• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

एमसीसीले अधिग्रहण गरेको जमिन कब्जा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ श्रावण ३१, आईतबार (४ साल अघि)
  • ११२३ पाठक संख्या
  • 221307922_598515977811484_4833971648056935425_n
    ‌‌‌

    नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका– ७ रातमाटेमा एमसीसीका लागि एमसीए नेपालले अधिग्रहण गरेको करिब चार सय रोपनी जमिन कब्जा गरिएको छ ।

    संरचना निर्माण गरिन लागिएको स्थलमा राष्ट्रिय अभियान नेपाल, उन्नत लोकतन्त्र पार्टी(एडिपि) ले शनिबार हजारौंको संख्यामा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो जग्गा कब्जाको घोषणा गरेको हो । सो जग्गामा एमसीसीले कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

    जुलुससहित सो क्षेत्रमा पुगेका नेता कार्यकर्ताहरुले एमसिसी चाहिँदैन, विदेशी हस्तक्षेप मुर्दावाद, आमन्त्रित हस्तक्षेप मुर्दावादजस्ता नारा लगाएका थिए । एमसिसीले अधिग्रहण गरेको जग्गामा झण्डा गाड्दै उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष तथा अधिवक्ता स्वागत नेपालले सो स्थानमा उप्रान्त एमसिसीको कुनै पनि संरचना निर्माण गरिएमा तत्काल ध्वस्त बनाइने चेतावनी दिए ।

    उनले अधिग्रहण गरिएका व्यक्तिहरुलाई प्रलोभन, झुक्यान र डर धाकधम्की दिएर एमसिसी पक्षधर नेता र प्रशासकहरुले जमिन अधिग्रहण गरेको कारण उक्त स्थानमा राष्ट्रिय कृषि विश्वविद्यालय, अनुसन्धानशाला वा खेलकुद रंगशाला निर्माण गरिनु पर्ने पनि बताए । सो स्थानमा प्रतिकारका लागि पाँच सय सदस्यीय एमसिसी प्रतिकार समिति पनि गठन गरेको घोषणा गरिएको थियो ।

    जग्गा कब्जा घोषणा सभामा उन्नत लोकतन्त्र पार्टीका केन्द्रीय सदस्यहरु कृष्ण प्रसाई, राम राजा आचार्य, शिवराम थापा, दुर्गा बस्नेत, नरेन्द्र कुमार शाह, विद्यार्थी संगठनका अध्यक्ष केके थापा लगायतले एमसिसी नेपालको संविधानभन्दा माथि भई नेपाललाई कानुनी रुपमा अमेरिकी उपनिवेस बनाउने चाल भएकोले निस्तेज बनाउन आफूले जुनसुकै मुल्य चुकाउन तयार रहेको बताएका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution