• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ माघ २९, बिहिबार | Thursday, 12, Feb, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

आनन्द माविमा विद्यार्थीले लगाए ताल्चा

Durga Stha दुर्गाबहादुर श्रेष्ठप्रकाशित मिति: २०७८ मंसिर १, बुधबार (४ साल अघि)
  • १६१३ पाठक संख्या
  • Ananda Mavi
    ‌‌‌

    जलिवरे । विद्यालयको शैक्षिक वातावरणमा सुधार ल्याउन नसकेको भन्दै सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ मा जलविरेमा रहेको आनन्द माविमा विद्यार्थीहरुले तालाबनद्यी गरेका छन् ।

    बलेफी गाउँपालिकाको उपाध्यक्ष कमला कायस्थ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहेको सो विद्यालयले विद्यार्थीको जायज माग माथि गरिएको वेवास्ता गरेको र विद्यालयको शैक्षिक वातावरणमा कुनैपनि सुधार नल्याएको भन्दै अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले अनिश्चित कालको लागि तालाबन्दी गरेको हो ।

    गएको भदौ ३१ गते अखिल (क्रान्तिकारी) र नेपाल विद्यार्थी संघले विद्यालयमा भईरहेको शिक्षकको स्थायी दरबन्दी राहतसँग साट्ने काम बन्द गरी स्थायी शिक्षकको पदपूर्ति गर्नुपर्ने, प्रधानाध्यापकको तत्काल नियुक्ति गर्नुपर्ने, विभिन्न विषयमा भएको शिक्षक अभावको पूर्ति गर्नुपर्ने, विद्यालयको हिसाबकिताब सार्वजनिक गर्नुपर्ने लगायतका ७ बुँँदे माग राख्दै ७ दिने भित्र पूरा गर्न विद्यालयलाई ज्ञापन पत्रका बुझाएका थिए ।

    विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यालयलाई बुझाइएको ज्ञापन पत्रको दुई महिना बितिसक्दा पनि सम्बोधन नगरिएको भन्दै विद्यालयमा ताल्चा लगाउनु परेको अखिल (क्रान्तिकारी) आनन्द माविका इकाई अध्यक्ष सविना विकले बताईन् । ‘सत्ताको उन्मादमा गर्न खोजिएको नियम विपरितको क्रियाकलाप प्रति हाम्रो गम्भीर आपत्ति छ’, उनले भनिन्– ‘शिक्षकको स्थायी दरबन्दीको पद पूर्ति नगरी स्थायी दरबन्दी नै खारेज गरेर राहात दरबन्दी सिर्जना गर्न खोजिएको राजनीतिक कार्यकर्ताको भर्तिको निर्णय हामीलाई स्वीकार्य छैन् ।’

    विद्यालयको पठनपाठन नियमित गर्न नसकेको र विद्यालयका विविध विकृति र विसंगतीको विरुद्धमा गरिएका हाम्रो जायज मागहरु यथाशिघ्र सम्बोधन नभएसम्म अनिश्चित कालका लागि तालाबन्दी जारी राख्ने नेपाल विद्यार्थी संघका इकाई उपसभापति अञ्जली तामाङले बताईन् । ‘हाम्रो आन्दोलनको व्यवास्ता गरी विद्यालय प्रशासनले कुनै हस्तक्षेप वा दमन गर्न खोजे उत्पन्न हुने परिस्थितीको जिम्मेवार विद्यालय प्रशासन स्वयम् हुनेछ’, उनले भनिन् ।

  • शिक्षामा वेथितिः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution