• समाचार
  • देश/प्रदेश
  • समाज
  • राजनीति
  • विचार/ब्लग
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • अन्तर्वार्ता
  • कला/साहित्य
  • कृषि
  • पर्यटन
  • फोटो कथा
  • बाल संसार
  • रोचक
  • GNN TV PLUS
२०८२ भाद्र २१, शनिबार | Saturday, 06, Sep, 2025
Global Pati Logo
  • GNN TV PLUS
  • युनिकोड
  • समाचार
    • राजनीति
    • अपराध
    • रोजगार
  • देश/प्रदेश
  • समाज
  • विचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
    • हेल्थ एण्ड फिटनेश
  • खेलकुद
  • कला/साहित्य
    • मनोरञ्जन
  • विश्व
  • अन्य
    • सूचना/प्रविधि
    • जीवनशैली
    • धर्म/संस्कृति
    • सम्पादकीय
    • पत्रपत्रिका
    • ENGLISH EDITION

खोजी गर्नुहोस

in
FLASH NEWS
  • १टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम
  • २वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम
  • ३म संघीयताको हत्यारा हुँ
  • ४गन्तव्यः चौतारा टु पाँचपोखरी
  • ५१ सय ११ दिनदेखि विद्यार्थीको मत प्रहरी कार्यालयमा
  • ६बालिका बलात्कारपछि हत्याः आफन्त नाता पर्नेबाटै अपराध
  • ७गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • ८खानेपानी तथा सरसफाई उपभोक्ता महासंघको नगर अध्यक्षमा श्रेष्ठ

एकै क्षेत्रमा दुई जिल्लाको दाबी, गृह पुग्यो मामला

ग्लोबलपाटीप्रकाशित मिति: २०७८ पौष १६, शुक्रबार (३ साल अघि)
  • ११६२ पाठक संख्या
  • Sima Bibad
    ‌‌‌

    चौतारा । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाबीच चर्केको सीमा विवाद गृह मन्त्रालयका लागि टाउको दुखाइको विषय बनेको छ ।

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक र काभ्रेपलञ्चोकबीच कचल्टिएको सीमा विवाद गृह मन्त्रालय पुगेको हो । सीमा यकिन गरिदिनुपर्यो भन्दै दुई जिल्लाले गुहारेपछि गृह मन्त्रालय यसबारे निचोड दिनुपर्ने बाध्यतामा परेको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको सुनकोशी र इन्द्रावती नदीको बीचमा पर्ने दोलालघाट बजार क्षेत्रदेखि बनदेउ पिपलबोट डुम्रेघाटसम्मको भू–भाग दुवै जिल्लाले दाबी गरेपछि यो मामला गृह पुगेको हो ।

    यो विवाद एकाएक आएको भने होइन । लामो समयदेखि विवादित यो क्षेत्रलाई लिएर स्थानीयबीच विवाद हुँदै आएको छ । कहिलेकाहीँ यो विवादले दुई जिल्लाबासीलाई मुठभेडमै पुर्याएको पनि छ । केही महिनाअघिकै एउटा घटना हेरौं । काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिका–८ मा सडक निर्माण गर्नुपर्ने भयो । तर इन्द्रावती नदीसम्म बाटो खन्ने क्रममा सो क्षेत्र कुन जिल्लामा पर्छ भन्ने विषयले विवाद भइहाल्यो । यही कारण दुवै जिल्लाका बासिन्दा सडकमा निस्किए । उनीहरूले निकालेको जुलुसका कारण अरनिको राजमार्ग नै अवरुद्ध हुन पुगेको थियो ।

    Sindus-Kavre border dispute

    सीमा मिच्न नपाईने भन्दै काभ्रे र सिन्धुको सीमाक्षेत्र बन्देउमा स्थानीयले गरेको आन्दोलन ।

    के छ राजपत्रमा ?

    ०३३ सालमा सरकारले इन्द्रावती नदीलाई काभ्रे र सिन्धुपाल्चोकको सीमाना कायम गर्ने निर्णय गरेको थियो । जुन निर्णय ०३३ माघ २८ गते राजपत्रमा प्रकाशित भयो । तर ०३३ देखि ०३४ सालमा भएको नापीमा सो क्षेत्र काभ्रेपलाञ्चोक जिल्लामा समेटियो । त्यहीअनुसार त्यस क्षेत्रका नागरिकहरूले पाउने सबै सुविधा, नागरिकता, मतदाता परिचयपत्रलगायतका सेवाहरू काभ्रेपलाञ्चोक जिल्लाको साविक भुम्लु गा.वि.स वडा नं ६ (हाल भुम्लु गा.पा. वडा नं ८) बाट दिइएको छ ।

    यसकै आधारमा इन्द्रावती नदीको बगरमा जम्मा भएको बालुवाको ठेक्का भुम्लु गाउँपालिकाले पाएपछि सीमा विवाद उप्कियो । यसले दुई जिल्लाका नागरिकबीच पटक–पटक झडपको अवस्था निम्त्याइरहेको छ । हालसम्म यो झडपले दुर्घटनाकै स्थिति ननिम्तिए पनि जिल्लाको शान्ति सुरक्षामा दखल पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    यसले गर्दा दुई जिल्लाको शान्ति सुरक्षा र स्थानीय नागरिकहरूबीच वैमनस्यता उत्पन्न हुन सक्ने अवस्थालाई समेत मध्यनजर गरी छिटो सिमाना यकिन गर्न गृहलाई अनुरोध गरिएको हो ।

  • सिन्धुपाल्चोक–काभ्रे सीमा विवादः
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

  • वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

  • म संघीयताको हत्यारा हुँ

  • गन्तव्यः चौतारा टु पाँचपोखरी


  • ग्लोबल अपडेटथप

    टेबलटेनिस प्रतियोगितामा श्रेष्ठ र तामाङ भए प्रथम

    Game

    वक्तृत्वकलामा प्रसिस र नेहा प्रथम

    Programme

    म संघीयताको हत्यारा हुँ

    Poem Amit

    गन्तव्यः चौतारा टु पाँचपोखरी

    Milan Pachpokhari
    बढी पढिएका
    १

    पूर्वसांसद् कर्मचार्यले छाडे एमाले (कस्ले के भने ?)

    समाचार
    २

    चौतारा नगरमा नयाँ नाटक मञ्चनः कार्यालय समय अघिनै निकाल्यो नतिजा

    मूख्य समाचार
    ३

    कसलाई कति पर्यो मध्यभोटेकोशीको शेयर (सूचिसहित)

    समाचार
    ४

    एमाले वडा अध्यक्षका उम्मेदवारद्वारा खुकुरी प्रहार

    समाचार
    ५

    ओली पक्षले लगाएको ताल्चा तोड्दै नेपाल समूहले राख्यो साईनबोर्ड

    सिन्धु एमालेमा लफडा

    सामाजिक सञ्जाल

    प्रधान सम्पादक:

    मणिसुन्दर कोइराला

    फोन: ९८५१०९०४११

    [email protected]

    Global Pati Logo
    • हाम्रो टीम
    • हाम्रो बारे

    सूचना बिभाग दर्ता नं.: २२४६/०७७/-७८

    सम्पर्क:

    शब्दालय पब्लिकेशन एण्ड मिडिया नेटवर्क प्रा.लि.

    कार्यालय: चौतारा, सिन्धुपाल्चोक

    फोन: ९८४३४२५३३३ (समाचार शाखा)
    ९८२८७९६२२२ (बिज्ञापन शाखा)

    ईमेल: [email protected]

    सम्पर्क कार्यालय: बागबजार, काठमाण्डौ

    © 2020 Copyright Sabdha Laya Publication & Media Network Pvt. Ltd. | All rights reserved.Term of ServicePrivacy Policy Site by: GOJI Solution