• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ श्रावण ५, मंगलबार | Tuesday, 21, Jul, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • ११५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • २एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ३नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?
  • ४कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • ५गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ६सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ७सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ८तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित

मेलम्चीका १६ महँगा गाडी पहुँचवालाको कब्जामा

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर ८, बुधबार (४ साल अघि)
  • १०२७ पाठक संख्या
  • Melamchi Gadhi
    ‌‌‌

    मेलम्ची । मेलम्ची खानेपानी विकास समितिले आयोजनाको लागि खरिद गरेका झन्डै डेढ दर्जन महँगा सवारीसाधन आयोजनासँग असम्बन्धित अन्यले प्रयोग गरिरहेका हुन् ।

    आयोजना बाढीले क्षति पु¥याएर अनिश्चित भए पनि यसले खरिद गरेका गाडीमा भने विभिन्न निकायले रजाइ गरिरहेको पाइएको हो । मेलम्ची खानेपानी समितिले उपलब्ध गराएको विवरण अनुसार आयोजनाका नाममा ६५ वटा विभिन्न ब्राण्डका गाडी खरिद भएका छन् । जसमध्ये २२ वटा गाडी बिग्रिएर थन्किएको छ । बाँकी प्रयोगमा रहेका गाडीमध्ये १६ वटा आयोजनाबाहेकका निकायले प्रयोग गरिरहेको समितिको विवरणले देखाएको छ ।

    काठमाडौं उपत्यका विकास प्राधिकरणदेखि प्रधानमन्त्री कार्यलयसम्मले वर्षौंदेखि मेलम्ची आयोजनाका गाडी प्रयोग गर्दै आएका छन् । ‘माथिकै आदेश’ का आधारमा गाडी दिनु परेको आयोजनाका एक इन्जिनियरले बताए । ‘आयोजनाका इन्जिनियरहरु र कामका लागि प्रयोग हुने गाडी एकदमै पुराना छन् । तर नयाँ गाडीहरु सबै अरुले चढिरहेका छन्,’ ती इन्जिनियरले भने ।

    यसरी आयोजनाका लागि खरिद गरिएका गाडीमा पहुँचवालाको हालीमुहालीमाथि उनी प्रश्न गर्छन्, ‘मेलम्चीका नाममा किनिएको गाडी अन्य व्यक्ति र निकायले प्रयोग गर्नु पनि अनुचित लाभ लिएको हैन र ?’ करिब १७ अर्ब रुपैयाँ लागत अनुमान गरेर निर्माण थालिएको मेलम्ची खानेपानी आयोजनाको विभिन्न कारण लागत बढेर ३६ अर्बमाथि पुगिसकेको छ । त्यसमध्ये ३४ अर्ब रुपैयाँ हाराहारी खर्च भैसकेको छ । यही लागतभित्र आयोजनाका लागि करोडौं खर्चिएर किनिएका महँगा गाडीहरुसमेत छन्, जसमा अहिले पावरवालाको रजाइँ चलेको हो ।

    उनीहरुले आयोजनामार्फत गाडी किनेर चढेका मात्रै छैनन्, मर्मतको बिल समेत मेलम्ची आयोजनालाई नै तिराउने गरेको ती इन्जिनियरको भनाइ छ । मेलम्ची खानेपानी आयोजनाका नाममा किनिएका गाडी अन्य निकायले प्रयोग गरेका कारण पनि लागत बढेको उनी बताउँछन् । आयोजनाले जापानी कम्पनी एनजेएस कन्सलट्याण्ट, स्पेनी कम्पनी इप्टिसा, सेफ गार्ड परामर्शदातासमेतका लागि गरी कुल २७ वटा सवारीसाधन मात्रै प्रयोग गरिरहेको छ । बाँकी गाडी अन्य निकायसँग छन् ।

    जसमध्ये प्रधानमन्त्री कार्यालयले आयोजनाले बा१झ ८९९५ नम्बरको टोयोटा प्राडो प्रयोग गरिरहेको छ । खानेपानी मन्त्रालयले पनि मेलम्चीले किनेको एउटा प्राडो जीप (बा१झ ८९९४) र दुईवटा टोयोटा ल्याण्ड क्रुजर प्राडो जीप (बा१२च ७४३१ र ७४३२) गरी जम्मा तीनवटा गाडी प्रयोग गरिरहेको छ । यी निकायले प्रयोग गरिरहेका प्राडोको मूल्य अहिले २ करोड ८१ लाखदेखि ३ करोड ३० लाख रुपैयाँसम्म रहेको टोयोटाको आधिकारिक नेपाली बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटको वेबसाइटमा उल्लेख छ ।

    खानेपानी मन्त्रालयकै खानेपानी तथा ढल व्यवस्थापन विभागले पनि मेलम्ची आयोजनाको दुईवटा टर्बो जीप (बा१झ ६६०६ र बा१झ ६६०७) चलाइरहेको छ । यति मात्र नभएर विभागीय (खानेपानी मन्त्रालय) मन्त्रीका परिवारले समेत मेलम्ची आयोजनाको गाडीलाई आफ्नो सवारी बनाएको आयोजना स्रोतले बताएको छ । माथिबाटै दिन आदेश भएकाले दिएका हौ,’ स्रोतले भन्यो, ‘खानेपानी मन्त्रीको परिवारका लागि पनि गाडी दिनुपर्ने बाध्यता छ ।’

    काठमाडौं उपत्यका खानेपानी लिमिटेड (आयोजना कार्यान्वयन निर्देशनालय, अनामनगर) का अधिकारीले आयोजनाको नाममा भएको टोयोटाको प्राडो जीप (बा१झ ८७५९) चढेर हिँडिरहेका छन् । यस्तै, ह्योल्मो सिन्धु मेलम्ची उपत्याका सामाजिक उत्थान कार्यक्रम (सिन्धुपाल्चोक) ले आयोजनाको पनि टोयोटा हाइलक्स पिक अप (बा७च १७७९) प्रयोग गरिरहेको छ । यो गाडीको मूल्य ९६ लाखदेखि एक करोड १० लाख रुपैयाँसम्म पर्ने युनाइटेड ट्रेडर्सले वेबसाइटमा उल्लेख गरेको छ ।

    क्षेत्रीय प्रशासन कार्यालय हेटौंडाले टोयोटा प्राडो जीप (बा४च १५०३) चलाइरहेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकारी पनि मेलम्ची आयोजनाको टोयोटा प्राडो जिप (बा१झ ८७६३) मा सयर गरिरहेका छन् । साथै, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले टोयोटा हाइलक्स पिकअप (बा१झ ६६५१), काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले टोयोटा इको कार (बा१झ ५१८४), नेपाली सेना मेलम्चीले टोयोटा हाइलक्स पिकअप (बा१झ ८७७०), इलाका प्रहरी कार्यालय मेलम्चीले टोयोटा हाइलक्स पिकअप (बा१झ ६६०२), सशस्त्र प्रहरी बल मेलम्ची क्याम्पले निसान पिकअप (बा१झ ७१११) प्रयोग गरिरहेका छन् ।

    ‘सेनालाई विस्फोटक पदार्थ ओसारपसार गर्दा स्कर्टिङ प्रयोजनका लागि गाडी दिइएको हो । तर अरु सुरक्षाकर्मीले पनि लिएका छन् । माथिबाटै दिन आदेश भएकाले दिएका हौं,’ आयोजना स्रोतले भन्यो । निर्माण अन्तिम चरणमा पुगेर पानी वितरण सुरु गरेको मेलम्ची खानेपानी आयोजना असार १ र त्यसपछि आएको बाढीले क्षतविक्षत बनाएको छ । आयोजनाको हेडवक्र्स, डाइभर्सन, क्याम्प लगायतमा क्षति पु¥याएको छ । बाढीबाट आयोजनामा करिब साढे दुई अर्ब रुपैयाँको क्षति पुगेको अनुमान गरिएको छ ।

    अहिले अस्थायी रुपमा पानी ल्याउने योजना बनेको छ । समितिले उक्त योजना स्वीकृतिका लागि मन्त्रालय पठाएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले बताए । उनका अनुसार अस्थायी प्रबन्ध गरेर आउँदो चैतमा नै काठमाडौंमा मेलम्चीको पानी ल्याउने गरी योजना बनाइएको छ। त्यसका लागि डेढ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

    वैकल्पिक प्राविधिक प्रबन्ध तथा मर्मत सम्भारका लागि आयोजनाको मुख्य निर्माण कम्पनीलाई नै सिधै ठेक्का दिन प्रस्ताव गरेर यसका लागि मन्त्रिपरिषदबाट स्वीकृति लिन लागिएको छ । यसका बाबजुद अस्थायी संरचनाबाट हिउँदमा मात्र पानी ल्याउन सकिनेछ । वर्षाको पानीको बहावलाई भने अस्थायी संरचनाले थेगेर पानी ल्याउन सम्भव नहुने बताइएको छ ।

  • मूख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

  • एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

  • नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा


  • ग्लोबल अपडेटथप

    १५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान

    Training

    एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न

    see

    नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

    Yub

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution