• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

कसैको दवाव र प्रभावमा निर्णय गर्दिनः सभामुख

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक ३, बुधबार (४ साल अघि)
  • ८५८ पाठक संख्या
  • Agni Sapkota
    साधारणसभालाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटा ।

    चौतारा । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आफूले कहिल्यै कसैको दवाव र प्रभावमा निर्णय नगर्ने बताएका छन् ।

    एमालेका १४ सांसदलाई कार्वाही नगरेको विषयमा उसले प्रतिनिधिसभा लामो समयदेखि अवरोध गरिरहेको छ । यसतर्फ संकेत गर्दै सापकोटाले आफूले कसैको दबाब र प्रभावमा निर्णय नगर्ने स्पष्ट पारे । सापकोटाले पछिल्लो पटक संसद अवरोध हटाउन विपक्षीसँग समझदारीको प्रयास भइरहेको समेत बताए । । ‘म कसैंको दवाव र प्रभावमा निर्णय गर्दिन’, उनले भने– ‘अहिले राष्ट्रिय रुपमा देखिएका केहि समस्यालाई हल गर्नेतर्फ लागिरहेको छु ।’

    चौतारा साँगाचोकगढी नगरापलिकास्थित कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाको २९औँ वार्षिक साधारणसभाको बुधबार उद्घाटन गर्दै सभामुख सापकोटाले आफूले नेपाली जनतालाई कहिल्यै धोका नदिने बताउँदै प्रतिनिधि सभाको गरिमालाई आँच आउन नदिने जनाए । संसद अवरुद्ध हुनु राष्ट्रिय संकट भएको बताउँदै सभामुख सापकोटाले सो समस्याको समाधान गर्न समझदारीको लागि प्रयास भइरहेको बताए । ‘विपक्षीसँग विभिन्न माध्यमबाट छलफल भइरहेको छ’, उनले भने– ‘सरकारको तर्फबाट प्रधानमन्त्री र संसदको नेतृत्व सभामुखबाट संसद अवरोध हटाउने प्रयास जारी छ । वाद, बिवाद र संवादको माध्यममले यो गतिरोध हट्ने विश्वास छ ।’

    सभामुख सापकोटाले एकै वर्ष दुई चोटी संसद विघटन हुनुलाई राष्ट्रिय संकटको संज्ञा दिए । विश्वमै एकै वर्ष संसद बिघटन कतै नभएको उल्लेख गर्दै उनले भने, ‘यो दुर्भाग्य नेपालमा मेरै कार्यकालमा भयो ।’ संसद बिघटन परिघटनाले आफूलाई विश्वविद्यालय धाउँदासमेत प्राप्त नहुने ज्ञान दिएको सापकोटाको भनाइ थियो । घुमाउरो ढंगमा संसद बिगघटन गर्नेलाई मुर्खको उपाधि दिँदै उनले थपे, ‘यदि, कसैलाई म मुर्ख छु भन्ने लाग्छ भने उसले ज्ञान लिन थाल्छ र विद्धान बन्छ । तर कसैले म विद्धान भइसकेँ भन्ने सोच्छ भने उसले मुर्खता गर्न थाल्छ ।’

    संसद पुनःस्थापनापछि पनि मुलुकको राष्ट्रिय राजनीति पेचिलोकै अवस्थामा रहेको उनको तर्क छ । यही पेचिलो राजनीतिकै कारण सरकारले पूर्णता पाउन तीन महिना लागेको प्रसंग जोड्दै सभामुख सापकोटाले भने, ‘अब भने बिस्तारै राजनीतिक गतिरोधको समस्या हल हुँदै जाने ठानेको छु ।’

    साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले सहकारीको माध्यमबाट नागरिकको जीवनस्तर उकास्न मद्दत पुग्ने बताए । ‘भारतको गुजरातमा रहेको एउटा सहकारीले अमूल ब्राण्डबाट आफ्ना उत्पादनहरु बेची लाखौं कृषकको जीवनस्तर उकास्न सघाएको छ’, उनले भने– ‘त्यस्तै प्रकारले सहकारीहरुले उत्पादन, वितरण र रोजगारीलाई जोड्दै अघि बढ्ने हो भने स्थानीयको आर्थिकोपार्जनमा निक्कै टेवा पुग्ने छ ।’ सहकारीको विकासको लागि आफूले सकेको सहयोग गर्ने बताउँदै सापकोटाले किसानको हितमा निरन्तर लागिपर्न सहकारीका सदस्यहरुलाई आग्रह गरे ।

    सो साधारणसभामा नेकपा माओपादी केन्द्रका केन्द्रिय सदस्य कृष्णप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक गोविन्द पराजुली, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ लगायतले सहकारीलाई शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमकै बीच स्थापनाकालदेखि हालसम्मका सञ्चालक समितिलाई सम्मानसमेत गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution