• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ ४, बिहिबार | Thursday, 18, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

प्रेस काउन्सिलले सिन्धुका तीन पत्रकार पुरस्कृत गर्ने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ भाद्र ३०, बुधबार (४ साल अघि)
  • ११४१ पाठक संख्या
  • press_council_nepal_PCN
    ‌‌‌

    चौतारा । प्रेस काउन्सिल नेपालले वार्षिकोत्सवका अवसरमा प्रदान गर्दै आएको विभिन्न पुरस्कारहरू र पुरस्कृत हुने पत्रकारको नाम सार्वजनिक गरेको छ ।

    काउन्सिलले बुधबार एक विज्ञप्ति जारी गर्दै यस बर्ष पुरस्कृत हुने पत्रकारहरुको नाम सार्वजनिक गरेको छ । यसपटक सिन्धुपाल्चोकबाट तीनजना पत्रकार पुरस्कृत हुने भएका छन् । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कारबाट माधव नेपाल र बासुदेव शर्मा ‘बबिन’ पुरस्कृत हुने भएका हुन् । त्यस्तै प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार जगन्नाथ दुलाललाई प्रदान गर्ने निर्णय काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको बैठकले गरेको छ ।

    पुरस्कृत सिन्धुपाल्चोकका तीन मध्ये माधव नेपाल र जगन्नाथ दुलाल नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सदस्य समेत हुन् । २२ वर्षदेखि मोफसल हुँदै केन्द्रीय सञ्चारमाध्यममा समेत काम गरेका माधव नेपाल गएको चैत्र २५ मा भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षको उम्मेदवार समेत बनेका थिए । दुलाल भने हाल न्यूज २४ मा रिपोर्टिङ इञ्चार्जको रुपमा कार्यरत छन् । त्यस्तै पुरस्कृत हुने शर्मा समाचार दैनिक अनलाईनका सम्पादक हुन् ।

    काउन्सिलले यस वर्ष ३२ जना पत्रकार, २ सञ्चार संस्था र ४ जना कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । काउन्सिलले प्रदान गर्दै आएको सबैभन्दा ठूलो मानिने ‘गोपालदास पत्रकारिता पुरस्कार’ यस वर्ष वरिष्ठ पत्रकार भारतदत्त कोइराला र ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्रीविनोद खनाल ‘प्रतीक’, लाई प्रदान गर्ने निर्णय गरेको हो ।

    प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं पत्रकारिता क्षेत्रका मूर्धन्य व्यक्तित्व स्व. गोपालदास श्रेष्ठको नाममा स्थापित रू. एक लाख ५१ हजार राशिको गोपालदास पत्रकारिता पुरस्कार तथा प्रेस काउन्सिल नेपालका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको नाममा वि.सं. २०७२ सालमा स्थापित प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार २०७३ सालदेखि वरिष्ठ पत्रकारहरूलाई दिन थालिएको वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    press-release

    ‌‌‌

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution