चौतारा । आज अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
दिवसको अवसरमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ५ मा रहेको बृद्धाश्रमका जेष्ठ नागरिकसँग अनुभाव आदनप्रदान गरिएको छ । चौतारा बृद्धाश्रम सेवा समितिको आयोजनामा गरिएको सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधिहरु, बुद्धिजीवि, सहयोगदाताहरुको सहभागिता थियो ।
कार्यक्रमको अवसरमार बृद्धाश्रम सञ्चालन गर्न सघाउ पुर्याउने व्यक्ति, संघसंस्थालाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो । कार्यक्रममा अधिकाशं वक्ताहरुले जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गदर्शन हुने भएकाले सरकारले उनीहरुको संरक्षणमा चासो राख्नुपर्नेमा जोड दिएका थिए ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ । सामाजिक सुरक्षाको अवधारणा लागु गर्नेसन्दर्भमा स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला बृद्धबृद्धालाई मासिकभत्ता वितरण गर्ने कार्यक्रम नै यसक्षेत्रका लागि सवैभन्दा प्रगतिशिल कदमभएको मानिन्छ ।
सोहि अनुसार अहिलेसम्मपनि नेपाल सरकारले वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा भत्ता सहित अन्य सुविधा तथा अधिकारहरुको सुचिश्चिततालाई निरन्तरता दिंदै आएको छ । तर पछिल्ला दिनहरुमा पारिवार तथा समाजबाट नै वृद्धवृद्धाहरुअपहेलित हुने क्रम बढेको भन्दै सर्वत्र चासो र चिन्ता प्रकट हुन थालेको छ ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिक भनिन्छ । अन्तरिम संविधान २०६३ ले समेत बृद्धबृद्धालाईसंरक्षण र उन्नतिको लागि सामाजिक सुरक्षा प्रदान गर्ने अठोट गरेको थियो । भर्खरै घोषणा भएको नेपालको संविधान– २०७२ को धारा ४१ मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनि उल्लेख गरिएको छ ।
शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.
कार्यालय: चौतारा, सिन्धुपाल्चोक
फोन: ९८४३४२५३३३ (समाचार शाखा)
९८२८७९६२२२ (बिज्ञापन शाखा)
ईमेल: [email protected]
सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ