• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ अषाढ २८, आईतबार | Sunday, 12, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

कदम्बासमा उर्लियो माओवादी, २७ जना प्रवेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक १३, शनिबार (४ साल अघि)
  • १०५२ पाठक संख्या
  • MB
    नवप्रवेशीलाई स्वागत गर्दै नगरप्रमुख एवम्, वडाध्यक्ष लगायतको टोली ।

    चौतारा । चौतारा साँगाचोकगढी नगरपालिका– ९ मा विभिन्न पार्टी परित्याग गरी २७ जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ९ द्वारा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा सबैभन्दा बढी नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता छन् ।

    Mawobadi copy

    विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) प्रवेश गर्नेहरुमा रामकुमार माझी, सन्तोष माझी, भिमबहादुर माझी, राजु माझी, बिस्राम माझी, रामबहादुर माझी, सन्तलाल माझी, निसा माझी, सृजना माझी, गोमबहादुर माझी, राधिका माझी, जमुना चौलागाई माझी, गुमानध्वज माझी, सन्तलाल माझी, संग्राम श्रेष्ठ, मेण्डोमा शेर्पा, पूर्णप्रसाद श्रेष्ठ, लोकबहादुर श्रेष्ठ, सुब्बा कुँवर, नेत्रबहादुर जोगी, पञ्चबहादुर श्रेष्ठ, अम्बरबहादुर श्रेष्ठ, कुलबहादुर श्रेष्ठ, सूर्यबहादुर श्रेष्ठ, केशवराज गिरी, संग्राम पहरी र डम्बरबहादुर मगर रहेका छन् ।

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका सल्लाहकार समिति सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले अब सबै जनताहरु माओवादी केन्द्रमा गोलबन्द हुनुको विकल्प नरहेको बताए । ‘गाउँ गाउँको विकास माओवादी केन्द्रले गरेको छ’, उनले भने– ‘तपाईहरुको सुख, दुःख नै राजनीति गर्नेहरुको सुख, दुःख हो, हामी सबै एक ठाउँमा उभिनुपर्दछ ।’

    IMG_2060 copy

    फरक प्रसंगमा बोल्दै तामाङले नगरभित्रका सबै नागरिकलाई समान व्यवहार गरिरहेको बताउँदै विकासका काममा नगरपालिका कहिल्यै पछाडि नहट्ने बताए । ‘विकासको काम गर्न हामी माहुरी झैं एक हुनुपर्दछ’, नगरप्रमुख तामाङले भने– ‘तपाईहरु एक हुनु भयो भने विकासका काम गर्न कसैले रोक्न सक्दैन । त्यसको लागि नगरले गर्नुपर्ने काम गर्न हामी तयार छौं ।’

    कार्यक्रममा वडाको चौतफी विकास र समृद्धिको लागि अहोरात्र खटेको भन्दै वडा अध्यक्ष विष्णु लामालाई सम्मान समेत गरिएको थियो । सम्मान लगत्तै कार्यक्रमलाई सम्बोधन गर्दै लामाले आफू सदैव वडाको विकासको लागि लागिपरेको बताए । ‘अहिले वडामा जति विकास भएको छ, त्यो तपाईंहरुले दिएको मतले मलाई चुन्नुभएपछि भएको हो’, लामाले भने– ‘यो वर्ष मात्रै १० करोड बढीको कार्यक्रम वडामा भएको छ ।’आफ्नो मूख्य ध्येय वडाबासीको समृद्धि र विकासको लागि काम गर्नु भएको भन्दै आगामी स्थानीय तहको निर्वाचनमा पनि काम गर्नेलाई चुन्न आग्रह गरे । ‘चुनावको बेला नेताहरु खुट्टा ढोग्न आउँछन्, तर त्यो बेला तपाईंहरुलाई खुट्टा ढोग्ने होईन योग्य र काम गर्ने जनप्रतिनिधि चुन्न आग्रह गर्दछु’, लामाले भने ।

    IMG_2025 copy

    नेकपा (माओवादी केन्द्र) ले वडा नं. ९ मा वडा कमिटिले नै जनप्रतिनिधिको उम्मेदवार चुन्ने निर्णय गरेको भन्दै लामाले वडामा माओवादी केन्द्रको फुट छ भन्ने प्रचार निराधार भएको बताए । ‘यो वडामा माओवादी केन्द्र) एक छ । यो एकतालाई कसैले फुटाउन सक्दैन’, लामाले भने– ‘यो वडामा माओवादीबीच फुट छ, हामी चुनाव ढुक्कले जित्छौं भन्ने दिवास्वप्न कसैले देख्छ भने त्यो केबल दिवास्वप्न मात्रै हुनेछ ।’ आगामी निर्वाचनमा वडा नं. ९ मा ढुक्कले नेकपा (माओवादी केन्द्र)ले नै जित्ने दावी गरे ।

    IMG_2041 copy

    कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोकका जिल्ला सदस्य उजारसिं तामाङ, बलराम गिरी, नेता सिताराम गिरी, छिमेकी वडाका पार्टी अध्यक्षहरुलगायतले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीलाई मजबुद बनाउँदै आगामी निर्वाचनमा जीत हासिल गर्न लाग्नुपर्ने बताए । कार्यक्रम नेकपा (माओवादी केन्द्र) चौतारा साँगाचोकगढी नगरपालिका ९ नं. वडा कमिटिको अध्यक्ष मंगले तामाङ अध्यक्षतामा गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution