• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ माघ १५, आईतबार | Sunday, 29, Jan, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)
  • २३० परिवारको निःशुल्क जीवन बिमा
  • ३पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी
  • ४बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त
  • ५पशु फर्ममा आगलागी हुँदा ५० लाख बढीको क्षति
  • ६बाग्मती प्रदेशले पायाे ११ मन्त्री (नामसिहत)
  • ७बालविकास सहजकर्ताहरुको लागि मन्टेश्वरी तालिम प्रदान
  • ८नमूना पोषण पाठशालाले मनायो पोषण दिवस

शब्द सारथिको नियमित शृङ्खला सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन १, शुक्रबार (१ साल अघि)
  • ५१३ पाठक संख्या
  • Shabda Sarathi
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकबाट सञ्चालित साहित्यिक रचना सुन्ने सुनाउने शृंखला पुनः सुरु भएको छ ।

    शुक्रबार शब्द सारथिको ९६औं शृङ्खला नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सभाहलमा सम्पन्न भएको छ । कोरोना महामारीका क्रममा रोकिएको शृङ्खला अब नियमित सञ्चालन गर्ने सारथिका अध्यक्ष अमित घिमिरेले बताए । ‘कोरोनाका कारण बीचमै स्थगित गरिएको थियो,’ उनले भने, ‘अहिले जनजीवन सामान्य अवस्थामा फर्किएकाले फेरि सुरुआत गरिएको हो ।

    ९६औं शृङ्खलामा साहित्यकार जिएस नेपाल, टीका शर्मा, सम्भू बैरागी, बेली विक, हरिशरण श्रेष्ठ, विजय नेपाल, सुन्दर शिरीष, अमित घिमिरेलगायतले कविता वाचन गरेका थिए । दुई दर्जन सारथि, स्रष्टा उपस्थित शृङ्खलामा विशेष स्रोता चौतारा साँगाचोकगढी नगरपालिकाका रोजगार संयोजक चिरञ्जिवी कट्टेलले साहित्यले समाजलाई सहि गन्तव्यमा पु¥याउन मद्दत गर्ने हुँदा शृङ्खलालाई निरन्तरता दिनुपर्ने बताए । सारथिका अध्यक्ष घिमिरेले समापन गरेको शृङ्खलालाई सचिव सुन्दर शिरीषले सञ्चालन गरेका थिए ।

    साहित्यलाई प्रबद्र्धन गर्ने र नयाँ स्रष्टालाई प्रतिभा प्रस्फुटन गर्न थलो प्रदान गर्ने उद्देश्यले २०७५ असोज १६ बाट शब्द–सारथि सुरुवात गरिएको थियो । ६ जना साहित्यिक अभियन्ताबाट सुरु गरिएको पहिलो शृंखला हुँदै हालसम्म एक सय भन्दा बढी साहित्यिक व्यक्तिहरुले रचना सुनाइसकेका छन् । शृंखला सुरु भएपछि विभिन्न आन्दोलन, पहिचानको खोजी, समृद्धि र समुन्नत समाजकोे पक्षमा यो संस्था अनवरत रुपमा अगाडि बढेको छ ।

    शब्द सारथिले गौराति भीमेश्वर मेलाको अवसरमा पर्यटनका लागि साहित्य, कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायका निम्ति कविता, सिन्धु साहित्य उत्सव, पुस्तक विमोचन कार्यक्रमहरु शृंखलाकै क्रममा गरेको छ । त्यस्तै साहित्यका विविध विधालाई समेट्ने ध्येयले मुक्तक विशेष, हाइकु विशेष, बाल साहित्य विशेषजस्ता शृंखलाहरुसमेत गरेको शब्द सारथिले जनाएको छ ।

    त्यस्तै २०७७ चैत्र ३० देखि २०७८ बैशाख २ गतेसम्म पोखरेली स्रष्टासँग सिन्धु स्रष्टा कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा पोखराका स्रष्टा र सिन्धुपाल्चोकका स्रष्टाको सहभागिता थियो । अभियानलाई कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवि, शिक्षक, नागरिक समाज, सञ्चारकर्मी लगायत सारथि बनेर यो अभियानलाई हौसला प्रदान गरिरहेका छन् । शृङ्खला हरेक शुक्रबार दिउँसो ३ः०० बजे नियमित सञ्चालन हुने गरेको छ ।

     

  • कला/साहित्य
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

  • ३० परिवारको निःशुल्क जीवन बिमा

  • पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

  • बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त


  • ग्लोबल अपडेटथप

    एसईई परीक्षाकाे तालिका सार्वजनिक, चैत १७ देखि सुरू हुने (सूचीसहित)

    Exam

    ३० परिवारको निःशुल्क जीवन बिमा

    Jugal

    पूर्वसभामुख सापकोटालाई माओवादी केन्द्रको उपाध्यक्ष बनाउने तयारी

    Agni

    बागमतीको मूख्य न्यायाधिवक्तामा नेपाल नियुक्त

    Bagmati
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution