• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

चौतारामा पहिलो पटक गरियो कन्या पूजा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र १४, सोमबार (४ साल अघि)
  • १५९६ पाठक संख्या
  • Kanya Puja 2
    चौताराको गणेश मन्दिरमा गरिएको कन्या पूजा ।

    चौतारा । रजस्वला नभएका कन्याको पूजा गर्दा सुख प्राप्त हुने धार्मिक विश्वासका साथ सिन्धुपाल्चोकको चौतारामा पहिलो पटक कन्या पूजा गरिएको छ ।

    श्रीकृष्ण जन्माष्टमीको अवसरमा चौताराको पुरानोबजारमा रहेको गणेश मन्दिर परिषरमा कन्याहरुलाई आसन गराएर दर्शनार्थीहरुमार्फत ती कन्याहरुलाई पूजाआजा गरिएको छ । ‘पहिलो पटक गरिएको यो पूजामा २५ कन्याहरुको सहभागिता रहयो’, नेवाःदेय दबुः चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. ५ का अध्यक्ष ध्रुबलाल श्रेष्ठले भने– ‘कोरोनाको संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यो वर्ष थोरैको संख्यामा कन्या पूजा गरिएको हो ।’ आगामी वर्ष संक्रमणको जोखिम कम भए व्यापक रुपमा कन्या पूजा गरिने उनले बताए ।

    धार्मिक मान्यतासँगसँगै सामाजिक संस्कारलाईलाई समेत टेवा पुर्याउनेने हेतुले कन्या पूजाको प्रारम्भ गरिएको उनको भनाई छ । ‘धार्मिक मान्यता त एकातर्फ छँदैछ, अर्कोतर्फ लैंगिक हिंसा, बालहिंसाको अन्त्य गर्न पनि यो पूजाको सुरुवात गरेका हौं’, श्रेष्ठले भने– ‘छोरीहरुलाई पूजा गर्नुपर्छ, हिंसा गर्नुहुँदैन भन्ने सन्देश दिनु हाम्रो मूल उद्देश्य हो ।’ कन्या पूजा गर्दा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउने श्रेष्ठको भनाई छ ।

    यस पर्वमा कन्याहरुलाई उच्च सम्मान स्वरुप पुजिने गरिन्छ । भोक भोकै बसेर कन्या पूजा गर्दा कन्याहरुलाई केही रोग नलाग्ने र आफूहरुले आटेको काम पूरा हुने विश्वासका साथ कन्या पूजा गरेको भक्तजनहरु बताउछँन् ।

    नेवारी समुदायमा वेल विवाह नगरिएका र अन्य समुदायका रजस्वला नभएका कन्यालाई शुभको प्रतिक मानि पूजा गरिन्छ । पर्वमा कन्याहरुको लाममा देवकन्या, नागकन्या, गन्धर्वकन्या, किन्नर कन्या, किचकन्या मानव कन्याका भेषमा आउने भएकाले उनीहरुलाई आराध्यदेवी चण्डेश्वरीमाईको कुमारी मानी पूजा गरेमा मोक्ष प्राप्त हुने जनविश्वाससमेत रहदै आएको छ ।

    मौलिक बाजागाजासहित कन्याहरुलाई पेडा, स्वारी, जेरी, मालपुवा, सेल, फलफुल, पैसा, विस्कुट लगायतका सामान दान दक्षिणा र भोजन गराई पुजिने गरिन्छ । चौतारामा पहिलोपटक मनाईएको कन्या पूजाको आयोजना नेवाःदेय दबुः  वडा नं. ५ समिति र नेवाः मिसा देय दबुः जिल्ला समितिले गरेको नेवाः मिसा देय दबुःको जिल्ला अध्यक्ष सीतादेवी श्रेष्ठले जानकारी दिईन् ।

  • संस्कृति
  • प्रतिक्रिया दिनुहोस
    धर्म/संस्कृति सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution