• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १७, बुधबार | Wednesday, 31, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

दुगुनागढीबाट कांग्रेसको १ सय ५० नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर १, बुधबार (१ साल अघि)
  • ३६९ पाठक संख्या
  • Moest Duguna
    ‌‌‌

    दुगुनागढी । भोटेकोशी गाउँपालिका– ३ दुगुनागढीका १ सय ५० जना नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

    नेकपा (माओवादी केन्द्र) भोटेकोशी गाउपालिका– ३ को अधिवेशनमा कांग्रेस परित्याग गरी अगुवा कार्यकर्ता तथा समाजसेवी रुद्रबहादुर पौडेलको नेतृत्वमा ६० जना सहित अन्य भेगबाट कांग्रेसको क्रियाशिल सदस्य प्राप्त युवाहरुको समूह गरि १ सय ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

    पार्टी प्रवेश गर्दै रुद्रबहादुर पौडेलले नेकपा (माओवादी केन्द्र) ले गरेका असल कामले आफूहरुलाई आकर्षित गरेको बताए । ‘यहाँभन्दा अघि म आबद्ध रहेको पार्टी भन्दा नेकपा (माओवादी केन्द्र) ले नै जनताको आवाज उठाउँदै जनपक्षिय काम गरिरहेकोले हामीले सल्लाह गरेर नै सामुहिक रुपमा माओवादी केन्द्रमा आबद्ध हुने अठोट गरेका हौं’, पौडेलले भने । नवप्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) बाग्मती प्रदेश सचिवालय सदस्य तथा जिल्ला सह–इन्चार्ज सरल सहयात्री पौडेल, भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेललगायतले स्वागत गरेका थिए ।

    अधिवेशनले निमा सोना शेर्पाको अध्यक्षतामा २९ जनाको कमिटी निर्वाचित गरेको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले दुगुना लगाएत ३ नम्बर वडाको समग्र विकास गर्नको लागि माओवादी बाहेक अरु विकल्प नरहेको बताए । ‘समग्र क्षेत्रको विकासको ज्योति भनेकै माओवादी हो’, उनले भने– ‘तर त्यो ज्योतिलाई निस्तेज पार्न पाए आफूले ब्रम्हलुट गर्न बाटो खुल्छ भनेर केहि केहि लागिरहेका छन् । तर त्यो उनीहरुको दिवाश्वप्न मात्रै हो ।’ कांग्रेस र एमालेबाट अब विकासको सम्भावना नरहेको पौडेलले दावी गरे ।

    अधिवेशनमा बोल्दै भोटेकोशी गाउँपाकिकाको अध्यक्ष राजकुमार पौडेलले पैदल मार्ग, दुगुनागढी, बोक्चेनको बाटो लगायतका क्षेत्रको विकास माओवादीको नेतृत्वमा स्थानीय सरकार बनेपछि भएको बताए । ‘नेकपा (माओवादी) केन्द्रले भोटेकोशीमा जनताको हक र हितमा काम गरिरहेको छ’, पौडेलले भने– ‘विकासको अग्रमोर्चामा पार्टीले पालिकालाई उल्लेख्य सहयोग गरिरहेको छ ।’ उनले वडा नं. ३ को सम्पूर्ण विकासलाई ब्यवस्थित गर्नको लागि आफू तयार रहेको समेत बताए ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution