• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

कञ्चन प्रियदर्शीको सालिक अनावरण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र २६, शनिबार (४ साल अघि)
  • ८८२ पाठक संख्या
  • Kanchan Programme
    ‌‌‌

    चौतारा । स्वर्गीय पत्रकार एवम् साहित्यकार कञ्चन प्रियदर्शीको सम्झनामा निर्माण गरिएको सालिकको अनावरण गरिएको छ ।

    प्रियदर्शीको जन्मस्थल सिन्धुपाल्चोकको पिपलडाँडामा निर्माण गरिएको सालिक एवम् पार्कको शनिबार उद्घाटन गरिएको हो । बागमती प्रदेश सभाको सांसद् युवराज दुलालले सालिक र पार्कको उद्घाटन गरेका हुन् । उद्घाटन पछिको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद् दुलालले परिवर्तनको सम्वाहक पत्रकार साहित्यकारलाई सम्मान गरिनु भनेको सिंगो बौद्धिक जगतलाई सम्मान गरिएको बताए ।

    ‘यो सम्मान उहाँले समाज पुर्याएको योगदानको कदर हो’, दुलालले भने– ‘राजनीतिक बर्गीय आन्दोलनमा लाग्नु भन्दा पहिले साहित्य र पत्रकारिताको माध्यमबाट समाज परिवर्तनको लागि व्यतित गरेको अमूल्य समयलाई पनि हामीले भुल्नु हुँदैन ।’ प्रियदर्शी महान जनयुद्धको क्रममा शहादत प्राप्त गरेको स्मरण गर्दै दुलालले तत्कालिन राज्य व्यवस्थाको बिरुद्ध उहाँले गरेको योगदान कसैले भुल्न नहुने बताए । ‘कञ्चन प्रियदर्शी एउटा वर्गीय चेत, राजनीतिक चेतका साथ राष्ट्रका लागि जीवन कुर्बानि गर्नुभएको थियो’, दुलालले भने– ‘यो इतिहासलाई हामीले सदैव स्मरण गर्नुपर्छ ।’ कञ्चन प्रियदर्शीको राजनीतिक, साहित्यिक र पत्राकारिताको इतिहासलाई जीवन्त तुल्याउन शालिक निर्माण गरेको प्रति दुलालले धन्यवाद व्यक्त गरे ।

    Kanchan Programme

    कार्यक्रममा नेकपा माओवादी केन्द्रका युवा नेता माधव सापकोटा, जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष सरल सहयात्री पौडेल, मित्र प्रतिष्ठानका अध्यक्ष कृष्ण सुवेदी‘भारद्वाज मित्र’, जनमत वाङ्मय प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, साहित्यकार मात्रिका पोखरेल, बाबा बस्नेत लगायतले शुभकामना सहित आफ्ना सिर्जना समेत प्रस्तुत गरेका थिए ।

    त्यस्तै शब्द शारथिका अध्यक्ष अमित घिमिरे, नेपाल पत्रकार महासंघका अध्यक्ष जीवन श्रेष्ठले कञ्चन प्रियदर्शीको साहित्य र पत्रकारिताको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा कवि रमेश पौडेल, हेमन प्रधान, दील कार्कीलगाएतले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा सालिक एवम् पार्क निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सांसद् युवराज दुलाल, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, जग्गादाता सुजन बुढाथोकी र मुर्ति निर्माण गर्ने कलाकार कृष्णहरी शंखदेवलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

    भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार’ प्रदान

     

    लामो समय बालसाहित्यमा योगदान पुर्याएको स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ ।नगद ११ हजार १ सय ११ रुपैंया पुरस्कार राशीसहित दोसल्ला र पुरस्कारपत्रद्वारा सम्मान गरिएको हो ।

    मित्र प्रतिष्ठानको समन्वयमा दुःखी प्रकाशनले सो पुरस्कार प्रदान गरेको हो । बागमती प्रदेश सभाको सांसद् युवराज दुलालले भारतीलाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए । ‘हामीले वर्षिनै बालसाहित्यमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका छौं’, दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले भन– ‘यो जिल्लामा प्रदान गरिदै आएको पुरस्कार राशी मध्ये ठूलो राशीको पुरस्कार पनि हो ।’

    कार्यक्रमकै बीच दुःखी प्रकाशनले ४ जना जेहेन्दार विद्यार्थीहरुलाई पोषाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो । उनीहरुलाई कक्षा १२ सम्म शैक्षिक सामग्री सहयोग गरिने प्रकाशनले जनाएको छ ।

    कविता प्रतियोगितामा रायमाझी प्रथम

    Puraskar

    ‌‌‌

    कञ्चन प्रियदर्शीको सम्झनामा निर्मित सालिक अनावरण, पार्क उद्घाटन एवम् पुरस्कार अर्पण कार्यक्रमको अवसरमा आयोजीत खुला कविता प्रतियोगितामा नवराज रायमाझीले प्रथम स्थान हातपारेका छन् ।

    प्रतियोगितामा सुष्मा तिमल्सिना द्वितीय, कृष्णप्रसाद धिताल‘धिताल चिरिच्याट्ट’ तृतीय, रमेश श्रेष्ठ र घनश्याम नेपालले सान्त्वना स्थान हासिल गरे । पुरस्कृत हुने कविहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

     

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution