• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २, मंगलबार | Tuesday, 18, Nov, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १उ दिन सम्झँदा
  • २तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ३क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ४टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ५वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ६म संघीयताको हत्यारा हुँ
  • ७गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ८१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा

नेपाल–चीनबीच गम्भीर सीमा समस्या छैनः रिपोर्ट

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ आश्विन २०, बुधबार (४ साल अघि)
  • १५३५ पाठक संख्या
  • nepal-china
    फाईल तस्विर

    काठमाडौँ। नेपाल र चीनबीच गम्भीर सीमा समस्या नरहेको अध्ययनमा देखिएको छ ।

    नेपाल–चाइना मिडिया फोरमले नेपाल–चीन सीमा सन्धि सम्पन्न भएको ६० वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको अध्ययन रिपोर्टले यस्तो निष्कर्ष निकालेको हो । सो प्रतिवेदनअनुसार विगतमा नेपाल र चीनबीच उत्पन्न भएका सीमा विवाद र त्यसको समाधानका दृष्टान्त समेत सो रिपोर्टमा समेटिएको छ । नेपाल–चीन सीमा विवाद सम्बन्धमा गरिएको यो अध्ययनको खास दुई वटा कारणहरू रहेको नेपाल–चाइना मिडिया फोरमले उल्लेख गरेको छ ।

    जसमा भनिएको छ– एक, बितेका ६ दशकमा नेपाल र चीनबीच सीमा सम्बन्धी के कस्ता समस्याहरु देखा परे र त्यसलाई कुन विधिमार्फत कसरी समाधान गरियो भन्ने आमचासोलाई पूरा गर्नु दुई मुलुकबीचको सञ्चार क्षेत्रसँग सम्बन्धित संस्थाको क्षेत्रगत विषय हुनाले । दोस्रो, नेपालमा सरकार परिवर्तन भएसँगै वर्तमान सरकारले चीनसँगको सीमामा रहेका समस्याबारे अध्ययन गर्ने भनी गरेको घोषणा र सो सम्बन्धमा नेपालको सार्वभौम संसदमा नै प्रमुख प्रतिपक्षी दलका नेताले त्यो विषयमा गरेको आपत्तिले उब्जाएको अस्पष्टतालाई अन्त्य गर्न तथ्यगत अध्ययनको आवश्यकता देखिनु ।

    त्यसो त यो अध्ययन जारी नै रहेको बेला नेपाल सरकारले चीनसँग सीमा विवाद रहेको भन्ने विषयमा अध्ययनगर्न गठन गरेको समितिले सरकार समक्ष आफ्नो प्रतिवेदन बुझाई सकेको छ । तर, सो प्रतिवेदन सरकारले सार्वजनिक गरी नसकेको अवस्थामा त्यसमा के कस्तो तथ्य र त्यसको आधारमा निष्कर्ष निकालिएको छ भन्ने विषयमा थप चासो बढेको छ । त्यसैले नेपाल–चीन मिडिया फोरमले गरेको यो स्वतन्त्र अध्ययनका क्रममा फेला परेका तथ्यहरू आम नेपाली र बिशेषगरि नेपाल–चीन सीमा सम्बन्धका विषयमा अध्ययन गर्ने अध्येता, पत्रकार र सबै सरोकारवालाहरूका लागी महत्वपूर्ण सन्दर्भ स्रोत बन्न सक्ने विश्वास फोरमको रहेको अध्यक्ष किशोर श्रेष्ठले बताए ।

    सन् २०१५ मा नेपालमा आएको महाभूकम्प पछिको पुनर्निर्माणमा चीनले दिएको साथ, कोरोना महामारीबाट नेपाललाई बाहिर निकाल्न र सङ्कटमा परेका बेला एक जिम्मेवार छिमेकीको नाताले चीनले गरेको सहयोग बारे पनि अध्ययनमा समेटिएको छ । त्यस्तै चीनले निकै महत्वका साथ अघि बढाएको ‘रोड एण्ड बेल्ट इनिसिएटिभ’ (बीआरआई)बाट नेपालले लिन सक्ने लाभ र त्यसका लागी अवलम्बन गर्नुपर्ने मार्गका बारेमा समेत प्रतिवेदनमा उल्लेख छ ।

    नेपालको चीनसँग छ भनिएको सीमा समस्याको बिषयमा पछिल्ला दिनहरुमा कतिपय स्वदेशीतथा बिदेशी सञ्चारमाध्यम र अन्य सामाजिक सञ्जाल एवम् इन्टरनेटका अन्य प्लेटफर्ममा सम्प्रेषित समाचारको सत्यता बारे बुझ्न, त्यहाँ उल्लेखित तथ्यहरुको परीक्षण गर्न र आफ्नो धारणा तथा बुझाइलाई तथ्यको आधारमा निर्माण वा संसोधन गर्न १०९ पृष्ठको रिपोर्ट उपयोगी बन्ने श्रेष्ठले बताए

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम


  • ग्लोबल अपडेटथप

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution