• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २१, आईतबार | Sunday, 07, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

१ वर्ष भित्र मध्य–भोटेकोशी आयोजना सक्न निर्देशन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक १५, सोमबार (४ साल अघि)
  • ९२९ पाठक संख्या
  • Madya Bhotekoshi Aayojana Nirikshan
    ‌‌‌

    तातोपानी । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको चाकुमा निर्माणाधिन १०२ मेगावाटको मध्य–भोटेकोशी जलविद्युत आयोजना १ वर्ष भित्र सक्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्देशन दिएका छन् ।

    चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधिन आयोजना २०७९ पुसभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिईएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणस्थलको निरीक्षण गरी निर्माण प्रगतिको जानकारी लिदै समयसीमा भित्र आयोजना सम्पन्न गर्न निर्देशन दिएका हुन । ‘निर्माणमा ढिलाइ हुँदा आयोजनाको लागत बढिरहेको छ लगानीकर्ताले प्रतिफल पाउन सकेका छैनन्,’ घिसिङले भने– ‘निर्माणमा देखिएका समस्याको पहिचान गरी समाधान र सहजीकरण गर्न हामी सधैं तयार छौं । आयोजनाको स्वामित्व लिई टिम बनाएर काम गरौं, अब संसोधन नहुने अन्तिम एकीकृत तालिका बनाएर अगाडि बढौं ।’

    प्रकृतिक प्रकोपको चपेटामा परेर करिब करिब बन्द अवस्थामा पुगिसकेको आयोजनाको मूख्य सुरुङको बाहेक अन्य संरचनाहरुको निर्माण प्रगति उत्साहजनक देखिएको घिसिङले बताए । उनले आयोजना प्रभावित तथा मुलुकभरका नेपाली नागरिकले ऋण काढेर भए पनि सेयर खरिद गरी आयोजनामा लगानी गरेका कारण समयसीमा भित्रै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

    टोलीले आयोजना व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदातासँग छलफल गरी २०७९ को पुसभित्र कुनै पनि अवस्थामा निर्माण सम्पन्न हुने गरी एकीकृत तालिका बनाएर काम गर्न निर्देशन दिएको छ घिसिङसहित आयोजनाको प्रवद्र्धक मध्य–भोटेकोशी जलविद्युत कम्पनीका अध्यक्ष हरराज न्यौपाने तथा सञ्चालकहरु सहितको टोलीले निर्माणस्थलको निरीक्षण गरेको थियो ।

    हालसम्म आयोजनाको ७५ प्रतिशत निर्माण सकिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र सुरुङ तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । ७ दशमलव २ किलोमिटर सुरुङमध्ये ४ सय १५ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाले जनाएको छ । ‘यो आयोजना निर्माणको अन्तिम खण्डमा छं’, आयोजनाको निरीक्षण पछि प्राधिकरणका उपकार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष न्यौपानेले भने– ‘त्यसकारण बाँकी रहेका काम सम्पन्न गर्ने एकीकृत तालिका बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’ आयोजनाको निर्माण विशिष्ट अवस्थामा प्रवेश गरेको भन्दै उनले जनताको अपेक्षालाई पूरा गर्न हरतरहले लाग्न आग्रह गरे ।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले ठेकेदार कम्पनीको कार्यसम्पादनमा सुधार आएकाले अहिलेको गतिमा काम भए तोकिएको समयमा आयोजना निर्माण सम्पन्न हुने दाबी गरे । ठेकेदार कम्पनीका प्रतिनिधिले जनशक्ति तथा उपकरणहरु बढाएर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन् ।

    आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङ्सीले ठेक्का लिएको थियो । इलेक्ट्रो मेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । एन्ड्रिजले उपकरणहरु आयोजना स्थलमा ल्याइसकेको छ । आयोजनाको अनुमानित लागत कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता हुँदा निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ थियो । आयोजनाको अद्यावधिक अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ छ । निर्माणाधीन आयोजनाको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपुँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ ।

    कम्पनीको जारी पुँजीको ५१ प्रतिशत संस्थापक सेयरधनीहरुमध्येमा नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत, चिलिमे जलविद्युत कम्पनी लिमिटेडको ३७, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटे, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लिमिटेड, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धु भोटेकोशी हाइड्रोपावर लिमिटेडको १/१ प्रतिशत सेयर छ ।

    ४९ प्रतिशत सेयरमध्ये १९ दशमलव ५ प्रतिशत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारीको, १५ प्रतिशत सर्वसाधारणको, १० प्रतिशत सिन्धुपाल्चोक जिल्लाका स्थानीयको, ३ दशमलव ५ प्रतिशत संस्थापक संगठित संस्थाका कर्मचारीको र १ प्रतिशत ऋणदाता संस्थाका कर्मचारीको रहेको छ । कम्पनीले साधारण सेयर निश्कासन गरी रकम संकलन समेत गरिसकेको छ । कम्पनीका साधारण लगानीकर्ताहरु १० लाख ७५ हजार छन् ।

    वार्षिक रूपमा ५४ करोड २२ लाख युनिट विद्युत आयोजनाबाट उत्पादन हुनेछ । प्राधिकरणले आयोजनाको विद्युत हिउँद र वर्षायाममा प्रतियुनिट क्रमशः रु ८.४० र ४.८० मा खरिद गर्नेछ । यसबाट कम्पनीलाई वार्षिक २ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुनेछ ।
    २०७१ साउनमा आएको जुरेको पहिरो, विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, भोटेकोशीमा आएको बाढी, गत वर्ष निर्माणस्थल भोटेकोशी नदी एवम् आसपासको क्षेत्रमा आएको बाढी, पहिरो र कोभिड– १९ को महामारीको चपेटामा आयोजना परेको थियो ।

    गत वर्ष भोटेकोशी नदीमा आएको बाढी स्टोरमा पसेर उपकरणहरुमा क्षति पुर्याएको थियो । प्राकृतिक विपत्ति र सिभिल एण्ड हाइड्रोमेकानिकल कार्यको ठेकेदार चिनियाँ कम्पनी क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्स्ट्रक्सनको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution