• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०७९ जेष्ठ ४, बुधबार | Wednesday, 18, May, 2022
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धुपाल्चाेकका ७५ वडामा कांग्रेसको अग्रता कायमै (कुन वडा कस्ले जिते ? मत परिणामसहित)
  • २बलेफीबाट माओवादीले खोल्यो खाता: बाह्रविसे, भोटेकोशी र हेलम्बुमा कांग्रेसले मार्योे बाजी
  • ३गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण
  • ४चुनाव जिताउन नसकेको भन्दै राप्रपा नेता थापाद्वारा राजीनामा
  • ५जनयुद्धको उद्गम स्थल कुविण्डेमा माओवादीको जीत
  • ६सिन्धुपाल्चोकमा १६ वडा अध्यक्ष विजयी
  • ७अझै सुरु हुन सकेन मेलम्चीमा मतगणना
  • ८जुगल– १ मा कांग्रेसको उम्मेद्वार तामाङ विजयी

बाँडफाँट भयो मध्य भोटेकोशी जलविद्युतको आईपीओ

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन ११, सोमबार (७ महिना अघि)
  • २८५२ पाठक संख्या
  • IPO Madya Bhotekoshi
    ‌‌‌

    चौतारा । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि सोमवार आईपीओ बाँडफाँट गरेको छ ।

    कम्पनीले गत साउन ५ गतेदेखि ३२ गतेसम्म आयोजना प्रभावित स्थानीयमा विक्री गरेको आईपीओ सोमवार बाँडफाँट गरेको हो । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा आयोजना प्रभावित क्षेत्र अन्तर्गतका १८० कित्तासम्मका लागि आवेदन दिने आवेदकलाई माग बमोजिम शेयर दिइएको छ ।

    १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने आवेदकहरु मध्येबाट थप २ हजार ३१३ जनालाई गोलाप्रथाको माध्यमबाट थप १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । आयोजना प्रभावित क्षेत्र अन्तर्गतका आवेदकहरुले १९० कित्तासम्म शेयर हात पारेका छन् । त्यस्तै, आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरुमध्येबाट १० कित्तादेखि ४० कित्तासम्म माग गर्नेलाई माग बमोजिम र ५० देखि ४०० कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार ५४८ जनाले थप १० कित्ताका दरले शेयर पाएका छन् ।

    आयोजना प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् । यस आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएको विक्री प्रबन्धकको भनाइ छ । कुल आवेदकहरुमध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदक रहेका थिए । यी मध्ये ४९ जनाको आवेदन रद्द भएको र योग्य १२ हजार ९८ जना आवेदकहरुमा शेयर बाँडफाँट गरिएको हो ।

    कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं १ र ५ (साविक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो ।

    कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य बासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गरेको हो । यस अघि वैशाख २१ गते गतेदेखि आईपीओ विक्री खुला गरेको कम्पनीले त्यस क्षेत्रमा निषेधाज्ञा भएपछि वैशाख २४ गतेदेखि विक्री कार्य स्थगित गरेको थियो । उक्त शेयर अवस्था सामान्य भएसँगै कम्पनीले पुनः विक्री गरेको थियो ।

    सर्वसाधारणका लागि रू १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गतेनै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत शेयर स्थानीयमा वितरण गरेको हो । यस पछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू ९० करोड बराबरको ९० लाख कित्ता शेयर कम्पनीले आम सर्वसाधारणमा विक्री गर्नेछ । यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू ४ अर्ब ५० करोड रहेको छ ।

    सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू ६ अर्ब पुग्नेछ । यस कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसहित रू १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार रहेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सिन्धुपाल्चाेकका ७५ वडामा कांग्रेसको अग्रता कायमै (कुन वडा कस्ले जिते ? मत परिणामसहित)

  • बलेफीबाट माओवादीले खोल्यो खाता: बाह्रविसे, भोटेकोशी र हेलम्बुमा कांग्रेसले मार्योे बाजी

  • गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

  • चुनाव जिताउन नसकेको भन्दै राप्रपा नेता थापाद्वारा राजीनामा


  • ग्लोबल अपडेटथप

    सिन्धुपाल्चाेकका ७५ वडामा कांग्रेसको अग्रता कायमै (कुन वडा कस्ले जिते ? मत परिणामसहित)

    Final Sindhu Mat

    बलेफीबाट माओवादीले खोल्यो खाता: बाह्रविसे, भोटेकोशी र हेलम्बुमा कांग्रेसले मार्योे बाजी

    Sindhu Mat

    गायक राजु लामाले गरे सगरमाथाको सफल आरोहण

    Raju Lama

    चुनाव जिताउन नसकेको भन्दै राप्रपा नेता थापाद्वारा राजीनामा

    Deepak Thapa
    बढी पढिएका
    १

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    २

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    ३

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ४

    सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

    समाचार
    ५

    बाँडफाँट भयो मध्य भोटेकोशी जलविद्युतको आईपीओ

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    sundarshireesh@gmail.com

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: news.globalpatee@gmail.com

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution