• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ भाद्र ३, बुधबार | Wednesday, 19, Aug, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)
  • २रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप
  • ३चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’
  • ४कानून र राजनीति/राज्य र न्याय
  • ५आज हरिशयनी एकादशी: तुलसीका बिरुवा सारिंदै
  • ६१५ युवालाई मल्टिमिडिया तथा मोबाइल पत्रकारिता तालिम प्रदान
  • ७एसईईको नतिजा सार्वजनिक, यसरी सकिन्छ हेर्न
  • ८नेकपाको प्रश्न : सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ?

चौतारा अस्पतालमा पिसिआर ल्याव सञ्चालन

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर २३, बिहिबार (४ साल अघि)
  • १४०२ पाठक संख्या
  • chautara hospital
    सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौतारामा सञ्चालनमा आएको पीसीआर ल्याव ।

    चौतारा । सिन्धुपाल्चोकको जिल्ला अस्पताल चौताराबाट कोरोना भाईरस (कोभिड–१९)को पीसीआर परीक्षण सुरु भएको छ ।

    बाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा पीसीआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोमै कोरोना भाईरसको परीक्षण सुरु भएको हो । चौतारा अस्पतालमा पीसीआर मेसिन जडान गरी पीसीआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याईएको छ । विहिबार बागमती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित ३ जनाको प्राविधिक टोलीले पीसीआर मेसिन जडान गरेर नमूना परीक्षण गरेका थिए ।

    प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिए । कोभिड– १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि ५ जना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले जनाएको छ । यसअघि कोरोना आशंका गरिएका बिरामीको स्वाब धुलिखेल वा काठमाडौं पठाउनु पर्ने बाध्यता थियो । जिल्लामै पीसीआर मेसिन भएपछि अब पीसीआर परीक्षणका लागि स्वाव संकलन गरि बाहिर पठाउनु पर्ने बाध्यता हटेको छ ।

    त्यस्तै गरी चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । प्लान्ट सञ्चालनसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्याईएको छ । प्लान्टले प्रतिघण्टा ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा. करुणा बज्राचाार्यले बताइन् । उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इर्मर्जेन्सी र अन्य वार्डमा रहेका बेडमा पुर्याईएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनको लागि अन्यत्र जानुपर्ने छुटकारा मिलेको छ ।

    ‘हामीले चौतारा अस्पतालबाट बिरामीहरुलाई सम्पूर्ण सेवा सुविधा दिने गरी काम गरिरहेका छौं’, चौतारा अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले भने– ‘अस्पतालको भवन नहुँदासमेत नगरपालिकाले दिएको फिल्ड ट्रेनिङ सेन्टरलाई आईसुलेशन वार्ड र पीसीआर ल्याब स्थापना गरी विरामीको उपचार गरेका थियौं ।’

    उनले अस्पताल सञ्चालनमा सहयोग गरेकोमा फिल्ड ट्रेनिङ सेन्टर र चौतारा साँचाचोक नगरपालिकाका प्रमुख अमानसिं तामाङलाई धन्यवाद प्रदान गरे । चीन सरकारको सहयोगमा तत्काल चौतारा अस्पतालको भवन निर्माण गरिने उनले बताए । भवन निर्माण कार्यलाई पूर्णता दिन सबै सरोकारवालाहरुलाई उनले आग्रहसमेत गरे ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

  • रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

  • चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

  • कानून र राजनीति/राज्य र न्याय


  • ग्लोबल अपडेटथप

    रास्वपा सिन्धुपाल्चोक सभापतिमा माया गुरूङ निर्वाचित (मत परिणामसहित)

    Maya

    रास्वपा सिन्धुपाल्चोक विधान मिचेर संगठन कब्जा गर्न खोजिएको आरोप

    Rsp

    चेतनाको पुनर्निर्माण र नेपाली जीवनको बहुआयामिक आख्यानः ‘मञ्जरा’

    ManJara

    कानून र राजनीति/राज्य र न्याय

    Suman Arti
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution