• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

सिन्धुपाल्चोक मेरो पहिलो प्राथमिकताः सभामुख

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक १५, सोमबार (४ साल अघि)
  • १३७४ पाठक संख्या
  • Spicer Agni Sapkota
    ‌‌‌

    काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक सधैं आफ्नो पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

    नेपाल पत्रकार महासंघ सिन्धु शाखा पदाधिकारीहरुसँगको संक्षिप्त भेटमा सभामुख सापकोटाले जिल्लामा हुने गरेका हरेक कार्यक्रम आफ्ना लागि महत्वपूर्ण रहेको समेत बताए । ठुलाठुला योजना, ठुलाठुला समस्याहरुको सम्बोधनसँगै जिल्लाका सानासाना योजना र समस्याहरुप्रति पनि आफू गम्भीर रहेको प्रतिक्रिया दिँदै जनताका साना साना भनिएको कार्यक्रम पनि आफ्ना लागि सानो नभएको खुलस्त पारे । वर्षिनौ प्राकृतिक विपत्तिको सामना सिन्धुपाल्चोक पर्दै आएका कारण पनि जिल्लालाई आफूले प्राथमिकता दिने गरेको उनले बताए ।

    पछिल्लो पटक जनभेटघाटलाई तीब्र बनाउदै गरेका सभामुख सापकोटाले जनतासँगको भेटघाटलाई सानोठूलो कार्यक्रम भनेर छुट्याउनु नहुने तर्क गरे । जनताकोमा जानु, जनताको कार्यक्रममा जानु जनप्रतिनिधिको कर्तब्य भएको र यस्तै कार्यक्रममार्फत जनताको वास्तविक पिरमर्का र समस्या बुझ्ने मात्र नभै समस्या समाधान गर्ने अवसरको रुपमा यस्ता कार्यक्रमलाई लिने गरेको पनि सभामुख सापकोटाले बताए ।

    १५ दिनभित्र नाकामा सहजता आउने दावी गर्दै सभामुख सापकोटाले भने चिनियाँ पक्षसँग विभिन्न स्तरमा भएको संवादको सकारात्मक परिणाम आउन लागेकोमा खुशी व्यक्त गरे । अबको १५ दिनमा चीनबाट नेपाल भित्रिने मालबाहक गाडीको संख्यामा बृद्धि हुने सभामुख सापकोटाले विश्वास लिए ।

    बाह्रबिसेलाई ट्रान्जिट सिटिको रुपमा विकास गर्ने आफ्नो सपना रहेको र सो पूरा गरेरै छाड्ने उनले प्रतिबद्धता जाहेर गरे । भेटमा सिन्धुपाल्चोकको समग्र विकास निर्माणका कार्य, जिर्ण अरनिको राजमार्ग मर्मत, तातोपानी नाका, मेलम्ची बाढिपहिरो पछिको पुननिर्माण र पत्रकारिताको विद्यमान अवस्था बारे महासंघका अध्यक्ष जीवन श्रेष्ठ र उपाध्यक्ष दिनेश थापाले सभामुख सापकोटाको ध्यानाकर्षण गराएका थिए ।

    सिन्धुपाल्चोकको पत्रकारिता क्षेत्रमा पत्रकार महासघले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दे आगामी दिनमा पनि महासघसँग सहकार्य गरेर आफू अघि बढ्ने प्रतिबद्धता पनि सभामुख सापकोटा व्यक्त गरे । सवारी साधन अभावले पत्रकारले झेल्नु परेको दुःखको महसुस गर्दै आगामी दिनमा पत्रकार महासंघलाई सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्दै सभामुख सापकोटाले भने– ‘जिल्लाका पत्रकारका लागि सवारी साधनको आवश्यकताको महसुस मैले पनि गरेको छु । त्यसका लागि अधिकतम प्रयास हुने छ ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    देश/प्रदेश सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution