• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० आश्विन १७, बुधबार | Wednesday, 04, Oct, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १मित्रता संघको अध्यक्षमा तामाङ
  • २विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित
  • ३सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा
  • ४१ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने
  • ५संविधानको उपलब्धीबारे परिसम्वाद
  • ६साँच्चै माओवादीको रुपान्तरण सम्भव छ ?
  • ७प्रदेश अधिवेशनका लागि साढे १२ सय प्रतिनिधि छनाैट
  • ८दुर्घटनामा दुई विद्यार्थी नेताको निधन

तातोपानी नाका सहज बनाउनुपर्नेमा व्यापारीको जोड

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ३०, शनिबार (२ साल अघि)
  • ३७८ पाठक संख्या
  • 229387606_893575867903813_6881729502885908842
    ‌‌‌

    चौतारा ।  नेपाल चीनबीचको स्थलमार्ग तातोपानी नाकाबाट व्यापार सहज बनाउन व्यवसायीहरुले माग राखेका छन् ।

    शनिबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनमा ल्याउनु पर्ने माग राखेका हुन् । भूकम्पपछि यो नाका अस्थिर रुपले सञ्चालन भइरहेको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ र नेपाल हिमालय सीमापार वाणिज्य संघले एक ज्ञापन पत्र बुझाउँदै नाका पूर्ण रुपले सञ्चालनका लागि माग गरिएको हो ।

    संकटग्रस्त क्षेत्र सिन्धुपाल्चोकमा आइपरेका अनेकौं विपदले निकै समस्या रहेको र नाका सञ्चालन नहुँदा व्यवसायीलगायतलाई समस्या परेको भन्दै नेपाल चीन बीचको व्यापारिक कारोबार अगाडि बढाउन पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासामू व्यापारीहरु पुगेका हुन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई ज्ञापन गर्दै राजस्व संकलनमा उल्लेख्य योगदान गर्ने नाका पूर्ण रुपले सञ्चालन हुनुपर्ने माग राखिएको सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठले बताए ।

    नाका अस्थिर हुँदा संयौंको रोजीरोटी गुमेको छ । नाकाबाट कारोबार हुँदा काम गर्ने मजदुर अहिले विचल्लीमा परेकाले पूर्ण रुपले नाका सञ्चालन हुनुपर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोककुमार श्रेष्ठको भनाई छ । नाकाबाट हुने व्यापारका साथै प्रधानमन्त्री सामू उद्योग बाणिज्य संघ र सीमापार बाणिज्य संघले विपद् न्यूनीकरणका लागि पहल गरिदिन हनुरोध समेत गरे ।
    सिन्धुपाल्चोकमा यस अघि पनि २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७७ को जम्बु, घुम्थाङ, लिदी पहिरो तथा २०७८ असार १ र १७ गतेको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण प्राकृतिक रुपमा विपद्ग्रस्त बन्दै आइरहेको छ । कोदारी, तातोपानी, चाकु, बाह्रविसे, लामोसाँघु, खाडिचौर, बलेफी, जलविरे, ढाँडे, सुकुटे, ढाँडखोला, मेलम्ची, पाँचपोखरी थाङपाल, हेलम्बु पनि नदी किनारमा हुँदा बाढी तथा पहिरोको जोखिममा रहेकाले आवश्यक ऋध्ययन गरि स्थानान्तरणका लागि पहल गर्न अनुरोध गरिएको सिन्धुपाल्चोक उद्योृग बाणिज्य संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले बताए ।

    पटक पटकको बाढीका कारण अरनिको राजमार्गको लिपिङ पुल, कोदारी पहिरो, डाक्लाङ पहिरो, लार्चा पुललगायतमा क्षति पुगेको छ । बाह्रविसेबाट २६ किलोमिटर माथि पर्ने कोदारीसम्मका सडक क्षतविक्षत अवस्थामा छ । पहिरोले २०७४ साउनमा भाँच्चिएको लार्चा पुल अहिलेसम्म बन्न सकेको छैन । क्षतिग्रस्त पुल बन्न र राजमार्गको विस्तार एवम् उन्नति हुन नसक्दा नाका सञ्चालनमा समस्या आएको नेपाल हिमालय सीमापार वाणिज्य संघका निवर्तमान अध्यक्ष बच्चु पौडेलले बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • मित्रता संघको अध्यक्षमा तामाङ

  • विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

  • सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

  • १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने


  • ग्लोबल अपडेटथप

    मित्रता संघको अध्यक्षमा तामाङ

    Mitrata Sang

    विद्या भूषणबाट सिन्धुपाल्चोकका ७ जना विभूषित

    Padak

    सिन्धुपाल्चोक टेबुल टेनिस संघमा लामा

    table tennis

    १ लाख ११ हजार १ सय ११ रुपैंया राशीको तेस्रो मालिकादेवी कप हुने

    380532760_997013611415888_2727565121418184396_n
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution