• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

कविताः समय भर्सेस दशैँ

Pipala पिपला ढुङ्गानाप्रकाशित मिति: २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
  • ११९४ पाठक संख्या
  • Pilala
    ‌‌‌

    केटाकेटी हुँदा आउँथ्यो दसैँ
    बेस्सरी आउँथ्यो आकासमा उज्यालो
    फुल्थे सयपत्री, गोदावरी र मखमली
    बज्थ्यो मालश्री धुन
    र छुन्थ्यो मनको गह्रासम्म
    घन्कन्थे रेडियोमा शुभकामना
    र थर्कन्थे गाउँ बस्ती
    धुन्धान आउँथ्यो बास्ना
    कटराइजको घाँघर
    धान खेत र कोदो बारी
    देखिन्थे उज्याला
    लाग्थ्यो दसैँ त लागेको छ तिनलाई पनि
    कमेरो र रातो माटोले
    उज्यालिन्थ्यो घर
    घर भन्दा कैयौँ गुणा उज्यालिन्थ्यो मन
    गज्जबको हुन्थ्यो
    सुकाएको मसलाबाट निकालिएको
    दालचिनी र सुकुमेलको स्वाद
    थियो बेग्लै
    चिउरा कुट्ने चटारोका आमाहरु
    सँग सँगै उठ्नुको मज्जा
    सिका लगाइएको काँक्रोको
    खल्पी राख्ने दिन
    तीते तीते जा मीठे मीठे आइज भन्दै
    झुम्मिन्थे केटाकेटी बा को वरिपरी
    र हुन्थ्यो गिद्रो खाने प्रतिस्पर्धा
    उठाइन्थ्यो बाबियो
    र लगाइन्थ्यो बाट्न रहरको उचाई
    हात्तिछाप चप्पलको गोलाइ काटेर
    जोडिन्थ्यो निगालो र बनाइन्थ्यो लट्टाई
    बाँधेर धागो पानी कागतको चङ्गामा
    उडाइन्थ्यो रहर फुरुङ्ग परेर
    चङ्गा चङ्गा हुन्थ्यो मन चङ्गा चेट हुँदा पनि
    टीका जमरा भन्दा पहिला आँखा पर्थे
    कटकट गर्ने नयाँ नोटमा
    हजुरबाको मन्त्रोच्चारणले गुन्जिन्थ्यो माहोल
    हजुरआमाले शिरमा राखिदिनु हुन्थ्यो आशिष
    औँला भाँचि भाँचि खुब गाइन्थ्यो बाल गीत
    दशैँ आयो
    खाउँला पिउँला
    कहाँ पाउँला
    चोरी ल्याउँला
    धत् ! पापी चोर्नु भन्दा छुट्टै बसौँला ।
    अहिले त आउँदैन दशैँ आएर पनि
    न उज्यालिन्छ मन उस्तो
    उहि हो मालश्री धुन र पनि
    लाग्दैन उति मीठो
    उस्तै फूल्छन् फूलहरू
    उस्तै छ याम, उस्तै नै हो ऋतु
    मात्रै बदलिएको छ मेरो उमेर
    बदलिएको छ परिवेश
    अचेल रेडियोहरु लाटो भएका हुन्
    वा नसुन्ने भएको हुँ म
    धेरै भयो उस्तो शुभकामना नसुनेको
    होइन यसरी किन खोसियो हँ
    मेरो नयाँ घाँगरको बास्ना?
    कति छिट्टै फुङ्ग उडेको त्यो कमेरोको रङ
    जस्लाई अस्ति भर्खर छ्यापेको हो मैले मेरै हातले
    यो जाहिल समय
    त्यो दालचिनी र सुकुमेलको स्वाद मेरो जिब्रोबाट खोस्दा
    अलिकति सर्माएको भए
    म उहि स्वाद लिएर चपाइरहन्थेँ खुसी
    यो समयमा पनि
    अचेल बा एक्लै काट्छन् खल्पि राख्ने काँक्रो
    र गिद्रो खाने प्रतिस्पर्धा हुन्छ आमासँग
    गिद्रो जस्तै अमिलो मन बनाएर
    मन कुँड्याउँन आइपुग्छ सन्तानको याद
    तीते तीते जा मीठे मीठे आइज जस्तो
    कहाँ छ र जिन्दगी
    जे आउँछ स्वीकार्नु पर्छ
    ङिच्च देखाएर दाँत
    उस्तै उम्रिन्छन् बाबियो आज पनि
    कान्लामै सुक्छन् जिङ्रिङ्ग परेर
    बन्दैनन् ति रहरका उचाई
    हात्ती छाप चप्पलका लट्टाईमा
    लागेको छ धमिरा
    जस्लाई हेरेर मेरी आमा
    आज पनि मलाई देख्छिन् उस्तै सानी
    चिउरा कुट्ने ढिकिको
    ढिकिच्याउँ आवाज बिनै
    खुब कुटिँन्छ जिन्दगी अचेल
    र उति सारो चटारो हुँदैन गाउँमा आमाहरुलाई
    त्यो आवाजलाई पनि गरेको छ बिस्थापित समयले
    मेरो रहरलाग्दो उमेरलाई
    विस्थापित गरे जस्तै
    अहिले त मन्त्रोच्चारण पनि
    भएको छ छोटो
    भएको छ मौन
    तान्दैन अहिले दक्षिणाले
    जब आशिष थाप्न मन लाग्छ
    सम्झनुपर्छ आँखा चिम्म गरेर
    स्वर्गवासी हजुरबुबा र हजुरआमा
    अचेल सम्झन्छु म
    गाउँमा केटाकेटीहरु
    बाल गीत गाउन छाडे कि गाउँदै होलान्?
    र सोध्छु आफैँलाई
    साँच्चै मोफसलमा मेरो दशैँ किन आउन छाड्यो हँ ?

    ०००

  • कविता
  • प्रतिक्रिया दिनुहोस
    कला/साहित्य सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution