• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र ३१, मंगलबार | Tuesday, 16, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

म्याद गुज्रेका अखाद्य वस्तु नष्ट

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन १९, मंगलबार (३ साल अघि)
  • ९४६ पाठक संख्या
  • Expired inedible items destroyed
    ‌‌‌चौतारामा म्याद गुज्रेका अखाद्य वस्तु नष्ट गरिदै ।

    चौतारा । दसैंलगायत चाडपर्व नजिकिएसँगै सिन्धुपाल्चोकका विभिन्न बजारमा गरिएको अनुगमनबाट बरामद गरिएका विभिन्न म्याद गुज्रेका अखाद्य वस्तु नष्ट गरिएको छ ।

    अनुगमन गर्दा म्याद नाघेका, म्याद नै उल्लेख नभएका खाद्य सामग्री घरेलु तथा साना उद्योग विकास समितिको प्राङ्गणमा जलाएर नष्ट गरिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघु सहित जिल्लाका विभिन्न कार्यलयका प्रतिनिधिहरुको उपस्थितीमा अखाद्य वस्तु जलाईएर नष्ट गरिएको थियो ।

    चामल, तेल, बदाम, मैदा, बिस्कुटलगाएत विभिन्न २० प्रकारका सामग्री अनुगमनको क्रममा बरामद गरिएको घरेलु तथा साना उद्योग विकास समितिका कार्यालय प्रमुख रामशरण गौतमले बताए । ‘केही खाद्यान्नमा उत्पादन मिति नै उल्लेख नगरेको, केही म्याद गुज्रेको, केहीमा लेभल नै नलगाइएको अवस्थामा बरामद गरिएको थियो’, गौतमले भने– ‘त्यस्ता सामग्रीले उपभोक्तको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पार्ने भएकोले बरामदपछि नष्ट गरेका हौं ।’

    अनुगमनको क्रममा ९९ प्रतिशत पसलले मूल्य सूची नराखेको पाईएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण लघुले बताए । ‘अनुगमनको क्रममा झण्डै ९९ प्रतिशत पसलहरुमा मूल्यसूची पाईएन,’ उनले भने– ‘त्यस्ता पसलहरुलाई एक साता भित्र मूल्य सूची राख्नको लागि निर्देशन दिएका छौं ।’

    त्यस्तै मेलम्ची क्षेत्रमा पनि बजार अनुगमनका क्रममा भेटिएका मिति गुज्रिएको सामानहरुको जफत गरि नष्ट गरिएको छ भने पटक पटक भन्दा पनि दर्ता नगर्नेहरुको लागि कारबाहि स्वरुप जरिवाना लिइएको छ । नगरपालिकाले विगत ३ बर्षदेखि निरन्तर बजार अनुगमन गर्दै आएको छ । सुरुको चरणमा भन्दा केहि सुधार भएपनि अझै केहि समस्या कायमै रहेको मेलम्ची नगरपालिकाका राजस्व शाखाका प्रमुख राजेन्द्र दुलालले जानकारी दिए ।

    Anugaman

    अनुगमनका क्रममा विद्यालय, स्वास्थ्य चौकी र वडा कार्यालय आसपासका क्षेत्रमा खुलेआम मदिराजन्य पदार्थ विक्रि वितरण गर्ने गरेको पाइएपछि नष्ट गरिनुका साथै पत्र काटेर सचेत गराइएको दुलालले जानकारी दिए । चाडपर्वको मौका छोपी ब्यापारीहरुले मिति गुज्रेका अखाद्य सामग्री बिक्रि वितरण गर्ने गरेको पाइएपछि निरन्तर र नियमित बजार अनुगमनलाई तिव्रता दिइएको उपभोक्ता हित संरक्षण मञ्च मेलम्ची नगरपालिकाका संयोजक सालिकराम अधिकारीले जानकारी दिए ।

    अनुगमनमा सम्बन्धित वडाका वडा अध्यक्ष, राजस्व शाखाका प्रमुख राजेन्द्र दुलाल, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी बजार अनुगमन समितिका संयोजक रामबहादुर तामाङ, इलाका प्रहरी कार्यालय मेलम्ची, सशस्त्र प्रहरी बल मेलम्ची, उद्योग वाणिज्य सघं सिन्धुपाल्चोकलगायतको सहभागिता रहेको थियो ।

    नगरका केहि बजारमा अनुगमन गर्न अझै बाँकी रहेको र त्यस भेगमा अनुगमनका लागि छिट्टै पुग्ने अनुगमन समितिले जनाएको छ । अनुगमनका क्रममा सचेत गराइएको पसलहरुमा फेरिपनि नियमविपरित गरेमा कारबाहि गरिने समितिले जनाएको छ । साथै सामानहरु खरिद तथा विक्रि गर्दा अनिवार्य मिति हरेर मात्र खरिदविक्रि गर्न समेत बजार अनुगमन समितिले आग्रह गरेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution