• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

नृत्य निर्देशक संघको स्थापना दिवसको अवसरमा अक्षयकोष निर्माण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण २६, मंगलबार (४ साल अघि)
  • १२२३ पाठक संख्या
  • 235698304_734800440609926_8974113452497625673_n
    ‌‌‌

    काठमाण्डौ । नृत्य निर्देशक संघ नेपालले पाँचौं स्थापना दिवस बधाई तथा सम्मान कार्यक्रम गरी मनाएको छ । सांस्कृतिक संस्थान(राष्ट्रिय नाँचघर)मा मंगलबार स्थापना दिवस मनाएको हो ।

    दिवसको अवसरमा नृत्य गुरुआमा बेटी बज्राचार्यद्वारा ‘पृथ्वी वर्ष उत्कृष्ठ कथ्थक नृत्यकार सम्मान कोष’ स्थापना गरिएको छ । १ लाख १ हजार १ सय रुपैंयाको सो कोषको रकम बज्राचार्यद्वारा संघलाई हस्तान्तरण गरिएको छ ।

    संघको स्थापना दिवसलाई शुभकामना प्रदान गर्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईले सरकारले संस्कृतिको सम्बर्द्धन गर्न नसकेको भन्दै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ‘सरकाको अहिलेको दायित्व भनेको नेपालको संस्कृतिको संरक्षण गर्नु हो’, उनले भने– ‘तर सरकारले यसतर्फ ध्यान दिएको पाईदैन । यो दुःखद् विषय हो ।’ कोरोनाको महामारीको अवस्थामा कलाकारहरुलाई सुरक्षित राख्न सहज रुपमा खोपको व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

    ‘कलाकारले जबसम्म म कलाकार हुँ भनेर गौरवको साथ बाँच्ने अवस्था आउँदैन तबसम्म यस क्षेत्रको विकास हुँदैन’, राईले भने– ‘कलाकारहरुलाई राज्यले संरक्षण गर्नुपर्छ ।’ उनले सांस्कृतिक संस्थान नृत्य निर्देशक संघको हरेक कार्यक्रममा सहाकार्य गर्न तयार रहेको बताए ।

    कार्यक्रममा वरिष्ठ नृत्य गुरुआमा बेटी बज्राचार्य, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, संगीत नाट्य प्रतिष्ठानका नृत्य विभाग प्रमुख नमूना शर्मालगायतले नृत्य निर्देशक संघले आफ्ना उद्देश्यलाई पूरा गर्न सकोस् भन्दै शुभकामना प्रदान गरेका थिए ।

    कार्यक्रममा संघले चलचित्र कलाकार संघलाई कदरपत्र प्रदान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि सांस्कृतिक संस्थानका प्रबन्धक राईले रविन्द्र खड्कालाई कदरपत्र प्रदान गरेका थिए । त्यस्तै काठमाण्डौ र भक्तपूर शाखाको नवनिर्वाचित समितिलाई बधाईपत्र समेत हस्तान्तरण गरिएको थियो ।

    संघका अध्यक्ष भुवन दाश श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन संघको केन्द्रिय महासचिव नृपध्वज खत्रीले गरेका थिए । संघले स्थापनाको छोटो समयमै नृत्यको विकासमा काम गरेको अध्यक्ष श्रेष्ठले बताए । ५ सय बढी व्यवसायिक नृत्य निर्देशक संस्थामा आबद्ध रहको बताउँदै श्रेष्ठले १३ जिल्ला भन्दा बढीमा शाखा विस्तार गरेको समेत जानकारी दिए ।

    सो समारोहमा कार्यक्रममा काठमाण्डौ जिल्लाका नवनिर्वाचित अध्यक्ष बुद्ध लामा, भक्तपूर जिल्लाका नवनिर्वाचित अध्यक्ष चुडामणी फुँयाल, विभिन्न जिल्लाका अध्यक्ष एवम् पदाधिकारी लगायत कला संस्कृतिको क्षेत्रमा काम गर्ने व्यक्ति व्यक्तित्को उल्लेख्य उपस्थिति थियो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution