएका व्यक्तिहरू रहेको जनाए । सबैले कला संस्कृतिको सम्मान गर्नुपर्ने र कोरोनाले समस्या भयो भनेर बस्नु भन्दा पनि कोरोनाको डटेर सामना गर्नुपर्ने उनलेको तर्क थियो ।

    कार्यक्रममा नृत्य निर्देशक संघ भक्तपुर शाखाका अध्यक्ष चूडामणि फुँयाल, ललितपुर शाखाका सचिव मिर्नरवा शर्मा राजोपाध्याय तथा पत्रकार महासंघ उपत्यका समितिका सदस्य अर्जुनबहादुर तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • मित्रता संघको अध्यक्षमा तामाङ

  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने


  • ग्लोबल अपडेटथप

    मित्रता संघको अध्यक्षमा तामाङ

    Mitrata Sang

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution