• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ४, बिहिबार | Thursday, 20, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

बागमती प्रदेशको मूख्यमन्त्रीद्वारा राजीनामा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक १०, बुधबार (४ साल अघि)
  • ७७४ पाठक संख्या
  • ashta_laxmi
    राजीनामा पछि प्रतिक्रिया दिँदै शाक्य ।

    हेटौंडा । बागमती प्रदेशको मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाएकी छन् ।

    प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उनले राजीनामा बुझाएकी हुन् । मूख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेकी थिइन् । सत्तारुढ दल नेकपा एमाले विभाजन भएपछि मूख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।  सत्तारुढ दल वा सत्ता साझेदार दल विभाजन भएपछि संविधानतः ३० दिनभित्र मूख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता अनुरुप मूख्यमन्त्री शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा पेस गरेकी थिइन् । सो प्रस्तावमाथि छलफल भइ मूख्यमन्त्री शाक्यले छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा राजीनामा घोषणा गरेकी हुन् ।

    राजीनामा दिएलगत्तै मूख्यमन्त्री शाक्यले आफू संविधान विपरीत सत्तामा नबसेको दाबी गरेकी छन् । अल्पमतका बाबजुद सत्ता लम्ब्याएको आरोप लागेको सन्दर्भमा उनले यस्तो प्रस्टोक्ति दिएकी हुन् । ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो । हामीले ३० दिनभित्रै सूचना जारी गरेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएका कारण संविधानअनुरुप नै सत्तामा यतिन्जेल रहेँ ।’

    राजीनामा दिनुको कारण खुलाउँदै उनले संघीयतामा सिकारुजस्तै भएकाले यस्तो बेलामा प्रदेशमा बेमेल धेरै सिर्जना गर्नु हुँदैन भन्ने लागेर बाटो खोलिदिएको बताइन् । ‘सत्ता पक्ष, प्रतिपक्ष एकापसमा मिलेर गएमात्र सुशासन, राजनीतिक स्थिरता कायम गर्न सकिन्छ,’ उनले भनिन्, ‘संस्कारयुक्त राजनीति सिकौँ र त्यस्तै व्यवहार गरौं भनेर राजीनामा दिएको हो ।’

    योसँगै बागमती प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश सरकारको नेतृत्वका लागि विपक्षी गठबन्धनबीच यसअघि नै नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई जिम्मेवारी दिने सहमति भइसकेको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution