• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ अषाढ १८, बुधबार | Wednesday, 02, Jul, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • २गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ३खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ
  • ४पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द
  • ५खुला दौडको उपाधि बिक, तामाङ र ढुङ्गेललाई
  • ६कांग्रेस नेता मोहन बस्नेतसहित भ्रष्टाचार मुद्दा दायर, सांसद पद निलम्बित
  • ७लागुपदार्थ विरुद्ध जागरण कार्यक्रम सुरु
  • ८सूचना तथा सञ्चार प्रविधि दिवसमा साईबर सेक्युरिटी सम्बन्धी अन्तर्क्रिया

बाध्यताबस अवैध रुपमा विदेशिन्छन् महिला

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष ११, आईतबार (३ साल अघि)
  • ६२२ पाठक संख्या
  • mahilagharel
    ‌‌‌

    चौतारा । पातलो ज्यान । निन्याउरो अनुहार । छड्के भिरेको झोला हातले सम्हालिरहेकी उनी बेचैन देखिन्थिन् ।

    ‘मलाई छोरो पढाउनु छ । महिनामा दस/पन्ध्र हजारको काम कतै पाइन्छ कि भनेर खोज्दैछु,’ मसिनो स्वरमा बोलिन्, ‘नभए यत्तिकै लागि विदेश जानुपर्छ । त्यो पनि अवैध रूपमा ।’ सिन्धुपाल्चोककी ३५ वर्षीया मैयाँ तामाङ (परिवर्तित नाम) ले भनिन् । आठ कक्षा पढिरहेका उनका छोरा काठमाण्डौको एउटा होस्टल बस्छन् । तिनै छोरा पढाउन उनी दौडधूप गरिरहेकी हुन् । यहीँ काम पाउन मुश्किल भएपछि उनी भारत हुँदै इराक जाने योजनामा छिन् ।

    ‘यहीँ छोरा पढाउन सक्ने गरी नियमित पैसा पाइने काम भए किन जान्थेँ होला र,’ उनले भनिन् । उसो त उनी पहिलोपटक यसरी अवैध रूपमा विदेशिन लागेकी होइनन् । एक दशक भयो, उनको घर खर्च परदेशको कमाइले धानेको । मैयाँ यसअघि इजिप्टमा घरेलु कामदारका रूपमा काम गर्थिन् । कोरोना महामारीमा नेपाल फर्केकी हुन् । तर इजिप्ट जानुअघि उनले लामो समय इराकमै काम गरेकी थिइन् ।

    ‘इराकमा एक जना साहुनी मात्र थिइन् । काम धेरै थिएन तर पैसा धेरै हुन्थेन,’ मैयाँले परदेशको आफ्नो पहिलो कामबारे सुनाइन्, ‘साढे दुई वर्षको छोरा छाडेर गएको धेरै याद आउँथ्यो ।’ दस वर्षअघि इराक जाँदा उनी फरक विवरण भएको पासपोर्टमा आफ्नो फोटो टाँसेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेकी रहिछन् । उनलाई पठाउने दलालले अर्काको पासपोर्ट दिएका थिए । त्यसमा भएको नाम, उमेर, ठेगाना, बाबुबाजेको नाम मैयाँले कण्ठ पारिन् । विमानस्थलमा सोध्दा सबै भनिन्। त्यसपछि उनलाई जान दिए ।

    इराक पुगेपछि पासपोर्ट र कागजात साहुनीले राखिन् । त्यहाँ साढे तीन वर्ष बसिसक्दा मैयाँले पासपोर्टमा लेखिएको नाम र विवरण भुलिन् । ‘नेपाल फर्किने बेलासम्म सबै भुलेँ । त्यहाँको विमानस्थलमा सोध्दा आफ्नो वास्तविक नाम भनिदिएँ । उमेर २७ वर्ष भएको बताएँ तर पासपोर्टको उमेर ३५ वर्ष पुगिसकेको रहेछ । यो विवरण नमिलेपछि त्यहाँ प्रहरीले पक्रिए,’ उनले सम्झिइन् ।

    त्यो दिन उनी विमानस्थलमा चार/पाँच घन्टा प्रहरीचौकीमा बस्नुप¥यो । साहुनीले त्यहाँबाट निकालेर उनलाई घर लगिन् । केही दिनपछि फर्काइदिइन् । तर नेपाल आएर पनि मैयाँ प्रहरीको फन्दामा परिन् । ‘अर्काको नाममा गएको थाहा पाएपछि मलाई यहाँको विमानस्थलबाटै हनुमानढोका पुर्याईयो ।हनुमानढोकामा १५ दिन बसेँ। पचास हजार तिरेर निस्किएँ,’ उनले भनिन् ।

    तीन वर्ष इराक काम गरेर कमाएको आठ लाख उनले श्रीमानलाई दिएकी थिइन् । आउँदा एक रूपैयाँ पनि थिएन। उनका श्रीमानको कमाइ थिएन, तास खेलिरहन्थे । ‘उनलाई घरै छाडेर छोरालाई माइत राखेर म कमाउन इराक गएकी थिएँ । सबै पैसा श्रीमानले कता लगे कता,’ उनले गुनासो गरिन्– ‘म आएपछि मलेसिया गएका थिए । अहिले अत्तोपत्तो छैन । केही खबर छैन । अरूले भनेको सुन्दा उनी अर्कै केटीसँग बस्छन् रे ।’

    फर्केको एक वर्षजति मैयाँ नेपालमै बसिन् । यहीँ मजदुरी गरेर छोरा पढाउने सोचिन् । सात महिना ज्यामी काम गरिन् । तर ठेकेदार आधा पैसा दिएर भागे । ‘अनि त रूनु न हाँस्नु भएँ । त्यत्रो महिना इँटा–बालुवामा पोखेको पसिना खेरै गयो,’ उनले भनिन्– ‘अरू काम खोजेँ । काम पनि नपाइने, पाए पनि चार–पाँच हजार कमाइले कसरी धानिनु ! त्यसपछि फेरि विदेश जाने सोच बनाएँ ।’

    त्यसपछि मैयाँले ऋण खोजिन् । छोरालाई होस्टल राखिन् । म्यानपावरलाई साढे दुई लाख बुझाएर करिब पाँच वर्षअगाडि घरेलु कामदारकै रूपमा इजिप्ट पुगिन् । गौशालास्थित एक म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेकी उनलाई सुरूमा एउटा घरमा काम लगाइएको थियो । बालबच्चा स्याहार्ने, खाना पकाउने, कपडा धुने, सफाइ गर्नेजस्ता काम गर्नुपथ्र्यो । तर उनले न तलब पाइन्, न समयमा खान ।

    ‘एकदमै यातना खप्नुपथ्र्यो । त्यहाँको भोगाइ शब्दमा भन्न नै सकिने छैन । छ महिना काम गरेको तलब दिएन । त्यसपछि म दूतावास पुगेँ । दूतावासले मलाई अर्को घरमा पठायो,’ उनले भनिन् । नयाँ ठाउँको परिवारमा ५ जना थिए, घर मात्रै चार वटा । ती सबै घर सफा गर्नेसहित भित्रका सबै काम गर्थिन् । बिहान पाँच बजेदेखि राती दुई बजेसम्म खट्दा पनि अरबी साहुनीले शारीरिक यातना दिइरहन्थिन् ।

    ‘मलाई चिथोर्ने, चिमोट्ने गर्थिन् । घाउ नै घाउ हुन्थ्यो । आफ्नो शरीर देखेर आफैं रुन्थेँ । तर छोरालाई पढाउनु थियो अनि सबै सहन्थेँ,’ मैयाँ भक्कानिइन् । त्यहाँ पनि तीन महिना काम गरेपछि बल्ल एक महिनाको तलब पाउँथिन् । मुश्किलले दुई वर्ष बिताएपछि उनी नेपाल फर्किन चाहिन् । पासपोर्ट साहुनीसँगै थियो । उनले मैयाँलाई ‘अवैध रूपमा बसेकी होस्, मारेर फ्याँकिदिन्छु, कोही खोज्न आउँदैनन् । चुपचाप काम गर’ भनिन् । मैयाँलाई त म्यानपावरले दुई वर्ष काम गर्नुपर्छ भनिदिएको थियो । पढाइ नभएकाले सबै हेर्न जानिनन् । तर भिसा तीन महिनाको मात्र रहेछ ।

    त्यसपछि साहुनीले तलब भने अलिकति बढाइदिइन् । छोराको पढाइ र होस्टल खर्च सम्झेर उनी बसिन् । साढे चार वर्ष त्यही घरमा त्यसरी नै काम गरिरहिन् । अनि सुरू भयो कोरोना । ‘रोग आएपछि मलाई खुबै डर लाग्यो । मरे पनि आफ्नै देशमा, बरू छोरासँगै मर्छु भन्ने भयो,’ मैयाँले भनिन्– ‘त्यसपछि मैले साहुसाहुनीलाई नेपाल फर्काइदिनू भनेर धेरै हारगुहार गरेँ, रोएँ ।’

    यसपालि भने साहुनी रोकिनन्, टिकट काटिदिइन् । मैयाँले सात महिनाको तलब पाउन बाँकी थियो । साहुनीले नेपाल फर्कने दिन दिन्छु भनिन् । त्यो दिन साहुनी घरै बसिनन्, पछि एयरपोर्टमै आएर दिन्छु भनिन् । तर आइनन् । मैयाँले फोन गर्दा जवाफ पाइन्, ‘चुपचाप तेरो घर जा, पैसा पाउँदिनस् ।’

    फर्किएपछि झन्डै एक वर्षसम्म मैयाँ कहिले सिन्धुपाल्चोकको माइत त कहिले आफन्तको डेरा, काठमाडौं बसिन् । महामारी सामान्य बन्दै गएपछि उनी फेरि भारतको बाटो हुँदै इराक जान हिँडिन् । तर उनलाई भारतीय प्रहरीले पक्राउ गर्यो । ६ महिना हिरासतमा बसिन् ।

    ‘मलाई इराकको पुरानो मेरो साहुनीले भिसा पठाइदिनु भएको थियो । म भिजिट भिसा बनाएर युएई जाने र त्यहाँबाट इराक छिर्ने सोचिरहेकी थिएँ,’ मैयाँले सुनाइन् । सोच बनाए पनि उनलाई प्रक्रिया थाहा थिएन । त्यही क्रममा इराकमै रहेकी गाउँकी चिनजानकी महिलाले एक व्यक्तिले इराक छिर्न सहयोग गर्ने सुनाइन् । उनले ती व्यक्तिको नम्बर पनि दिइन् ।

    ‘मैले फोन गरेँ। ती मान्छे नेपाल आएका रहेछन् । उनले भारत हुँदै इराक १५ दिनमा पु¥याइदिने सुनाए । त्यहाँबाट सजिलै जान सकिने सुनेपछि म राजी भएँ,’ मैयाँले भनिन् । सबै काम मिलाउन भन्दै ती व्यक्तिले सुरूमा मैयाँसँग डेढ लाख मागे । उनले पैसा हातमा थमाइदिइन् । ती व्यक्तिले ‘एयरपोर्टमा यो कागजात देखाउनु’ भनेर दिए ।

    मैयाँ दंग पर्दै बाटो लागिन् । लखनउ पुगेर त्यहाँको एयरपोर्टमा कागजात देखाइन् । तर दूतावासका कागजात नक्कली बनाइदिएका थिए दलालले । उनलाई त्यहाँको प्रहरीले पक्रियो । सबै कागजात र मोबाइल पनि प्रहरीले नियन्त्रणमा लियो । उनी एयरपोर्टबाट छिर्न पाइनन् ।

    ‘मोबाइलमा इराकबाट साहुनीले पठाएको भिसा थियो । त्यो देखेर यो त आफैं दलाल रहिछे भन्ने आरोप प्रहरीले लगाए र मलाई जेलमा पुर्याए,’ उनले भनिन् । मैयाँको परिवारमा सम्पर्क गर्ने केही माध्यम भएन । रातदिन रोएरै उनले भारतको हिरासतमा ६ महिना कटाइन् । एकदिन हिरासतमा अर्की नेपाली महिला ल्याइयो । ती महिलासँग फोन मागेर उनले घरमा सम्पर्क गरिन् ।

    ‘मलाई त्यहाँ पुर्याउनेने मान्छे त कता गयो कता । उसको फोन नम्बर पनि थिएन । मलाई लिन मेरो भाइ गयो । त्यहाँ जरिवाना तिरेर म निस्किएँ,’ उनले भनिन् । ‘यहाँ केही काम पाइँदैन । छोरालाई पढाउन यति दुःख गरिसकेँ । उसलाई होस्टलबाट निकाल्न मन छैन,’ उनी भन्छिन्– ‘अब स्कुलको पैसा कसरी तिर्ने भन्ने पीरले रातभर निदाउन सकेकी छैन ।’

    त्यसैले उनी फेरि इराक जान तम्सिएकी हुन् । उनलाई अवैध रूपमा जाँदा समस्या हुन्छ भन्ने थाहा नभएको होइन । तर भन्छिन्, ‘सबै दुःख थाहा हुँदाहुँदै छोराका लागि मर्न तयार भइसकेँ ।’

  • मूख्य समाचार
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

  • गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

  • पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द


  • ग्लोबल अपडेटथप

    बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध

    Aparad

    गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    Helth Camp

    खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

    khanepani News

    पूर्व अरनिको यातायातका सेवाहरू अनिश्चितकालीन बन्द

    purbaaraniko-mk
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution