• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ २९, बिहिबार | Thursday, 12, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

तुईन पूरा भएको छैन, गलत प्रचार नगरौं: समाज

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन १२, मंगलबार (४ साल अघि)
  • १३५३ पाठक संख्या
  • Tuin
    ‌‌‌

    चौतारा । हेलम्बु गाउँपालिकाकोे चनौटेमा बनेको तुईन उद्घाटन भई सञ्चालनमा आएको भन्ने सामाजिक सञ्जाल र सञ्चार माध्ययममा प्रकाशित खबरप्रति सिन्धु ईन्जिनियरिङ समाज नेपालले आफ्नो ध्यानाकार्षण भएको जनाएको छ ।

    सोमबार एक प्रेस विज्ञाप्ति जारी गर्दै समाजले तुईन निर्माण पूरा नभएको र सञ्चालनमा पनि नआएको जनाएको हो । ‘सामाजिक भावनाबाट प्रेरित भई विपतको बेला गैर राजनीतिक संस्थाबाट गरिएको कामलाई कुनै व्यक्तिले गरेको भनि गरिएको प्रचारबाजी विज्ञाप्तिमार्फत खण्डन गर्दै भ्रम नफैलाउन सबैलाई अनुरोध गरिएको छ’, जारी विज्ञप्तीमा भनिएको छ ।

    ‘तुईन निर्माण सिन्धु ईन्जिनियरिङ समाजको अगुवाई र विभिन्न व्यक्ति र संघ संस्थाको सहयोगमा निर्माण जारी छ, यस्को लागत कति हो भन्ने पनि एकीन तथ्याङ्क उतारिसकिएको छैन’, सिन्धु ईन्जिनियरिङ समाज नेपालका सचिव ई. विदुर कँडेलले ग्लोबलपाटीसँग भने– ‘तर सामाजिक सञ्जाल र सञ्चार माध्ययममा कुनै राजनीतिक व्यक्तिको पहलमा तुईन बनेको र उद्घाटन भएको प्रकाशित भएको देखियो ।’

    News

    आईतबार बागमती प्रदेशसभाका सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालको सहयोगमा तुइन निर्माण भएको र तुइन माओवादी केन्द्रका जिल्ला सदस्य पेमा होल्मोले उद्घाटन गरेको खबर प्रकाशित प्रशारित भएको थियो । सो खबर तथ्यपरक नभएको समाजले जनाएको छ ।

    ‘तुईन निर्माण कार्य अगाडि बढाउने क्रममा मेलम्ची नदीमा पानीको बहाव बढेर जगमा असर पुगेकाले यसको निर्माणमा केहि ढिलाई भएको र तुईन निर्माण कार्य सकिनसाथ सम्पूर्ण सहयोगी हातहरुको उपस्थितिमा तुईन सञ्चालनमा ल्याई हेलम्बु गाउँपालिकालाई हस्तान्तरण गरिने छ’, विज्ञप्तिमा भनिएको छ ।

    गत असार १ र श्रावण १६ गतेको बाढीले हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातोपुल बगाएपछि आवतजावतमा समस्या भएको थियो । यसैक्रममा सिन्धु ईन्जिनियरिङ समाज नेपालको प्राविधिक र आर्थिक सहयोगमा उक्त स्थानमा तुईन निर्माण सुरु गरिएको थियो ।

    यता सहज आवतजावतको लागि स्थानीयहरुले रातोपुलमा फट्के निर्माण गरिसकेका छन् । फट्के निर्माण भई दुई पाङ्ग्रे सवारीसाधन समेत सञ्चालन हुन सक्ने भएपछि तुईन राख्नुको अर्थ नभएको स्थानीयले बताएका छन् । ‘तुईन हाल्ने नै भए यत्ति लामो समयसम्म के हरेर बसिरहेका हुन्’, एक स्थानीयले भने– ‘खोला सानो हुँदै गएको अवस्था र हामीले दुई पाङ्ग्रे सवारीसाधनसमेत आउजाउ गर्न मिल्ने गरी फट्के बनाईसकेपछि तुईन हाल्नुको कुनै औचित्य छैन ।’

    Press Note

  • सेवाको नाममा राजनीतिः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution