• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २, मंगलबार | Tuesday, 18, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

सहकारी समृद्धिको मार्ग होः दुलाल

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन १५, शुक्रबार (४ साल अघि)
  • ९९४ पाठक संख्या
  • Maitri Sahakari
    मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै बागमती प्रदेशसभा सदस्य युवराज दुलाल ।

    चौतारा । बागमती प्रदेशसभा सदस्य एवम् पूर्व सामाजिक विकास मन्त्री युवराज दुलालले सहकारी समृद्धिको मार्ग भएका कारण हरेक नागरिकलाई सहकारीमा आबद्ध गराउनुपर्ने बताए ।

    शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिका– ७ मा रहेको मैत्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं वार्षिक साधारणसभामालाई सम्बोधन गर्दै दुलालले ग्रामीण विकासको लागि सहकारी एउटा खम्बा भएको बताए । ‘देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न नयाँ कार्यक्रम र योजना अघि बढाउन जरुरी छ’, दुलालले भने– ‘सहकारीले ग्रामीण क्षेत्रको नागरिकको आर्थिक उपार्जनमा गरेको सहयोग सम्मानयोग्य छ, संस्थाको गरिमालाई अझ उचाईमा पु¥याउनको लागि शुभकामना व्यक्त गर्छु ।’

    Maitri Sahakari

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले सहकारीमा आबद्ध नागरिकले उत्पादन गरेका कृषि उपजहरुको बजारिकरण गर्न नगरले सहयोग गर्ने बताए । ‘नगरले स्थानीय उत्पादनसँग जोड्न विभिन्न योजनाहरु ल्याएको छ’, तामाङले भने– ‘ति योजनाहरुको उपयोग गर्न म अनुरोध पनि गर्दछु ।’ एक घर एक सहकारी नगरको लक्ष्य भएका कारण सहकारीको विकास र सुदृढिकरणमा समेत सहकार्य गर्ने उनले बताए ।

    साधारणसभालाई चौतारा साँगाचोकगढी नगरपालिका– ७ का वडा अध्यक्ष उमाप्रसाद दुलाल, नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठ, इन्सेक प्रतिनिधि नातिबाबु धिताल, सिद्धिगणेश माविका प्रधानाध्यापक राजकुमार यादव, सिएमए संघका केदारनाथ दुलाललगायतले शुभकामना व्यक्त गरेका थिए ।

    साधारणसभामा चालु आ.ब.को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष बालकृष्ण लामिछानेले ७ करोड ३४ लाख ५ हजार ४ सय २६ रुपैंया आम्दानी गरेको बताए । आम्दानी अन्र्तगत ६ करोड ८१ लाख ९ हजार ५ सय ६५ रुपैंया कर्जा लगानी ब्याजबाट, ५ लाख १४ हजार ४ सय ११ रुपैंया सञ्चालन आम्दानीबाट, ४ हजार ८ सय श्रपैंया खाताबन्द तथा फर्म शुल्कबाट र अन्य आम्दानीबाट ६ हजार ६ सय ५० रुपैंया रहेको बताए । सहकारीले ३ करोड २४ लाख ३ हजार ३ सय ३९ रुपैंया खर्च गरी ४ करोड १० लाख २ हजार ३७ रुपैंया कुल आम्दानी गरेको छ ।

    Maitri Sahakari1

    सहकारीले चालु वर्षमा ९ करोड ४३ लाख १० हजार रुपैंया आम्दानी गर्ने प्रक्षेपण गरेको छ । सहकारीमा ५ सय ६० जना शेयर सदस्यहरु रहेका छन् । गतवर्ष भन्दा सहकारीले ३० दशमलव ६२ प्रतिशतले निक्षेप दायित्व बृद्धि गर्न सफल भएको सहकारीका कोषाध्यक्ष जगतप्रसाद चौलागाईंले बताए । उनका अनुसार सहकारीले गतवर्ष ३ करोड ३२ लाख २ हजार १ सय ५० रुपैंया निक्षेप दायित्व रहेको थियो ।

    साधारण सभाले चालु आर्थिक वर्षमा शेयर सदस्यहरुको मृत्यु भएमा ५ हजार रुपैंया प्रदान गर्ने, कोपिला बचतमा आबद्ध वचतकर्ताहरुलाई जन्मदिनमा शुभकामनासहित केक उपलब्ध गराउने, शेयर सदस्यहरुको बिमा गर्ने, सीपमूलक तालिमहरु प्रदान गर्ने, जिल्ला सदरमुकाम चौतारामा सेवा कार्यालय स्थापना गर्ने निर्णय पारित गरेको छ ।

    ‘समाजको आर्थिक अवस्था सुधार गर्नुका साथै सदस्यहरुको आर्थिक अवस्थालाई सुधार गर्न सहकारीले महत्वपूर्ण भूमिका खेलेको छ’, साधारणसभामा सहकारी संस्थाका सचिव कमलप्रसाद दुलालले भने– ‘हामीले विगतका वर्षहरुमा झैं सदस्यहरुलाई उचित प्रतिफलसहित बचत र कर्जा सापटीको अधिकतम सुविधा प्रदान गर्नेछौं ।’ चौतारा साँगाचोकगढी नगरपालिका– ७ सानोसिरुवारीमा मात्रै कार्य क्षेत्र रहेको सहकारीले दशैं पछाडिबाट नगरपालिकाभर कार्यक्षेत्र विस्तार गर्ने उनले बताए ।

    सो अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणीलगायतलाई सम्मान गरिएको थियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution