• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ ३१, मंगलबार | Tuesday, 15, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • २बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ३गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ४खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ५पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ६खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ७कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ८लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु

बागमतीमा मूख्यमन्त्रीका लागि दुई दलको दाबी

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र १६, बुधबार (३ साल अघि)
  • ८७५ पाठक संख्या
  • bagmati-pardesh-sav copy
    ‌‌‌

    हटौंडा । नेकपा विभाजनसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ भने विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालेका छन् ।

    बागमती प्रदेश सरकारको नेतृत्वमा मुख्य रुपमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेका छन् । बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसको तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दाबी गरेका छन् । प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनबीच ठोस सहमति हुन बाँकी छ । यसका लागि केन्द्रमै छलफल हुने र दलहरुबीच समझदारी बन्ने नेताहरु बताउँछन् । यद्यपि प्रदेश तहमा हाल तीनवटा दलले मुख्यमन्त्रीका लागि दाबी गरेका हुन् ।

    प्रदेशसभाको अंक गणित यस्तो छ

    बागमती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए । एमाले विभाजनपछि १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेका छन् । अब एमालेमा ४४ सांसदमात्र छन् ।

    प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २÷२ जना र एक स्वतन्त्र सांसद् छन् । प्रदेश सरकार गठनका लागि ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत जुटाउन थप ११ सांसदको समर्थन खोज्नुपर्ने हुन्छ । तर अहिलेको समीकरणमा उनले बहुमतको आँकडा छुन सक्ने सम्भावना देखिएको छैन ।
    गठबन्धनका तर्फबाट माओवादी, काँग्रेस र एकीकृत समाजवादी मिल्दा सहजै बहुमत पुग्ने देखिन्छ । एकीकृत समाजवादीका १२, माओवादीका २३ र काँग्रेसका २२ गरी ५७ सांसदका साथ गठबन्धनले प्रदेश सरकार गठन गर्न सक्ने अवस्था छ ।

    भदौ २ गते अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भएकी हुन् । लामो समय माधवकुमार नेपाल पक्षमा खुलेकी उनी पार्टी विभाजन हुने अवस्थामा एमालेमै सामेल भएर सरकारको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरिन् । तर पार्टी विभाजनपछि एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा १२ सांसद सामेल भएपछि भने एमाले अल्पमतमा परेको हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ


  • ग्लोबल अपडेटथप

    १ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

    Chautara Campus

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution