• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ २८, बिहिबार | Thursday, 11, Jun, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

सभामुख र अर्थमन्त्रीद्वारा तातोपानी नाकाको निरीक्षण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक २२, सोमबार (४ साल अघि)
  • १३०२ पाठक संख्या
  • Speaker and Finance Minister inspect the Tatopani checkpoint
    ‌‌‌

    तातोपानी । नेपाल–चीन बीचको उत्तरी सीमा तातोपानी नाकासम्म पुगेर सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माले निरीक्षण गरेका छन् ।

    उनीहरुले बाह्रविसेदेखि नेपाल चीन सीमासम्मको २६ किलोमिटर सडकमा गर्नुपर्ने मर्मत तथा नयाँ निर्माणका लागि समेत निरीक्षण गरेका हुन् । भूकम्पपछि अस्थीर रहेको तातोपानी नाका प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि स्थानीय व्यवसायी, तातोपानी भन्सार कार्यालयका प्रमुख लगायतसँग छलफलसमेत भएको छ । निरीक्षण पछि सभामुख र मन्त्रीसहितको टोलीले मितेरी पुल, व्यापारिक बजार लिपिङको अवस्थालाई गम्भीर रुपमा लिएको बताएका छन् ।

    बाह्रविसेदेखी कोदारीसम्मको विकासलाई बहुवर्षिय योजनाको रुपमा लैजानुपर्ने भन्दै सभामुख सापकोटाले त्यसको लागि अल्पकालिन र दीर्घकालिन खाका बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिए । ‘दीर्घकालिन रुपमा धुलिखेलदेखि कोदारीसम्मको सडकलाई दुईलेनको बनाउन सकिन्छ’, उनले भने– ‘अल्पकालिन रुपमा भने बाह्रविसेदेखि कोदारीसम्मका भत्किएका र बिग्रिएका संरचनाहरुलाई तत्काल निर्माण गर्नुपर्ने देखिन्छ ।’ सभामुख सापकोटाले त्यसको लागि बजेट छुट्याउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरे ।

    Tatopani Agni1

    सभामुखसँगै नाका निरीक्षणका लागि पुगेका अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाकालाई सहज बनाउन कुटनीतिक पहल भईरहेको जनाए । ‘तातोपानी नाकालाई सुदृढ बनाउँदै व्यवसायलाई सहज बनाउन कुटनीतिक पहल भईरहेको छ’, शर्माले भने– ‘पहिलेको तुलनामा नाकामा उल्लेख्य सुधार भईसकेको र अझ यो नाकालाई विस्तार गरेर जानेकुरामा चीन सरकारसँग सहमति समेत भईसकेको छ ।’

    लिपिङ बजार सीमा पुलसँग जोडिएको बजार हो । भूकम्पपछि यहाँको अवस्था दयनीय छ । यो बजारमा भूकम्पअघि दैनिक करोडौंको कारोबार हुनुका साथै ठूला ठूला होटल, बैंकलगायत कारोबार हुने व्यापारिक पसलहरु थिए । यसलाई पुनः सूचारु गरिनुपर्नेमा स्थानियले जोड दिएका छन् ।

    सोे क्षेत्रमा २०७१ सालमा आएको जुरे पहिरो, २०७२ सालको भूकम्प, २०७३ को भोटेकोशी बाढी, २०७४ मा लार्चा पुल पहिरोमा परी बगेको, २०७५ मा साँधी खोलाले पक्की पुल बगाएको, २०७७ सालमा बाह्रविसे नगरपालिकाको जम्बु, खागदल र भोटेकोशी गाउँपालिकाको लार्चामा आएको बाढी, पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेको थियो । भूकम्प, भोटेकोशी बाढी र विभिन्न समयमा आएका ठूला पहिरोका कारण केही बर्ष यता अरनिको राजमार्ग अन्तरगतको बाह्रबिसे तातोपानी सडक खण्डमा सहज आवागमन हुन सकिरहेको छैन ।

    कोभिड–१९ महामारीका कारण सीमा क्षेत्रमा गरिएको कडाईका कारण तातोपानी नाकाबाट हुने आयात निर्यात समेत पुरानो अवस्थामा फर्कन सकेको छैन । यो क्षेत्र सभामुख सापकोटाको निर्वाचन क्षेत्र समेत हो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution