• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ फागुन २३, शनिबार | Saturday, 07, Mar, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

सिन्धु एमालेको रणनीतिः झुक्याउँदै, सदस्य बनाउँदै

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक ६, शनिबार (४ साल अघि)
  • ४०१४ पाठक संख्या
  • UML1
    ‌‌‌

    चौतारा । पछिल्लो पटक सिन्धुपाल्चोकको एमालेले नागरिकलाई ‘झुक्याएर’ सदस्यता दिने रणनीति अपनाउन थालेको छ ।

    पार्टी विभाजनपछि कमजोर बन्दै गएको एमालेले झुक्याएरै भएपनि पार्टी सदस्यता दिन थालेको हो । पछिल्लो पटक देशभर हुने भनिएको वडा अधिवेशनमा वडा कमिटि अध्यक्षनै ‘झुक्याएर’ बनाएपछि एमालेको यो रणनीति बाहिरिएको छ । आईतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– ४ कुविण्डेमा वडा कमिटि अध्यक्षनै ‘झुक्याएर’ बनाएको छ ।

    एमालेले आफूलाई ‘झुक्याएर’ अध्यक्ष बनाएको भन्दै रुद्रप्रसाद सापकोटाले आपत्ति जनाएका छन् । उनले आईतबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै उक्त पार्टी प्रति आफ्नो कुनै संलग्नता नरहेको बताए । ‘नेकपा एमालेका जिम्मेवार व्यक्तिहरूले तपाईसँग छलफल छ भनि बोलाएर त्यहाँ नियत बस मलाई झुक्याएर वडा कमिटीको प्रमुख बनाएको जानकारी दिईयो’, उनले भने– ‘म लामो समयदेखि नेकपा (माओवादी केन्द्र) मा सङ्गठित छु, यसरी झुक्याएर मेरो बदनाम गर्न खोजिएकोप्रति आपत्ति जनाउँदछु ।’

    त्यस्तै एमालेको शनिबार बलेफी गाउँपालिका– ७ चिम्लिङमा विकास निर्माणको लागि छलफल छ भन्दै ‘झुक्याएर’ पार्टी सदस्य भएको प्रचार गरेका छन् । सो ठाउँका १० जना स्थानीयले आफूहरुलाई झुक्याएर सदस्य बनेको भन्दै भ्रम फैलाएको प्रति आपत्ति जनाउँदै प्रेस विज्ञप्ती जारी गरेका छन् ।

    ‘खेतबारीमा धान, कोदो टिप्न जान लागेको बेला विकासको कुरा गर्नु छ भनेर बोलाए’, बलेफी गाउँपालिका– ७ कि मिना विकले भनिन्– ‘विकासकै कुरा हो भने के रहेछ त बुझौं भनेर गयौं, त्यहाँ खादा र टीका लगाईदिए ।’ समाचार सुन्दा आफूले पार्टी प्रवेश गरेको रे भनेर नाम आउँदा छक्कै परेको उनले सुनाईन् । ‘यस्तो फटाई काम पनि गर्नु हुन्छ’, उनले भनिन् । उनीहरुले आफूहरु युद्धकालदेखिनै माओवादीमा संलग्न रहेको र अहिले नेकपा (माओवादी केन्द्र)को पार्टी सदस्य रहेको बताएछन् ।

    एमालेको यस्तो हर्कतले पार्टीलाई फाईदा नपुर्याउने राजनीतिक विश्लेषकहरु बताउँछन् । आफ्नो सिद्धान्त र कार्यव्यवहारले जनतालाई पार्टीमा ल्याउन नसकिएपछि ‘झुक्याउने ओली हर्कत’ एमालेले सुरु गरेको उनीहरुको तर्क छ ।

    हेर्नुस् एमालेले आफूहरुलाई ‘झुक्याएको’ भन्दै जारी विज्ञप्तीहरुः

    Bigyepti 1

    Bigyepti 2

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution