• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

अझै लोकतन्त्रमाथी खतरा छः नेता पौडेल

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र २८, सोमबार (४ साल अघि)
  • ९५३ पाठक संख्या
  • Ramchandra Paudel
    ‌‌‌

    काठमाण्डौ । नेपाली काँग्रेसका वरिष्ठ नेता लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि आफू मैदानबाट लडिरहने बताएका छन् ।

    काँग्रेस जिल्ला कार्य समिति सिन्धुपाल्चोकले चाबहिलमा आयोजना गरेको १४औं महाधिवेशनमा नीति र नेतृत्व विषयक विचार विशेष कार्यक्रममा उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पहिलो राष्ट्रपति बन्न प्रस्ताव गर्दा लोकतन्त्रमाथिको खतरा अन्त्य नभएकाले आफू अझै मैदानबाट लड्ने वचन दिएको जानकारी गराए ।

    ‘नेताबाटै लोकतन्त्रमाथि खतरा छ, जनता नेताको अन्धभक्त भए भने लोकतन्त्रका लागि दुर्भाग्य हुन्छ, मैले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि पछिल्लो आन्दोलन गृह जिल्ला तनहुँस्थित दमौली पुलबाट शुरु गरेको छु, लोकतान्त्रीकरण नभएसम्म यो अभियान जारी रहन्छ’, उनले भने । पार्टीलाई अझै लोकतान्त्रीकरण गर्ने अभियानमा आफू लागेको उल्लेख गर्दै उनले आन्तरिक लोकतन्त्र फस्टाउन कमजोर पार्टीको बलियो नेता हुने प्रवृत्ति अन्त्य गरिनुपर्ने बताए । कमजोर पार्टीको बलियो नेता भए तानाशाह जन्मने भएकाले यसमा कार्यकर्ता पनि चनाखो हुनुपर्नेमा नेता पौडेलको जोड थियो ।

    ‘पार्टीको १४औं महाधिवेशनका क्रममा क्रियाशील सदस्यता वितरणमा धाँधली गरिएको छ, दादागिरी गरेर निष्ठावान् कार्यकर्तालाई पन्छाउन खोजिएको छ, डडेल्धुरामा पार्टी जिल्ला समितिलाई एकातिर राखेर प्रहरी प्रशासनको बलमा वडा अधिवेशन गरिएको छ, यो पार्टीका लागि दुर्भाग्य नबनोस्’, उनले भने । आगामी महाधिवेशनले पार्टीलाई लोकतान्त्रीकरण गरेर रुपान्तरण गर्न नेता तथा कार्यकर्ताको भूमिका महत्वपूर्ण हुने नेता पौडेलले बताए ।

    कार्यक्रममा सिन्धुपाल्चोक काँग्रेसका उपसभापति शिव सुनार, सचिव बिलबहादुर तामाङ, नेता देवप्रसाद बानियाँलगायतले पार्टीको लोकतान्त्रीकरण गर्न १४औं महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution