• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

राष्ट्रिय जनगणना सुरुः राष्ट्रपतिद्वारा उद्घाटन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक २५, बिहिबार (४ साल अघि)
  • ११९७ पाठक संख्या
  • janagarana
    स्केच तस्वीर

    चौतारा । केन्द्रीय तथ्यांक विभागले आजदेखिदेखि राष्ट्रिय जनगणना– २०७८ सुरु गरेको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छन् । बिहीवार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी हुन् । प्रत्येक १० वर्षको अन्तरमा हुने जनगणना यो वर्ष कोभिडको कारण केही ढिलो गरीसुरु हुन लागेको हो । १५ दिन चल्ने जनगणनाको सुरुवात बिहीबार बिहान १० बजे राष्ट्रपति भण्डारीको विवरण संकलनबाट सुरु भएको हो ।

    janaganana

    मुलुक संघीयतामा प्रवेश गरेपछि पहिलोपल्ट हुन लागेको राष्ट्रिय जनगणना कार्यक्रममा एक परिवारलाई ८० वटा प्रश्न सोधिने भएको छ । जनगणनाका मूख्य प्रश्नावलीको पारिवारिक खण्डमा घरको स्वामित्व, घर बनाउन प्रयोग गरेको सामग्री, खानेपानीको स्रोत, इन्धन, उर्जा प्रयोग, दैनिक रुपमा प्रयोग गर्ने घरायसी सामग्री, महिलाको स्वामित्वमा घर जग्गा छ कि छैन, व्यवसाय र रोजगारीको अवस्थासहितका प्रश्न छन् ।
    पछिल्लो एक वर्षमा जन्म, मृत्यु, बसाईसराईको अवस्था, विदेश गएकासहितको विवरण पारिवारिक खण्डमा छ । जनसांख्यिक विवरणमा परिवारको व्यक्तिगत विवरणका प्रश्नहरू छन् । परिवारका सदस्यहरूहरुको शैक्षिक विवरण र प्रजननन्सहितका विवरणलाई मूख्य प्रश्नावलीमा समेटिएको छ ।

    त्यस्तै, सामुदायिक प्रश्नावलीमा सामाजिक र पूर्वाधारको सेवा सुविधा, आर्थिक पूर्वाधारको सेवासुविधा, विपत् जोखिमको अवस्था, प्राकृतिक प्रकोप र विपत्को क्षतिको विवरण, वन्यजन्तु र जंगली जनावरबाट भएको क्षतिको विवरण, लोपोन्मुख जातजातिको बसोबासको अवस्था, सीमान्तकृत जातजातिको बसोबास, मातृभाषा बोल्नेको विवरण, सेवा सुविधाको अवस्थासहितका विवरण यो खण्डका प्रश्नावलीबाट संकलन गरिन्छ ।

    तथ्यांक संकलनका लागि एक परिवारमा औसत २० मिनेट समय लाग्ने अनुमान केन्द्रीय तथ्यांक विभागले गरेको छ । विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार स्थानीय तहदेखि विभिन्न तथ्यांक आवश्यक पर्ने भन्दै माग भई आएपछि लामो प्रश्नावली बनेको हो । ‘८० को हाराहारीमा रहेको प्रश्नावलीबाट तथ्यांक संकलन गर्दा एक परिवारमा औसत २० मिनेट लाग्ने अनुमान गरेका छौँ,’ महानिर्देशक श्रेष्ठले भने, ‘लामो प्रश्नावली भएपनि यसले वडासम्ममै तथ्यांकको माग पूरा गर्ने अपेक्षा गरेका छौँ ।’

    सामुदायिक प्रश्नावली समेत भर्ने भएकाले प्रश्नावली ठूलो भएको उनको भनाई छ । जसमा वडाको आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद्को अवस्थाबारेको जानकारी समेत संकलन गर्दै वडा प्रोफाइल तयार पारिने उनले बताए । नेपालमा वि.सं. १९६८ बाट सुरु भएको जनगणनाको यो १२ औं संस्करण हो । एकजना गणकले एक दिनमा कम्तीमा १२ परिवार र १५ दिनमा औति १७५ परिवारको गणना गर्नसक्ने विभागले अनुमान गरेको छ ।

    व्यक्तिगत विवरणमा पूर्णरुपमा गोपनीयता कायम हुने महानिर्देशक श्रेष्ठले बताए । तथ्यांक ऐन २०१५ अनुसार कुनै पनि व्यक्तिको विवरण दुरुपयोग नहुने भएकाले ढुक्क भएर विवरण दिन उनले अनुरोध गरे । ‘विवरण पूर्ण रुपमा गोप्य रहन्छ । विवरणहरु प्रविष्ट गर्दा समेत कोडिङ सिस्टममा जान्छ । जसबाट कर्मचारीलाई विवरण थाहा हुन्न,’ श्रेष्ठले भने, ‘हामीले अवलोकनकर्तालाई समेत गणकसँगै उभिन निषेध गरेका छौँ । अवलोकनकर्ताले गणक विवरण संकलन गर्न घर–घर पुगेको हेर्न पाउँछन् तर व्यक्तिगत विवरणमा हस्तक्षेप गर्न पाउँदैनन् ।’

    मंसिर मसान्तसम्म सबै प्रश्नावलीको जवाफ केन्द्रमा आइसक्ने विभागले जनाएको छ । उक्त विवरणको आधारमा कुल जनससंख्या, महिला, पुरुष र जिल्लाअनुसारको प्रारम्भिक नतिजा ३ महिनाभित्र निकाल्ने तयारी विभागको छ । ‘सबै तथ्यांकहरु कम्प्युटर प्रविष्टि गर्दा ६ देखि ८ महिना लाग्छ । त्यसपछि रिपोर्टहरु निकाल्ने क्रम सुरु हुन्छ,’ उनले भने– ‘एक वर्षभित्र राष्ट्रिय रिपोर्ट प्रकाशित हुन्छ । विस्तृतमा रिपोर्ट निकाल्न दुई वर्ष लाग्छ ।’

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution