• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

मेलम्ची नगरसभाबाट ४ विधेयक पारित

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर १, बुधबार (४ साल अघि)
  • ७११ पाठक संख्या
  • Nagarsava
    ‌‌‌

    मेलम्ची । मेलम्ची नगरपालिकाको दशैं नगरसभा गरेको छ । नगरसभाले ४ वटा विधेयक संशोधन सहित पारित गरेको छ ।

    नगरसभाले विनियोजन ऐन संशोधन विधेयक २०७८, सहकारी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७८, लेखा समिति कार्यसम्पादन कार्यविधि २०७८ र आर्थिक ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक २०७८ गरी ४ वटा विधेयक संशोधन सहित पारित गरेको हो ।

    नगरसभामा नगर प्रमुख डम्बर अर्यालले आर्थिक बर्ष २०७८/७९को पहिलो चौमासिकको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा राहत पुनस्र्थापना नदी नियन्त्रण र बाढीका कारण अवरुद्ध भएको सडक मर्मत संभार गरी पुनसंचालनको लागि हालसम्म २ करोड ४७ लाख ५५ हजार रुपैंया खर्च भएको उल्लेख गरिएको छ । हालसम्म मेलम्ची बाढी पीडित राहत तथा पुनस्र्थापना कोषमा ५ करोड ४४ लाख ४६ हजार ६ सय रुपैँया सहयोग प्राप्त भएको नगर प्रमुख डम्बर अर्यालले उल्लेख गरे ।

    मेलम्ची ११ डुँडेबेसीमा १५ शैयाको अस्पताल निमार्णको लागि १५ करोड ९१ लाख ८५ हजार ७ सय रुपैयाँमा ठेक्का सम्झौता भई अस्पताल निमार्ण कार्य भइरहेको, मेलम्ची १२ मा शहरी क्लिनिक सञ्चालनको लागि एकतले भवन निमार्णको काम सम्पन्न भएको, मेलम्ची १२ स्थित टुनीखर्कमा फोहोरमैला व्यवस्थापन कार्य सुरु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षमा इन्द्रावती र मेलम्ची नदी क्षेत्रबाट ढुंगा, गिटी र बालुवा बिक्रिगरी आन्तरिक राजस्व संकलनको लागि २४ करोड ९५ लाख ५७ हजार रुपैँयामा तीनपिप्ले निमार्ण सेवा काठमाडौंसँग ठेक्का सम्झौता गरिएको अर्यालद्वारा प्रस्तुत भएको प्रतिवेदनमा उल्लेख छ ।

    त्यस्तै १४ वटा विद्यालयमा इसिडि कक्षा थपगरी सो विद्यालयहरुमा बाल विकास सहजकर्ता नियुक्ति गरिएको, खेलाडीहरुलाई आर्थिक सहायता प्रदान गर्दै थप हौसला र खेलकुदको प्रवद्र्धन गर्नेकार्य गरिरहेको उल्लेख छ । कार्यक्रममा बजेट बक्तव्य नगर उपप्रमुख भगवती नेपालले प्रस्तुत गरेकी थिईन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution