• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ जेष्ठ ५, मंगलबार | Tuesday, 19, May, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • २नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ३कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ४गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ५सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ६सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ७तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ८मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ

जन्मोत्सवको अवसरमा कार्कीको ‘विवृत जीवन’ लोकार्पण

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर ६, सोमबार (४ साल अघि)
  • १२०४ पाठक संख्या
  • Book Lunch
    ‌‌‌

    चौतारा । समाजसेवी, शिक्षाप्रेमी तथा राजनीतिक व्यक्तित्व रामबहादुर कार्कीको ७७ओैं जन्मोत्सवको अवसरमा जीवन आयाम समेटिएको पुस्तक ‘विवृत जीवन’ लोकार्पण गरिएको छ ।

    सिन्धुपाल्चोकको चौतारामा सोमबार नेपाल सरकारका पूर्व सचिव पुन्य न्यौपाने, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद पौडेल, चौतारा बहुमुखी क्याम्पसका प्राचार्य, नगेन्द्रप्रसाद दंगाल, श्रीकृष्ण रत्नगंगा माविका प्रधानाध्यापक ध्रुबलाल श्रेष्ठ, पत्रकार सुरेश कसजू, पुस्तक प्रकाशन समितिका संयोजक अमित घिमिरे र कार्की स्वयम्ले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

    सो अवसरमा कार्कीलाई पुस्तक प्रकाशन समितिले अभिनन्दन समेत गरेको थियो । त्यस्तै दुःखी प्रकाशन सिन्धुपाल्चोकले कार्कीलाई सम्मान गरेको थियो । १ सय ८० पृष्ठको पुस्तकमा कार्कीको आत्मवृतान्त, कार्कीबारे लेखिएको लेख र कार्कीको विभिन्न क्षेत्रमा रहँदाका प्रतिनिधि तस्वीरहरु समेटिएको छ ।

    IMG_2663 copy

    सिन्धुपाल्चोकको स्याउले गाउँपञ्चायत– ३ अर्चलेमा २००२ मंसिर ६ गते जन्मिएका कार्कीलाई समाजसेवा, शिक्षा क्षेत्र र राजनीतिको त्रिआयमिक व्यक्ति मानिन्छ । दशकौं अघि नै अन्तरजातीय विवाह गरेर समाजसँग विद्रोह गरेका कार्कीलाई एक क्रान्तिकारी सोचाइका व्यक्तिको रुपमा चिनिन्छ । उनै कार्कीको संयोजकत्वमा बनेको समितिले सदरमुकाम चौतारामा चौतारा क्याम्पसको स्थापना गरेको थियो ।

    जन्मोत्सव एवम् पुस्तक लोकार्पण कार्यक्रममा वक्ताहरुले कार्कीले समाज विकास, शिक्षा क्षेत्रको विकास र राजनीतिक आयामको चर्चा गरेका थिए । विवृत्त जीवन प्रकाशन समितिका संयोजक अमित घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई डम्बर रसिक भारतीले सञ्चालन गरेका थिए । विवृत्त जीवन प्रकाशन समितिको आयोजना तथा दुःखी प्रकाशनको सह–आयोजनामा भएको कार्यक्रममा बुद्धिजीवि, शिक्षाप्रेमी, साहित्यकार, सञ्चारकर्मीलगायत स्थानीयको बाक्लो उपस्थिति थियो ।

    Banner copy

     

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर


  • ग्लोबल अपडेटथप

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution