• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

२६ लाख रुपैंया बराबरको स्वास्थ्य सामग्री प्रदान

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र ८, मंगलबार (४ साल अघि)
  • १३२० पाठक संख्या
  • Hastantaran
    ‍‍‍

    चौतारा । सिन्धुपाल्चोकको चौतारा अस्पताल र जलविरे प्राथमिक स्वास्थ्य केन्द्रमा एशिया नेपालले कोभिड– १९ प्रतिकार्यको लागि स्वास्थ्य सामग्री तथा उपकरणहरु हस्तान्तरण गरेको छ ।

    २६ लाख रुपैंया बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको एशिया नेपालका कार्यक्रम निर्देशक नवराज आचार्यले बताए । अक्सिजन कन्सन्ट्रेटर, सि क्याप डिभाइस, हस्पिटल माक्र्स, अक्सिमिटर, एन्टिजिन किट लगायत २४ प्रकारको कोभिड प्रतिकार्य सामग्री प्रदान गरिएको उनले जनाए ।

    संस्थाले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट डा. करुणा बज्राचार्यलाई संयुक्त रुपमा सामग्री हस्तान्तरण गरेको थियो । प्राप्त सहयोग सामग्री बुझ्दै चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले अस्पतालबाट दिने सेवामा यस्ता सामग्रीहरुले महत्वपूर्ण सहयोग गर्ने बताए । अध्यक्ष श्रेष्ठले सामग्री सहयोगका लागि एशिया नेपाललाई धन्यवाद व्यक्त गर्दै बिरामीहरुको सुलभ उपचारमा चौतारा अस्पताल सदैव लागिरहेको बताए । उनले सामग्री उपलब्ध गराउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रति गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य राजेन्द्र शर्मालाई धन्यवाद समेत प्रदान गरे । आगामी दिनहरुमा पनि यस्ता सहयोगहरुले विरामीको सहज उपचारमा सहयोग पुग्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

    सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. करुणा बज्राचार्यले यस्ता सामग्रीहरु कोभिड– १९ र श्वासप्रश्वासका बिरामीहरुको लागि निक्कै उपयोगी हुने बताईन् ।

    त्यस्तै जलविरे प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.प्रशान्त ज्ञवालीले स्वास्थ्य केन्द्रमा रहेको एउटा अक्सिजन कन्सन्ट्रेटर बिग्रिएको अवस्थामा प्राप्त भएको सामग्रीहरुले उपचार सेवामा सहजता ल्याउने बताए । ‘अहिले प्राप्त भएको कोभिड प्रतिकार्य सामग्रीले विकट क्षेत्रबाट आएका विरामीहरुलाई थप सहज बनाउनेछ’, उनले भने– ‘यसले हाम्रो स्वास्थ्य केन्द्रबाट थप स्वास्थ्य सेवा दिन पनि सहयोग पुग्ने आशा राखेका छौं ।’

    एशिया नेपालका परियोजना प्रबन्धक सुनिल खनालले सिन्धुपाल्चोकमा कोभिड प्रतिकार्यमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै सामग्रीहरुको सहि सदुपयोग गर्न आग्रह समेत गरे । सामग्री हस्तान्तरण कार्यक्रमको समन्वय गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य राजेन्द्र शर्माले गरेका थिए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution