• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर १७, बुधबार | Wednesday, 03, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

अझै लोकतन्त्रमाथी खतरा छः नेता पौडेल

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र २८, सोमबार (४ साल अघि)
  • ९०२ पाठक संख्या
  • Ramchandra Paudel
    ‌‌‌

    काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन् ।

    काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले चाबहिलमा आयोजना गरेको १४औं महाधिवेशनमा नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराए ।

    ‘नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ’, उनले भने । पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागेको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्नेमा नेता पौडेलको जोड थियो ।

    ‘पार्टीको १४औं महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको छ, दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको छ, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको छ, यो पार्टीका लागि दुर्भाग्य नबनोस्’, उनले भने । आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताए ।

    कार्यक्रममा सिन्धुपाल्चोक काँग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेता देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४औं महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution