• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८० जेष्ठ १७, बुधबार | Wednesday, 31, May, 2023
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)
  • २गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला
  • ३कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान
  • ४कर्मचारीको कारण सेवा प्रवाह नै बन्द
  • ५कलेजो पीडितलाई ५० हजार रुपैंया सहयोग
  • ६सिन्धुपाल्चोकमा बेसबल तथा सफ्टबल संघ गठन
  • ७शरणार्थी बनेका १० घर मेलम्ची पीडितहरुको उत्तरदायी को ?
  • ८प्रभावकारी बन्दै ‘घर आँगनमा स्वाथ्य सेवा’

सिन्धु–काभ्रे सीमा विवादः मारमा स्थानीय

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ मंसिर २८, मंगलबार (१ साल अघि)
  • ८६४ पाठक संख्या
  • Sindus-Kavre border dispute
    सीमा मिच्न नपाईने भन्दै काभ्रे र सिन्धुको सीमाक्षेत्र बन्देउमा स्थानीयले गरेको आन्दोलन ।

    चौतारा । सुनकोशी बगरमा बालुवाको काम गर्ने सुन्दर माझी दम्पतीसँग काभ्रेपलाञ्चोक जिल्लाको नागरिकता छ । घरजग्गा र बसाई सिन्धुपाल्चोकमा । घरजग्गाको लालपूर्जा छैन तिरो तिरेको रसिद मात्रै छ । उनको जग्गा कुनै गुठी वा सरकारी पनि होइन । जग्गाधनी प्रमाण नभएकाले उनलाई थुप्रै समस्या आइलाग्ने गर्छ ।

    सुन्दरदम्पतीले जस्तै समस्या भोगिरहेका छन् यहाँका १२० घरपरिवारले । सिन्धुपाल्चोक र काभ्रे जिल्लाको दोसाँधमा रहेका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीका स्थानीयको पीडा दुवै जिल्लाले सुनुवाइ गरेको छैन । सुनकोशी र इन्द्रावती नदीले सीमाना बनाएको बीचको भागमा पर्ने यो क्षेत्र अरनिको राजमार्गभित्र र केही घर त्यसभन्दा माथि छन् । उनीहरूसँग नागरिकता, मतदाता, परिचयपत्र र तिरो तिरेको रसिद काभ्रेको छ, तर घरजग्गाको नक्सा भने सिन्धुपाल्चोकमा ।

    सीमा विवादका कारण उनीहरूले भोगेको पीडा आफ्नो क्षेत्राधिकार भनेर दाबी गरिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र काभ्रेको भुम्लु गाउँपालिका दुवैले सुल्झाउन सकेका छैनन् । लालपुर्जा नहुँदा वर्षौँदेखि भोगचलन गर्दै आएको जग्गा बिक्रीमा समस्या आउने गरेको छ । पीडितले हलोपाटे र माटो मुरी बिजनका आधारमा भुम्लु गाउँपालिका गएर तिरो तिरिरहेका छन् ।

    स्थानीय प्रशासन ऐन २०२८ को दफा ३ ले दिएको अधिकार प्रयोग गरेर तुलसी गिरी प्रधानमन्त्री हुँदा ०३३ साल माघ २८ गते मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भयो। सुनकोशी र इन्द्रावती नदीलाई सिमाना मानेर वारिपारि सिन्धुपाल्चोक र काभ्रे हुने स्पष्ट निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । ०३८ सालमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य गोविन्द उप्रेतीले मन्त्रिपरिषद्को निर्णयविपरीत ती गाउँलाई काभ्रेको भूभाग भनी दाबी गरे । तर, सरकारको निर्णयपछि स्थलगत अध्ययन र नापी गरेर २०४३ सालमा नापी महाशाखाले सुनकोसी र इन्द्रावती नदीवारिका बेलडाँडा, दोलालघाट, बन्देउटार र डुम्रेबेँसीलाई सिन्धुपाल्चोकको क्षेत्राधिकारभित्र राख्यो ।

    त्यसवेला सिन्धुपाल्चोक साँगाचोकका प्रधानपञ्च जनक गिरीले उप्रेतीसँग पटक–पटक संघर्ष गरे । आफ्नो क्षेत्राधिकारमा पर्ने भूमिबारे आवाज उठाउँदा उप्रेतीसँग उनको पटक–पटक झगडासमेत भयो । तर, शक्तिको पछाडि सत्य पराजित भयो । ०४३ सालमा नापीले यी गाउँ सिन्धुपाल्चोकभित्र पर्छन् भनेर स्पष्ट नक्सा दिँदा पनि राष्ट्रिय पञ्चायतमा रहेका उप्रेतीले ०४५ सालदेखि कित्ता नापी गर्ने सरकारी अभियानलाई रोक्का गरिदिए । त्यसयता यो क्षेत्रमा थप कित्ता नापी भएको छैन ।

    सीमा विवाद समाधान गर्न पहल गरिँदै

    दोसाँधमा रहेका स्थानीयको पीडालाई महसुस गरेर जनक गिरीका छोरा रोशन गिरीले सीमा विवाद अन्त्य गर्न पहल सुरु गरेका छन् । उनको अभियानलाई जिल्लाले साथ दिएको छ । पीडित स्थानीयले सीमा विवाद छिट्टै वारपार हुनुपर्नेमा आशावादी देखिन्छन् । गिरीले पीडितलाई साथमा लिएर ०३३ सालको मन्त्रिपरिषद् निर्णय कार्यान्वयन गराउन जिल्लास्थित सबै सरकारी कार्यालय तथा राजनीतिक दलको ढोका ढकढक्याउन थालेको तीन वर्ष भयो ।

    ‘सीमाना स्पष्ट भएकाले विवाद छिटो सल्टिनुपर्छ र पीडितले लालपुर्जा पाउनुपर्छ भन्ने हाम्रो भनाइ हो,’ गिरीले भने । पीडित बसिरहेको ठाउँ सिन्धुपाल्चोक भएकाले त्यहीअनुसार लालपुर्जा दिलाउन माग गर्दै भूमिव्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठ र पहल गरिदिन सभामुख अग्निप्रसाद सापकोटालाई अनुरोध गरेको उनले बताए । पीडितको आवाज सुनुवाइ भएन भने आन्दोलनमा जाने उनले चेतावनी दिएका छन् ।

  • सीमाको सकसः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

  • गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

  • कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

  • कर्मचारीको कारण सेवा प्रवाह नै बन्द


  • ग्लोबल अपडेटथप

    आर्थिक वर्ष २०८०/८१ को कुल बजेट साढे १७ खर्ब (पूर्णपाठसहित)

    Bajet

    गणतन्त्र दिवसको अवसरमा प्रविधि प्रयोग सम्बन्धी कार्याशाला

    Training

    कसजूलाई अग्रज सम्मान पत्रकारिता पुरस्कार प्रदान

    Samman

    कर्मचारीको कारण सेवा प्रवाह नै बन्द

    Woda No 5
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा
    ५

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution