• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

आधुनिक गरगहना निर्माण सम्बन्धी तालिम सुरु

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ कार्तिक २९, सोमबार (४ साल अघि)
  • ८३१ पाठक संख्या
  • Sunchadi1
    ‌‌‌

    चौतारा । आधुनिक गरहगना निर्माणमा कालिगढहरुलाई दक्षता आवश्यक भएको भन्दै चौतारामा सुनचाँदी गरगहना सम्बन्धी १० दिने तालिम सुरु गरिएको छ ।

    सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघको आयोजनामा सोमबारबाट सुरु भएको तालिम चौतारा साँगाचोकगढी नगरपालिकाद्वारा विनियोजित ५ लाख रुपैंयाबाट गरिएको हो । तालिमको समन्वय दलित समन्वय समिति चौतारा साँगाचोकगढी नगरपालिकाले गरेको छ । तालिममा १२ जना प्रशिक्षार्थी सहभागि रहेको आयोजकले जनाएको छ ।

    तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले सीप महत्वपूर्ण कुरा रहेको भन्दै नगरले गरेको लगानीलाई फलदायी बनाउनुपर्ने बताए । ‘हामीले आफूलाई सफल बनाउन अल्छि, घमण्ड र रिस त्याग्न जरुरी छ’, नगरप्रमुख तामाङले भने– ‘सीपलाई व्यवहारमा लागु गर्न र व्यक्तिगत विकास गर्न पनि यो महत्वपूर्ण छ ।’ भौतिक पूर्वाधारमात्रै विकास नभएको भन्दै तामाङले आयमूलक कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

    ‘आयआर्जनलाई टेवा पु¥याउन नगरले विभिन्न कार्यक्रमहरु लागु गरेको छ, अनुदान दिएको छ’, तामाङले भने– ‘नागरिकको जीवनस्तर उठाउनुनै हाम्रो मूल धेय हो ।’ तालिमले नागरिकलाई आत्मनिर्भर हुन सहयोग पुर्याउने भन्दै नगरपालिका सदैव आयमूलक क्षेत्रमा लगानी गर्न तयार रहेको बताए ।

    पुरानै रुपमा गरगहना निर्माण गर्दा सुनचाँदी व्यवसायनै छाँयामा परेको भन्दै आधुनिक गरगहना निर्माणको तालिम प्रदान गरिएको आयोजक सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुब्बा सुनारले बताए । ‘गरगहना बनाउन जानेर मात्रै हुँदैन’, उनले भने– ‘सीपसँगै दक्ष तालिम पनि आवश्यक हुन्छ ।’ तालिम अवधिभर नेपाली पहिचान झल्कने तिलहरीजस्ता गहना निर्माणको प्रशिक्षण दिईने उनले बताए ।

    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ केन्द्रिय सदस्य रविन शाक्य, चौतारा साँगाचोकगढी नगरपालिकाका – ५ अध्यक्ष नरमान श्रेष्ठ, चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यपालिका सदस्य गणेश विक, रोजिना घतानी, नेपाल उद्योग वाणिज्य संघ कृषि उद्यम केन्द्रका केन्द्रिय सदस्य श्यामकृष्ण श्रेष्ठ, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य उजारसिं तामाङ, दलित समन्वय समितिका सल्लाहकार चन्द्र धिमालकोटी, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठ लगायतले तालिमको शुभकामना दिएका थिए ।

    Sunchadi

    कार्यक्रमकै बीच काभ्रेपलाञ्चोक सुनचाँदी व्यवसायी संघले सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघद्वारा स्थापना गरिएको विपद् सहायता कोषमा ३० हजार रुपैंया सहयोग गरिएको थियो । काभ्रेपलाञ्चोक सुनचाँदी व्यवसायी संघका अध्यक्ष दानकाजी श्रेष्ठले सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघका अध्यक्ष सुब्बा सुनारलाई सो सहयोग रकम हस्तान्तरण गरेका थिए ।

    त्यस्तै कार्यक्रमको अवसरमा मेलम्चीमा गएको बाढीबाट पीडित सुनचाँदी व्यवसायीहरुलाई सिन्धुपाल्चोक सुनचाँदी व्यवसायी संघले आर्थिक सहयोग गरिएको थियो । मेलम्चीमा सुनचाँदी व्यवसाय गर्दै आएका राजेन्द्र सुनारलाई ३० हजार रुपैंया, रामबहादुर सुनारलाई २० हजार रुपैंया र रमेश विश्वकर्मालाई १० हजार रुपैंया प्रदान गरिएको थियो ।

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution