• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र २२, सोमबार | Monday, 07, Sep, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन
  • २रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • ३रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ४चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ५कानून र राजनीति/राज्य र न्याय
  • ६आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ७१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ८एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

एमाले विभाजन भएको छैनः सचिव विष्ट

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक १५, सोमबार (४ साल अघि)
  • ९०१ पाठक संख्या
  • CPN UML Melamchi
    ‌‌‌

    मेलम्ची । नेकपा एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले एमाले विभाजन नभएको भन्दै केही नेताहरु चोइटिएर गएको बताएका छन् ।

    सोमबार नेकपा एमाले मेलम्ची नगर कमिटीको पहिलो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विष्टले एमाले जनताको पार्टी भएको दाबी गरे । ‘एमालेलाई कमजोर पार्न प्रचण्डले ठूलो चलखेल गरे’, सचिव विष्टले भने– ‘तर सफल हुन सकेनन्, यो एमालेको मजबुदीको कारण हो ।’ एमाले सिध्याउन धेरै प्रयत्न गरेका प्रचण्ड नेपाली राजनीतिको कलंक भएको उनले आरोप लगाए ।

    अहिले पनि माओवादीले कांग्रेससँग गठबन्धन गरिरहेको भन्दै प्रचण्डकै कारण कांग्रेसको रुखको पात सबै झर्ने निश्चित भएको विष्टको दाबी छ । पार्टीमा केही असमझदारी आउँदैमा पार्टी फुटाउने काममा माधव नेपाल लागेको भन्दै माधव नेपालको पार्टीको कुनै सिद्धान्त, विचार र दृष्टिकोण नभएको पार्टीको संज्ञा दिए ।

    कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सचिव एवम् केन्द्रीय सदस्य शेरबहादुर तामाङले एमालेलाई कुनै गुटको राजनीति गर्न नसुहाउने बताए । उनले गुटको राजनीति गर्ने र अरुको घोडा चडेर हिँड्नेहरु निस्किएर गएको उल्लेख गर्दै अब एकताबद्ध, निश्चल एमाले मात्रै रहेको बताए । प्रचण्डको इसारामा माधव नेपालले पार्टी फुटाएको बताउँदै तामाङले प्रचण्ड राजनीतिको ऐंजेरु भएको बताए ।

    कार्यक्रममा केन्द्रीय सदस्य दावा तामाङले जनताको सुख, दुःखको पार्टी भनेकै नेकपा एमाले भएकाले अन्योलमा बसेका साथीहरुलाई ढुक्क भएर एमालेमा आउन आग्रह गरे । उनले नगर अधिवेशनले सही नेतृत्व चुन्नेमा आफू ढुक्क रहेको समेत बताए ।

    कार्यक्रममा पार्टीका नेताहरु सुभास कर्माचार्य, जिल्ला अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष डोल्मा तामाङ, बागमती प्रदेश कमिटी सदस्य बालकृष्ण देउजा, कृष्णगोपाल तामाङ, विजयकृष्ण श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नगर कमिटी अध्यक्षमा उपेन्द्र तामाङ र विजयकृष्ण श्रेष्ठले दावी गरेका छन् । नगर कमिटी अध्यक्ष डम्बर अर्यालको अध्यक्षतामा भएको उद्घाटन सत्र सकिएलगत्तै साँझबाट बन्दसत्र सुरु हुने जनाईएको छ ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’


  • ग्लोबल अपडेटथप

    रसुवा बाढीपछि सिन्धुपाल्चोकका २ सय २४ जना सम्पर्कविहीन

    Rasuwa Pahiro

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution