• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ मंसिर २१, आईतबार | Sunday, 07, Dec, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्
  • २उ दिन सम्झँदा
  • ३तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता
  • ४क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन
  • ५टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • ६वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ७म संघीयताको हत्यारा हुँ
  • ८गन्तव्यः चौतारा टु पाँचपोखरी

अमेरिकाको ब्रानफोर्ड टाउन आरटिएम श्रेष्ठलाई चौतारामा अभिनन्दन र सम्मान

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष ५, सोमबार (३ साल अघि)
  • ९०७ पाठक संख्या
  • RTM Shrestha, Branford Town, USA
    ‌‌‌

    चौतारा । सामाजिक अभियान्ता, सिन्धुपाल्चोकका गौरव एवम् अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन आरटिएम रामचन्द्र श्रेष्ठलाई अभिनन्दन र सम्मान गरिएको छ ।

    चौतारा बहुमुखी क्याम्पसले सोमबार बिहान श्रेष्ठलाई अभिनन्दन गरेको हो । क्याम्पसको सभाहलमा भएको सो कार्यक्रमकै बीच सिन्धु मिलन केन्द्रले पनि श्रेष्ठलाई सम्मान गरेको थियो । सो कार्यक्रममा सिन्धु मिलन केन्द्रका अध्यक्ष ई. गम्भीरलाल श्रेष्ठ, राजनीतिज्ञ सोम सापकोटा, सीता थापा, क्याम्पस सम्बद्ध व्यक्तित्वहरु, सुरक्षकर्मी, पत्रकार एवम् साहित्यकार, विद्यार्थीरुको बाक्लो उपस्थिति थियो ।

    त्यस्तै जिल्लामा विभिन्न गतिविधिमा संलग्न १३ वटा संस्थाले श्रेष्ठलाई आईतबार नेपाल पत्रकार महासंघ सिन्धु शाखाको सभाहलमा अभिनन्दन गरेको थियो । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका, ५ नम्बर वडा कार्यालय, दुःखी प्रकाशन, शब्द सारथि, श्री कृष्ण रत्न गंगा माध्यामिक विद्यालय, सिन्धु कला मन्दिर, सिन्धु नेवाः खेल, लायन्स क्लव अफ काठमाडौ सिन्धु चौतारा सिटी, जनहित ग्रमीण सेवा समिति, सर्वपक्ष दैनिक, क्यान सिन्धुपाल्चोक र नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले संयुक्त रुपमा श्रेष्ठलाई अभिनन्दन गरेको थिए ।

    RTM Shrestha, Branford Town, USA1

    सिन्धुपाल्चोक चौतारा घर भई हाल कनेक्टिकट राज्यको ब्रानफोर्ड नगरमा बस्दै आएका श्रेष्ठ सफल व्यवसायी पनि हुन् । १९९६ मा अमेरिका पुगेका श्रेष्ठ २० वर्षदेखि उक्त शहरमा व्यवसाय गर्दै आएका छन् । गएको सेप्टेम्बर २४ मा अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड टाउन आरटिएममा निर्वाचित भएका श्रेष्ठ नेपालमा रहँदा विभिन्न सामाजिक, शैक्षिक र राजनीतिक गतिविधिमा संलग्न थिए । श्रेष्ठ अमेरिकाको इतिहासमा यसरी मूलधारमा पुग्ने नेपाली मूलका पाँचौ व्यक्ति हुन् ।

    कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले कनेक्टिकट राज्य र चौतारा साँगाचोकगढी नगरपालिकाबीच भागिन सम्बन्ध कायम गर्न प्रस्ताव गर्दै त्यहाँको विकास नमूनालाई सिन्धुपाल्चोकमा प्रयोग गर्नुपर्नेमा जोड दिए । ‘हामीले त्यहाँकोजस्तो विकास प्रकृया लागु गर्नु आवश्यक छ’, तामाङले भने– ‘त्यसको पुलको रुपमा चौतारा साँगाचोकगढी नगरपालिका कनेक्टिकट राज्यसँग भगिनी सम्बन्धको लागि प्रस्ताव गर्दछ ।’

    अभिनन्दन पछि बोल्दै श्रेष्ठले आफूलाई जन्मभूमिले दिएको सम्मानले थप केहि गर्नुपर्ने हौसला र प्रेरणा दिएको बताए । ‘म यहि जन्मे हुर्केको मान्छे हुँ, आज यहाँहरुले गर्नुभएको सम्मानले मलाई प्रेरणा र हौसला दिएको छ’, श्रेष्ठले भने– ‘यहाँहरुको सम्मानलाई सार्थक पु¥याउन सक्छु कि सक्दिन भन्ने चिन्ता पनि थपिएको छ ।’ आफूले सिन्धुबासीलाई सदैव सकेको सहयोग गर्ने बताउँदै श्रेष्ठले सम्मानप्रति आयोजकहरुलाई धन्यवाद प्रदान गरे ।

    कार्यक्रममा पूर्व सांसद् कृष्णराज श्रेष्ठ, चौतारा क्याम्पसका प्रमुख नगेन्द्र दंगाल, प्राचार्य यज्ञ दंगाल, सिन्धु नेवाः खलका अध्यक्ष माधवलाल कर्मचार्य, राजनैतिक ब्यक्तिहरु नरमान श्रेष्ठ, ईन्द्रलोचन धिताल, लगायतले श्रेष्ठको बारेमा चर्चा गरेका थिए । नेपाल पत्रकार महासंघ सिन्धु शाखाका अध्यक्ष जीवन श्रेष्ठको सभापतित्वमा सो अभिनन्दन कार्यक्रम गरिएको थियो ।

  • समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

  • उ दिन सम्झँदा

  • तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

  • क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन


  • ग्लोबल अपडेटथप

    सिन्धु एमालेमा पोखरेल समूहको वर्चश्व, ५९ प्रतिशत कार्यकर्ताले मत दिएनन्

    UML

    उ दिन सम्झँदा

    Poem Sambhu

    तातोपानी नाका जोड्ने सडक कालोपत्रेका लागि १ अर्ब ३४ करोडमा सम्झौता

    Tatopani

    क्यानको साधारणसभासँगै अभिमुखीकरण एवम् नगर आईटी क्लब गठन

    CAN
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution