• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

हिमाली क्षेत्र पाँचपोखरीमा ‘ग्रेटर हाफ म्याराथन’ हुने

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक ११, बिहिबार (४ साल अघि)
  • ११९१ पाठक संख्या
  • Khelkud
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोकको उत्तरपश्चिम क्षेत्र पाँचपोखरीमा ‘ग्रेटर हाफ म्याराथन’ हुने भएको छ ।

    धार्मिक तथा पर्यटकीय हिसावले अत्यन्त महत्वपूर्ण मानिएको पाँचपोखरीमा यही कार्तिक २७ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमा खेलकुद विकास समिति पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी शेर्पाले अल्टा म्याराथनका लागि उपयुक्त स्थानको रुपमा पाँचपोखरी छनोट भएकाले यस खेलको विकास गर्ने उद्देश्यका साथ प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङ्पाल गाउँपालिका, खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथलेटिक्स संघको समन्वयमा पाँचपोखरीदेखि रैथानेश्वर मन्दिरसम्मको २१ कि.मि.को दुरीमा पाँचपोखरी ग्रेटर हाफ म्याराथन २०२१ गर्न लागिएको बताए ।

    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ हुन लागेको प्रतियोगिताले साहसिक खेल क्षेत्रमा युवा पुस्तालाई आकर्षित गराउने उद्देह्य राखिएको छ । प्रतियोगितामा विभागीय टोलीहरु नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र व्यक्तिगत गरी करिब १५५ जना खेलाडी सहभागी रहने छन् । प्रतियोगितामा पुरुष र महिलाहरुको छुट्टाछट्टै प्रतिष्पर्धा गराइने छ ।

    प्रत्येक समूहका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने धावकहरुलाई क्रमसः ५०, हजार, ३० हजार, २० हजार, १०, हजार र ५ हजार रुपैंया तथा सिन्धुपाल्चोकबाट सहभागी हुने खेलाडीहरु मध्येबाट प्रथम, दोस्रो र तेस्रो हुने धावकहरुलाई क्रमसः १५ हजार, १० हजार र ५ हजार रुपैंया नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ । त्यस्तै भेट्टान तर्फ प्रथम, दोस्रो र तेस्रो हुने धावकलाई क्रमसः १० हजार, ८ हजार र ५ हजार रुपैंया नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगिताको विषयमा जाकारी दिने उदेश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा संविधान सभा सदस्य एवम् एथलेटिक्स सङका केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाह, बाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामालगायतले प्रतियोगिताका विषयमा प्रष्ट्याएका थिए ।

    समुन्द्री सतहदेखि करिब ४ हजार १ सय मिटरको उचाइमा पर्ने पाँचपोखरीमा पाँच वटा पोखरीहरु छन् । यो संसारकै उच्च स्थानमा रहेको पोखरीहरु मध्ये उचाइको हिसावले नवौं स्थानमा पर्ने ठाउँ हो । साहसिक खेलको माध्यमबाट पाँचपोखरीलाई संसारभर चिनाउन सकिने आयोजकले जनाएको छ ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution