• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८३ बैशाख ७, सोमबार | Monday, 20, Apr, 2026
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा
  • २गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर
  • ३सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता
  • ४सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)
  • ५तेक्वान्दोको दुई हस्ती भण्डारी र श्रेष्ठ सम्मानित
  • ६मित्रता संघले गर्यो अधिवेशन, अध्यक्षमा पुनः तामाङ
  • ७सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • ८उ दिन सम्झँदा

गायक लोप्चनले पाए स्टार म्युजिक अवार्ड

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष ३, शनिबार (४ साल अघि)
  • १४९९ पाठक संख्या
  • Ashman
    ‌‌‌

    चौतारा । संगीतिक कार्यक्रमको सिलसिलामा दुबई पुगेका गायक आस्मान लोप्चनले नेपाल फर्कने बितिकै अवार्ड जितेका छन् ।

    वरदुवईमा नसा क्लबको आयोजनामा भएको नसा सेलो साँझमा आफ्नो प्रस्तुतीको लागि गायक लोप्चन डिसेम्बर २ मा दुवई पुगेका थिए । उनले सो साँझमा एक दर्जन भन्दा बढी गीत गएर मनोरञ्जन दिएका थिए । एक साताको दुबई यात्रापछी नेपाल फर्किएका लोप्चनले स्टार म्युजिक एण्ड फिल्म अवार्ड २०२१ प्राप्त गरेका हुन् ।

    लोप्चनकै उत्कृष्ट तामाङ सेलो ‘बल्ल पो तामाङको हुल उठ्यो’ बोलको गीत बाट वर्षकै उत्कृष्ट पुरुष सेलो गायकको अवार्ड प्राप्त गरेका हुन् । ‘यो अवार्ड प्राप्त गरेपछि थप जिम्मेवारी प्राप्त भएको महसुस गरेको छु’, अवार्ड प्राप्त गरेलगतै प्रतिक्रिया दिदै लोप्चनले भने– ‘अब मेरो सांगीतिक यात्रालाई थप पारिकृत बनाउँदै लैजाने छु ।’ उनको एक दर्जन भन्दा बढी गीतहरु बजारमा आएका छन् ।

    सिन्धुपाल्चोकको चौतारा सँगाचोकगढी नगरपालिका– ३ भुवागाँउमा जन्मिएका लोप्चनले खान्दोके सोलो भाका प्रवद्र्धनमा विशेष येगदान दिइरहेका छन् । २०७१ सालदेखि औपचारिक रुपमा गीत रेकड गराएका लोप्चनको ‘आस्याङ्की छोरी’, ‘हिमाल पारीको गाउँ’, ‘बल्ल पो तामाङको हुल उठ्यो’, ‘वाला वाला रिवन’, ‘लेकमा जाँदा’, ‘आगो त बाल्ने सलाईको’, ‘वेसी घट्टरी’ लगयत गीत चर्चित छन् ।

    स्कुले दिनहरुमा नृत्य गर्दै रेडियोमा कार्यक्रम प्रस्तोताको रूपमा काम गर्दै गीत संगीतमा लागेका लोप्चनले सिन्धुपाल्चोकको रेडियो सिन्धु १०५ मेघाहर्जमा जिल्लाकै पहिलो तामाङ भाषाकै पहिलो समाचार वाचकको भूमिका समेत निर्वाह गरिसकेका छन् । स्टेज प्रस्तुतीमा माहिर लोप्चन सेलो समुदायको व्यस्त एवम् प्रिय कलाकारको रुपमा लिइन्छ । गायनमात्र नभई उनले मोडलिङ, निर्देशन र सम्पादन समेत गर्दै आएका छन् । उनले केहि गीतको भीडियो निर्देशन गर्नुको साथै सम्पादन र मोडलिङ गरेका छन् ।

    लोप्चन नेपाल तामाङ संस्कृति घेदुङ सिन्धुपाल्चोकका अध्यक्ष, नेपाल तामाङ कलाकार संघको कार्य समिति सदस्य, नेपाल कला साहित्य प्रतिष्ठानको अध्यक्ष रही सामाजिक कार्यमा सक्रिय लोप्चन गीत संगीतको प्रवद्धनमा सधैं लागि रहने बताउँछन् ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मनोरंजन सम्बन्धि थप
  • कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

  • गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

  • सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

  • सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)


  • ग्लोबल अपडेटथप

    कांग्रेस मेलम्ची नगर उपसभापति गिरीले दिए राजीनामा

    CONGRESS

    गुलाव बोकेर मतदाता भेट्दै युवा उम्मेद्वार समिर

    Samir

    सिन्धुपाल्चोकको २ क्षेत्रमा ३६ जनाको उम्मेदवारी दर्ता

    Nirwachan News

    सिन्धुपाल्चाकबाट २२ दलका ४० जना बने समानुपातिक उम्मेदवार(सूचीसहित)

    Nirbachan
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution